कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (कात्तिक १ गते)

  ०७७ कात्तिक १ गते

कात्तिक १ गते १ हजार १ सय ६० जना महिलासहित ३ हजार १ सय ६७ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या १ लाख २९ हजार ३ सय ४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १५ हजार ४ सय ३८ जनाको स्वाब परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले जारी गरेको स्थिति प्रतिवेदन अनुसार कात्तिक १ गतेसम्म ७ सय २७ जना कोभिड–१९ सङ्क्रमितको मृत्यु भएको छ । सङ्क्रमितमध्ये ८९ हजार ८ सय ४० जना निको भएका छन् । कात्तिक १ गते १ हजार ८ सय जना निको भएका छन् भने निको हुनेको दर ६९.५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । ३८ हजार ३ सय ४ जनाको उपचार भइरहेको छ । मन्त्रालयका अनुसार २५ हजार ४ सय ३८ जनाको उपचार होम आइसोलेशनमा भइरहेको छ । २ सय ९० जनाको उपचार आइसीयूमा र ६६ जनाको उपचार भेण्टिलेटरमा भइरहेको छ ।

photo20201017kathmandu

प्रदेश २
रौतहट प्रतिनिधि कोपिला तिमल्सिनाका अनुसार जिल्ला प्रशासन कार्यालय रौतहटले चाडपर्वको अवसरमा सावधानी अपनाउन एक सूचना जारी गरी निषेधाज्ञा गरेको छ । विश्वव्यापी माहामारीको रूपमा फैलिएको कोभिड–१९ को सङ्क्रमण यस जिल्लामा समेत बढ्दो क्रममा जमघटका कारण सङ्क्रमणको जोखिम रहेकोले विभिन्न शर्तहरूसहित निषेधाज्ञा गरेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताउनुभयो ।


अनलाइन डेस्क