कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (फागुन २ गते)
फागुन २ गते १ सय ४ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ७२ हजार ७ सय १८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा ३ हजार ५ सय १ ओटा नमूना परीक्षण गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये २ लाख ६९ हजार ६० जना निको भएका छन् । फागुन २ गते १ सय ३१ जना निको भएका छन् भने निको हुनेको दर ९८.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । फागुन १ गतेसम्म २ हजार ५४ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनायो । फागुन २ गते कोभिड सड्ड्क्रमितको मृत्यु नभएको मन्त्रालयले जनाएको छ । १ हजार ६ सय ४ जना सक्रिय सङ्क्रमित रहेकामा ७ सय १३ जना होम आइसोलेशनमा छन् । उपचाररतमध्ये ६१ जनाको उपचार आइसीयूमा र १५ जनाको उपचार भेण्टिलेटरमा भइरहेको छ । मन्त्रालयका अनुसार भोजपुर, सोलुखुम्बु, मुस्ताङ, रुकुम पश्चिम, मुगु र अछाममा सक्रिय सङ्क्रमित छैनन् भने काठमाडौँमा ५ सयभन्दा बढी सक्रिय सङ्क्रमित छन् ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
१६ दिवसीय अभियानको अवसरमा र्याली तथा संवाद कार्यक्रम
लैङ्गिक हिंसा विरुद्धको अन्त्यको सुनिश्चितताः महिला बालबालिकामा लगानीको ऐक्यवद्धताू भन्ने राष्ट्रिय नाराका साथ ०८० मङ्सिर ९ गते देखि शुरु भएको ३२ औं अन्तर्राष्ट्रिय १६ दिवसीय महिला हिंसा विरुद्धको अभियानको क्रममा…
म्यासेञ्जर च्याटको विषयमा बालिकामाथि कुटपिट
उर्लावारी नगरपालिका-४ थापाडाँगीकी १६ वर्षीया बालिका आयुष्मा बस्नेतलाई म्यासेञ्जर च्याटको विषयलाई उर्लावारी नगरपालिका-५ सूर्यचोकका २० वर्षीय यूनिक शिवाले कुटपिट गरेको पीडित पक्षले आरोप लगाएको छ । साथीको फेसबुक आइडी चलाएको…
यौन दुर्व्यवहार घटनाका आरोपितहरू गिरफ्तार
१४ वर्षीया दुई जना बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा इन्द्रावती गाउँपालिका-६ घरभई श्री कमला देवी माविका शिक्षक ४५ वर्षीय सुरेन्द्र कोइराला र सोही विद्यालयका शिक्षक ४९ वर्षीय कविराज पौड्याललाई प्रहरीले…
दलित भएकै कारण वृद्धाश्रममा बस्न नदिएको पीडितको आरोप, प्रहरीमा उजुरी
उर्लावारी नगरपालिका-१ की ६२ वर्षीया ज्येष्ठ नागरिक शोभा सुन्दास(परियार) ले दलित भएकै कारण विराटनगर महानगरपालिका-१ पुष्पलाल चोकस्थित जागृति वृद्धाश्रमले राख्न अस्वीकार गरेको आरोप लगाउनु भएको छ । दलित भएको भन्दै…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा ३८ वर्षीय बुवालाई प्रहरीले ०८० मङ्सिर २१ गते कावासोतीबाट गिरफ्तार गरेको छ । बालिकाले घटनाको बारेमा आफ्नो साथिलाई सुनाउनुभएको थियो र साथिले आफ्नो…