कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (माघ ३० गते)

  ०७७ माघ ३० गते

माघ ३० गते १ सय २७ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ७२ हजार ५ सय ५७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा ४ हजार ओटा नमूना परीक्षण गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये २ लाख ६८ हजार ७ सय ९६ जना निको भएका छन् । माघ ३० गते १ सय ३६ जना निको भएका छन् भने निको हुनेको दर ९८.६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । माघ ३० गतेसम्म २ हजार ५४ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनायो । १ हजार ७ सय ७ जना सक्रिय सङ्क्रमित रहेकामा ७ सय ३ जना होम आइसोलेशनमा छन् । उपचाररतमध्ये ६२ जनाको उपचार आइसीयूमा र १४ जनाको उपचार भेण्टिलेटरमा भइरहेको छ । मन्त्रालयका अनुसार इलाम, भोजपुर, सङ्खुवासभा, सोलुखुम्बु, मुस्ताङ, रुकुम पश्चिम, मुगु र अछाममा सक्रिय सङ्क्रमित छैनन् भने काठमाडौँमा ५ सयभन्दा बढी सक्रिय सङ्क्रमित छन् ।


अनलाइन डेस्क