कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (माघ २४ गते)
माघ २४ गते ९९ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ७१ हजार ८ सय ६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा २ हजार ७ सय ९४ ओटा नमूना परीक्षण गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये २ लाख ६७ हजार ८ सय १२ जना निको भएका छन् । माघ २४ गते २ सय ४८ जना निको भएका छन् भने निको हुनेको दर ९८.५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । माघ २४ गतेसम्म २ हजार ३५ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनायो । माघ २४ गते कोभिड सङ्क्रमितको मृत्यु नभएको मन्त्रालयले जनाएको छ । १ हजार ९ सय ५९ जना सक्रिय सङ्क्रमित रहेकामा १ हजार ३२ जना होम आइसोलेशनमा छन् । उपचाररतमध्ये ६१ जनाको उपचार आइसीयूमा र १४ जनाको उपचार भेण्टिलेटरमा भइरहेको छ । मन्त्रालयका अनुसार भोजपुर, रुकुम पश्चिम, कालिकोट र मुगुमा सक्रिय सङ्क्रमित छैनन् भने काठमाडौँमा ५ सयभन्दा बढी सक्रिय सङ्क्रमित छन् ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
बलात्कार पीडितलाई इन्सेकको सहयाेग
४० वर्षीया बलात्कार पीडित महिलालाई चैत ११ गते इन्सेक लुम्बिनी प्रदेश कायालय नेपालगञ्जले कानुनी प्रक्रियाका जानका लागि ८ हजार रूपियाँ आर्थिक सहयोग गरेको छ । पीडितले मुगु जिल्ला, खत्याड गाउँपालिका…
बलात्कार पीडितलाई इन्सेकको सहयोग
बलात्कार पीडित १७ वर्षीया बालिकाको परिवारलाई न्यायिक प्रक्रियामा अगाडि बढ्न इन्सेकले चैत १२ गते आर्थिक सहयोग प्रदान गरेको छ । बालिकाको आमाले आफ्नो घरको आर्थिक अवस्था कमजोर रहेकोले न्याय प्रक्रियामा…
बलात्कार कसुर ठहर गर्दै १९ वर्ष कैदको फैसला
१३ वर्षीया बालिका बलात्कार गरेको ठहर गर्दै जिल्ला अदालतले मुसिकोटका नगरपालिका –१ का १९ वर्षीय जितेन्द्र विकलाइचैत १० गते १९ वर्ष कैद र ७ लाख रूपियाँ क्षतिपूर्ति भराउने फैसला गरेको…
बलात्कार पीडितलाई इन्सेकको सहयोग
बलात्कार पीडित चार वर्षीया बालिकाकाको उपचार र कानुनी सेवाका लागि इन्सेकले चैत १२ गते आर्थिक सहयोग गरेको छ । मजदुरी गरेर जीवन यापन गरिरहेका एक दम्पतिलाई छोरीको न्यायका लागि ८…
यौन दुर्व्यवहार गरेको कसुरमा दुई महिना कैद सजाय फैसला
सात वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालत चितवनका न्यायाधीश रितेन्द्र थापाको इजलासले रत्ननगर नगरपालिका-१३ बस्ने ४५ वर्षीय विष्णुबहादुर रानाभाटलाई ०७९ चैत १२ गते दुई महिना कैद सजाय हुने…