कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (माघ २३ गते)

  ०७७ माघ २३ गते

माघ २३ गते १ सय ५ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ७१ हजार ७ सय ७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा २ हजार ७ सय ९९ ओटा नमूना परीक्षण गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये २ लाख ६७ हजार ५ सय ६४ जना निको भएका छन् । माघ २३ गते २ सय ७२ जना निको भएका छन् भने निको हुनेको दर ९८.५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । माघ २३ गतेसम्म २ हजार ३५ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनायो । २ हजार १ सय ८ जना सक्रिय सङ्क्रमित रहेकामा १  हजार ३ सय ६५ जना होम आइसोलेशनमा छन् । उपचाररतमध्ये ६४ जनाको उपचार आइसीयूमा र १३ जनाको उपचार भेण्टिलेटरमा भइरहेको छ । मन्त्रालयका अनुसार भोजपुर, रुकुम पश्चिम, कालिकोट र मुगुमा सक्रिय सङ्क्रमित छैनन् भने काठमाडौँमा ५ सयभन्दा बढी सक्रिय सङ्क्रमित छन् ।


अनलाइन डेस्क