कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (माघ १८ गते)

  ०७७ माघ १८ गते

माघ १८ गते १ सय ५ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ७० हजार ९ सय ५९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा ३ हजार ३ सय ८ ओटा नमूना परीक्षण गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये २ लाख ६६ हजार ३ सय ३६ जना निको भएका छन् । माघ १८ गते २ सय ८८ जना निको भएका छन् भने निको हुनेको दर ९८.३ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । माघ १८ गतेसम्म २ हजार २९ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनायो । २ हजार ५ सय ९४ जना सक्रिय सङ्क्रमित रहेकामा १  हजार ७ सय ३२ जना होम आइसोलेशनमा छन् । उपचाररतमध्ये १ सय ४३ जनाको उपचार आइसीयूमा र २५ जनाको उपचार भेण्टिलेटरमा भइरहेको छ । मन्त्रालयका अनुसार भोजपुर, रुकुम पश्चिम, कालिकोट र मुगुमा सक्रिय सङ्क्रमित छैनन् भने काठमाडौँमा ५ सयभन्दा बढी सक्रिय सङ्क्रमित छन् ।


अनलाइन डेस्क