कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (माघ १५ गते)
माघ १५ गते २ सय १३ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ७० हजार ५ सय ८८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा ३ हजार ७ सय ९१ ओटा नमूना परीक्षण गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये २ लाख ६५ हजार ३ सय ६५ जना निको भएका छन् । माघ १५ गते २ सय ९६ जना निको भएका छन् भने निको हुनेको दर ९८.१ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । माघ १५ गते कोभिड सङ्क्रमितको मृत्यु नभएकाले मृतकको सङ्ख्या २ हजार २० नै रह्यो । ३ हजार २ सय ३ जना सक्रिय सङ्क्रमित रहेकामा २ हजार २ सय ४२ जना होम आइसोलेशनमा छन् । उपचाररतमध्ये १ सय ४६ जनाको उपचार आइसीयूमा र २६ जनाको उपचार भेण्टिलेटरमा भइरहेको छ । मन्त्रालयका अनुसार रुकुम पश्चिम, कालिकोट र मुगुमा सक्रिय सङ्क्रमित छैनन् भने काठमाडौँमा ५ सयभन्दा बढी सक्रिय सङ्क्रमित छन् ।
कोभिड-१९ खोप अभियानको दोस्रो दिन माघ १५ गते देशभर २८ हजार ७ सय ३२ जनालाई खोप लगाइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पहिलो चरणमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइकर्मी लगायतलाई खोप लगाउन सुरु गरिएको हो । नेपालले कोरोनाविरुद्ध कोभिशिल्ड खोप प्रयोगमा ल्याएको हो । माघ १४ गते ९ हजार ८४ जनालाई खोप लगाइएको थियो ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (वैशाख १० गते)
वैशाख १० गते २ हजार ४ सय ४९ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ९४ हजार ६ सय १ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ…
वडाध्यक्षद्वारा सेवाग्राहीलाई दुर्व्यवहार
भिमाद नगरपालिका–८ निवासी ४२ वर्षीय चिरञ्जीवी खनाललाई सोही वडाका वडाध्यक्ष ६१ वर्षीय बुद्धिमान श्रेष्ठले दुर्व्यवहार गरेको पीडितले आरोप लगाउनुभएको छ । पीडितलाई आरोपितले ०७८ वैशाख ९ गते वडा कार्यालय नजिकै…
समयमा नै ध्यान पुर्याउन नसके कोभिड महामारी नियन्त्रण बाहिर जानसक्नेतर्फ ध्यानाकर्षण
इन्सेक नेपालगञ्ज र पत्रकार महासङ्घ, बाँकेको समन्वयमा गरिएको छलफल कार्यक्रममा सरोकारवालाहरूले बेलैमा ध्यान नपुर्याउने हो भने कोभिड महामारीलाई नियन्त्रण गर्न नसकिने कुरा स्वास्थ्यकर्मीहरुले बताएका छन् । नेपालगञ्जमा कोभिड-१९ का कारण…
तीन महिनामा १ हजार ३ सयभन्दा बढी पीडित, महिला तथा बालिका हिंसाका घटना ७४ प्रतिशत
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले सन् २०२१ को पहिलो तीन महिनामा १ हजार ३ सय ८१ जना पीडित भएको प्रतिवेदन सार्वजनिक गरेको छ । इन्सेकले वैशाख ८ गते जारी गरेको…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बालविवाह गरेर बलात्कार गरेको आरोपमा प्रहरीले पाथीभरा याङ्वरक गाउँपालिका–३ तिरिङेका २८ वर्षीय खेमबहादुर लिम्बुलाई वैशाख ८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले २०७७ चैत ३१…