कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (माघ ६ गते)
माघ ६ गते ३ सय ४८ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ६७ हजार ९ सय ९२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा ४ हजार ९ सय ५६ ओटा नमूना परीक्षण गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये २ लाख ६२ हजार २ सय ९५ जना निको भएका छन् । माघ ६ गते ४ सय ४१ जना निको भएका छन् भने निको हुनेको दर ९७.९ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । माघ ६ गतेसम्म १ हजार ९ सय ६९ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । ३ हजार ७ सय ६४ जना सक्रिय सङ्क्रमित रहेकामा २ हजार ८ सय ८० जना होम आइसोलेशनमा छन् । उपचाररतमध्ये १ सय ६१ जनाको उपचार आइसीयूमा र ३५ जनाको उपचार भेण्टिलेटरमा भइरहेको छ । मन्त्रालयका अनुसार सोलुखुम्बु, भोजपुर, नवलपरासी पश्चिम, रुकुम पश्चिम, कालिकोट र मुगुमा सक्रिय सङ्क्रमित छैनन् भने काठमाडौँमा ५ सयभन्दा बढी सक्रिय सङ्क्रमित छन् ।
बागमती प्रदेश
काठमाडौँ प्रतिनिधि विमला पौडेलका अनुसार त्रिवि शिक्षण अस्पतालमा कोभिड–१९ का कारण आइसीयूमा उपचाररत बिरामीको माघ ६ गते मृत्यु भएपछि उपचारमा लापरवाही भएको भन्दै डाक्टरमाथि कुटपिट भएको छ । अस्पताल प्रशासन र डाक्टरको लापरवाहीले बुबाको मृत्यु भएको भन्दै डाक्टर सविन भण्डारीलाई कुटपिट गरेको आरोपमा प्रहरीले मृतकका ३६ वर्षीय छोरालाई गिरफ्तार गरेको महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी अशोक सिंहले जानकारी दिनुभएको छ । आरोपितलाई थप अनुसन्धानको लागि महानगरीय प्रहरी वृत्त महाराजगञ्जमा राखिएको छ । बुटवलबाट थप उपचारका लागि कोभिड सङ्क्रमितलाई माघ ३ गते काठमाडौँ ल्याइएको थियो । अस्पतालमा निमोनियाको बिरामी भएको आधारमा उपचार भइरहेकोमा थप परीक्षणपछि उनलाई कोभिड–१९ कक्षमा स्थानान्तरण गरी उपचार भइरहेको अवस्थामा मृत्यु भएको थियो । मृतकका आफन्तले निमोनियाको बिरामीलाई कोभिड कक्षमा राखी उपचार गराएको भन्दै विरोध जनाएका थिए । घटनाको बारेमा मृतकका आफन्त र अस्पताल प्रशासनबिच छलफल चलिरहेको त्रिवि शिक्षण अस्पतालका निर्देशक दिनेश काफ्लेले जानकारी दिनुभयो ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
यौन दुर्व्यवहार गरेको कसुरमा २ महिना कैद सजायको फैसला
१९ वर्षीया युवतीलाई यौन दुर्व्यवहार गरेको कसुरमा सल्यानको बनगाड कुपिण्डे नगरपालिका –२ का २८ वर्षीय गोपाल सुनारलाई जिल्ला अदालत सल्यानले दुइ महिना कैद तथा १० हजार क्षतिपुर्तिको फैसला गरेको छ…
हत्या घटनाका आरोपित गिरफ्तार पछि प्रहरीद्वारा सार्बजनिक
रेसुङ्गा नगरपालिका– ३ की २१ वर्षीया सम्झना बोहराको हत्या गरेको आरोपमा प्रहरीले सोही ठाउँका ४७ वर्षीय लालबहादुर खत्रीलाई फागुन १७ गते गिरफ्तार गरी प्रारम्भिक अनुसन्धानबाट हत्यामा सङ्लग्न रहेको पाइएपछि प्रहरीले…
सामुहिक बलात्कार घटनाका एक जना आरोपित गिरफ्तार
३२ वर्षीया महिलालाई सामुहिक बलात्कार गरी फरार रहेका जुगल गाउँपालिका–४ का २० वर्षीय दिलिप सापकोटालाई ०७७ फागुण १९ गते चौतारा बजारबाट गिरफ्तार गरेकोे जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर रामचन्द्र घिमिरेले बताउनुभयो…
दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
हेटौँडा उपमहानगरपालिका–१५ स्थित रिद्धीसिद्धी सिमेन्ट उद्योगका महिला कर्मचारीमाथि दुर्व्यवहार गरेको आरोपमा प्रहरीले फागुन १७ गते उद्योगका महाप्रबन्धक तथा पूर्व एसएसपी ५८ वर्षीय लोकेन्द्रबहादुर मल्ललाई गिरफ्तार गरेको छ । आरोपितले उद्योगमा…
सदरमुकाममा भन्सार कार्यालय, ३ हजार रुपियाँ राजश्व बुझाउनका लागि १५ हजार रुपियाँ खर्च
जिल्लाको उत्तरी क्षेत्रमा रहेको किमाथाङ्का सीमा भन्सार कार्यालय सदरमुकाम खाँदबारीमा बस्दा सेवाग्राहीले सास्ती पाएका छन् । ३ हजार २ सय ५४ रुपियाँ भन्सार राजश्व बुझाउँन पाँच दिनको पैदल यात्रा गरी…