कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (माघ २ गते)
माघ २ गते २ सय ७० जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ६६ हजार ८ सय १६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा ३ हजार ८४ ओटा नमूना परीक्षण गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये २ लाख ६० हजार ५ सय ६७ जना निको भएका छन् । माघ २ गते ३ सय ९० जना निको भएका छन् भने निको हुनेको दर ९७.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । माघ २ गतेसम्म १ हजार ९ सय ४८ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । ४ हजार ३ सय १ जना सक्रिय सङ्क्रमित रहेकामा ३ हजार ३ सय ७ जना होम आइसोलेशनमा छन् । उपचाररतमध्ये १ सय ६५ जनाको उपचार आइसीयूमा र ३८ जनाको उपचार भेण्टिलेटरमा भइरहेको छ । मन्त्रालयका अनुसार रुकुम पश्चिम, कालिकोट, र मुगुमा सक्रिय सङ्क्रमित छैनन् भने काठमाडौँमा ५ सयभन्दा बढी सक्रिय सङ्क्रमित छन् ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई ०७७ फागुन १२ गते यौन दुर्व्यवहार गरेको आरोपमा सिन्धुपाल्चोक जिल्ला घर भई लिखुतामाकोसी गाउँपालिका–२ मा भाँडाको व्यापार गर्ने २२ वर्षीय सन्जु खत्रीलाई प्रहरीले सोही दिन गिरफ्तार गरेको…
मानव अधिकार कार्य योजनासम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
मानव अधिकार सम्बन्धी पाँचौँ राष्ट्रिय कार्य योजनाको कार्यन्वयन विषयक अन्तरक्रिया कार्यक्रम फागुन १४ गते विदुरमा सम्पन्न भएको छ । राष्ट्रिय मानव अधिकार आयोगको आयोजनामा भएको कार्यक्रममा आयोगका मानव अधिकार अधिकृत…
परमादेशपछि कुटपिट घटनाका आरोपितविरूद्ध उजुरी दर्ता
डाक्नेश्वरी नपा–८ की २३ वर्षीया कोशिलादेवी मुखियालाई कुटपिट गरी गर्भपतन गराएको आरोपमा प्रहरीले डाक्नेश्वरी नपा–८ का ४५ वर्षीय राजकुमार मुखिया, ४० वर्षीय जीवन मुखिया, ५६ वर्षीय लक्ष्मी मुखिया, ४० वर्षीय…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (फागुन १४ गते)
फागुन १४ गते १ सय १२ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ७३ हजार ९ सय ८४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत…
बलात्कार गरेको कसुरमा १८ वर्ष कैदको फैसला
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा राजविराज नपा–४ का २२ वर्षीय मो. आसमान निरालेलाई फागुन १२ गते गते जिल्ला अदालतले १८ वर्ष कैद र १० हजार रुपियाँ क्षतिपूर्ति भराउने फैसला…