कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (पुस २९ गते)
पुस २९ गते ४ सय ४५ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ६६ हजार १ सय ४३ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा ४ हजार १ सय ५४ ओटा नमूना परीक्षण गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये २ लाख ५९ हजार ७ सय ७२ जना निको भएका छन् । पुस २९ गते ४ सय १४ जना निको भएका छन् भने निको हुनेको दर ९७.६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । पुस २९ गतेसम्म १ हजार ९ सय ३७ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । ४ हजार ४ सय ३४ जना सक्रिय सङ्क्रमित रहेकामा ३ हजार ३ सय २७ जना होम आइसोलेशनमा छन् । उपचाररतमध्ये १ सय ४४ जनाको उपचार आइसीयूमा र ३५ जनाको उपचार भेण्टिलेटरमा भइरहेको छ । मन्त्रालयका अनुसार ताप्लेजुङ, रुकुम पश्चिम, कालिकोट, मुगु र बाजुरामा सक्रिय सङ्क्रमित छैनन् भने काठमाडौँमा ५ सयभन्दा बढी सक्रिय सङ्क्रमित छन् ।
लुम्बिनी प्रदेश
दाङ प्रतिनिधि जयनारायण पुनका अनुसार किट अभाव भएपछि दाङमा कोभिड परीक्षण बन्द भएको छ । सःशुल्क परीक्षण गर्दै आइरहेको एकमात्रै अस्पताल राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा किट सकिएपछि चारदिनदेखि परीक्षण ठप्प भएको प्रतिष्ठानका निमित्त रजिष्ट्रार झङ्कार लामिछानेले बताउनु भयो । प्रति व्यक्ति २ हजार रुपियाँ शुल्क लिएर दैनिक २५-३० जनाको स्वाब परीक्षण गर्दै आएको प्रतिष्ठानले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा किट माग गरी पठाएको तर किटको अभाव रहेकाले तत्काल उपलब्ध गराउन नसकिने भनेपछि सेवा बन्द गरिएको निमित्त रजिष्ट्रार लामिछानेले बताउनु भयो । लामिछानेले निजीस्तरबाट किट खरिदको प्रयास भइरहेकाले छिटै सेवा उपलब्ध गराउने बताउनु भयो । सरकारीस्तरबाट स्थानीय तहहरूले स्वाब सङ्कलन तथा परीक्षणको काम बन्द गरेपछि दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले प्रति व्यक्ति २ हजार रुपियाँ शुल्क लिएर दाङ, सल्यान, रुकुम, रोल्पा, प्युठानबाट ल्याइएका स्वाबको परीक्षण गर्दै आएको थियो ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (वैशाख १० गते)
वैशाख १० गते २ हजार ४ सय ४९ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ९४ हजार ६ सय १ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ…
वडाध्यक्षद्वारा सेवाग्राहीलाई दुर्व्यवहार
भिमाद नगरपालिका–८ निवासी ४२ वर्षीय चिरञ्जीवी खनाललाई सोही वडाका वडाध्यक्ष ६१ वर्षीय बुद्धिमान श्रेष्ठले दुर्व्यवहार गरेको पीडितले आरोप लगाउनुभएको छ । पीडितलाई आरोपितले ०७८ वैशाख ९ गते वडा कार्यालय नजिकै…
समयमा नै ध्यान पुर्याउन नसके कोभिड महामारी नियन्त्रण बाहिर जानसक्नेतर्फ ध्यानाकर्षण
इन्सेक नेपालगञ्ज र पत्रकार महासङ्घ, बाँकेको समन्वयमा गरिएको छलफल कार्यक्रममा सरोकारवालाहरूले बेलैमा ध्यान नपुर्याउने हो भने कोभिड महामारीलाई नियन्त्रण गर्न नसकिने कुरा स्वास्थ्यकर्मीहरुले बताएका छन् । नेपालगञ्जमा कोभिड-१९ का कारण…
तीन महिनामा १ हजार ३ सयभन्दा बढी पीडित, महिला तथा बालिका हिंसाका घटना ७४ प्रतिशत
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले सन् २०२१ को पहिलो तीन महिनामा १ हजार ३ सय ८१ जना पीडित भएको प्रतिवेदन सार्वजनिक गरेको छ । इन्सेकले वैशाख ८ गते जारी गरेको…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बालविवाह गरेर बलात्कार गरेको आरोपमा प्रहरीले पाथीभरा याङ्वरक गाउँपालिका–३ तिरिङेका २८ वर्षीय खेमबहादुर लिम्बुलाई वैशाख ८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले २०७७ चैत ३१…