कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (पुस २७ गते)
पुस २७ गते ४ सय ८८ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ६५ हजार २ सय ८६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा ५ हजार ३ सय ९ ओटा नमूना परीक्षण गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये २ लाख ५८ हजार ९ सय ६८ जना निको भएका छन् । पुस २७ गते ५ सय २७ जना निको भएका छन् भने निको हुनेको दर ९७.६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । पुस २७ गतेसम्म १ हजार ९ सय २७ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । ४ हजार ३ सय ७३ जना सक्रिय सङ्क्रमित रहेकामा १ हजार २ सय ३० जना होम आइसोलेशनमा छन् । उपचाररतमध्ये १ सय ६३ जनाको उपचार आइसीयूमा र ३७ जनाको उपचार भेण्टिलेटरमा भइरहेको छ । मन्त्रालयका अनुसार ताप्लेजुङ, सोलुखुम्बु र मुगुमा सक्रिय सङ्क्रमित छैनन् भने काठमाडौँमा ५ सयभन्दा बढी सक्रिय सङ्क्रमित छन् ।
सुदूरपश्चिम प्रदेश
बैतडी प्रतिनिधि नरी बडुका अनुसार सदरमुकामस्थित गढी क्षेत्र ११ दिनका लागि सील गरिएको छ । कोभिड सङ्क्रमणका कारण एकजना स्थानीयको मृत्यु भएपछि दशरथचन्द नगरपालिकाले वडा नं ४ को गढी क्षेत्र माघ ६ गतेसम्म सील गर्ने निर्णय गरेको हो । केही दिन अघिमात्रै गढी क्षेत्रमा एकजनामा मृत्युपछि कोभिड पुष्टि भएको उनको सम्पर्कमा रहेकाहरुमा पनि कोभिड देखिएकाले गढी क्षेत्र पुस २७ गतेदेखि माघ ६ गतेसम्म सील गर्ने निर्णय गरिएको प्रमुख प्रशासकीय अधिकृत विक्रमबहादुर चन्दले जानकारी दिनुभयो । दशरथचन्द नगरपालिकाको गढी क्षेत्रमै अहिले पनि सात जना सङ्क्रमित रहेकाले सङ्क्रमण नफैलियोस भन्नका लागि गढी क्षेत्र सील गरिएको हो । बैतडीमा अहिलेसम्म ६ सय ३६ जनामा कोभिड सङ्क्रमण पुष्टि भइसकेको छ भने कोभिडका कारण दुई जनाको मृत्यु भएको छ । जिल्लामा अहिले ३२ जना सक्रिय सङ्क्रमित रहेका स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिनुभयो । दशरथचन्द नगरपालिकामा २१, पाटन नगरपालिकामा १० र दोगडाकेदार गाउँपालिकामा एक जना सक्रिय सङ्क्रमित रहेका छन् ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
गाउँपालिकाले समयमै सामाजिक सुरक्षा भत्ता नदिएको ज्येष्ठ नागरिकको गुनासो
सिमकोट गाउँपालिकाबाट समयमै सामाजिक सुरक्षा भत्ता नपाएको ज्येष्ठ नागरिकहरूले गुनासो गरेका छन् । ०७८ साउनदेखि सिमकोट गाउँपालिकाले समयमै ज्येष्ठ नागरिकहरूको सामाजिक सुरक्षा भत्ता आफुहरूलाई वितरण नगरेको सिमकोट गाउँपालिका–३ का ७८…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार १८ गते)
असार १८ गते ३३ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार ७ सय ६२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १…
पत्नी कुटपिट घटनाका आरोपित गिरफ्तार
भानु नगरपालिका–१ नयाँबस्तीकी ३२ वर्षीया चिजा गुरुङलाई कुटपिट गरेको आरोपमा प्रहरीले २५ वर्षीय विक्रम गन्धर्वलाई असार १८ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले असार १७ गते साँझ कुटपिट…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
पाँच वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले केपिलासगढी गाउँपालिका—४ वाक्सीलाका ६१ वर्षीय लाल थापा मागरलाई असार १६ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असार १३ गते यौन…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार १७ गते)
असार १७ गते ३५ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार ७ सय २९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १…