कोभिड–१९ को सङ्क्रमितको सङ्ख्यासँगै चुनौति बढ्दो
कर्णाली प्रदेश समाजिक मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका अनुसार ०७७ चैत १९ गतेसम्म प्रदेशमा ७ हजार ५ सय ८६ जनामा कोभिड-१९ पोजेटिभ देखिएको छ । जसमध्ये २ हजार ६० महिला र ५ हजार ५ सय २५ पुरूषको सङ्ख्या रहेको छ । ९८ हजार ३१ को आरटिपिसिआर परीक्षण गरिएकोमा ८८ हजार ९ सय ८५ जनामा नेगेटिभ देखिएको थियो । पछिल्लो २४ घण्टामा संक्रमित नभेटीएको महाशाखाका बरिष्ठ जनस्वास्थ्य प्रशासक वृषबहादुर शाहीले जानकारी दिनुभयो । शाहीका अनुसार कर्णालीमा पहिलो संक्रमित ०७७ जेठ ५ गते दैलेकका व्यक्तिमा पत्ता लागेको थियो । कोभिडका कारण ३१ जनाको मृत्यु भएको र ७ हजार ४ सय निको भएर घर फर्किएको शाहीले बताउनुभयो । हाल १३ जना होम आइसोलेशनमा बसेका छन् । कोरोना बिरूद्धको खोप विभिन्न जिल्लाका २६ हजार ९ सय ९० जनालाई लगाइएको महाशाखाले जनाएको छ ।
कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर रविन खड्काका अनुसार कर्णाली प्रदेशमा आइशोलेसन बेड १३ सय ८८ रहेको छ । आइसियु बेढ संख्या ६२ र भेन्टीलेटर ३४ रहेको छ । हाल २ जना आइसियुमा उपचारारत हुनुहुन्छ ।
सरकारको पहल
नेपालमा कोभिड भित्रियसँगै कर्णाली सरकारले रोकथामका लागि पहलहरू चालेको थियो । ०७६ चैत ५ गते मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको मन्त्रीपरिषदको बैठकले कोभिड-१९ रोकथाम तथा न्यूनीकरणका लागि सुर्खेत बिमानस्थल, भेरीगङ्गा नपाको बबई र पञ्चपुरी नपाको कुइनेमा हेल्पडेस्क स्थापना गर्ने निर्णय गरेको थियो । ०७६ चैत १० गते कोभिड-१९ रोकथाम र न्यूनीकरणका लागि ५० करोड रूपिँयाको कर्णाली प्रदेश विपद व्यवस्थापन कोषको स्थापना गरी प्रदेशका १० जिल्लालाई ५० लाख उपलब्ध गराउने मन्त्री परिषदले निर्णय गरेको थियो । यस्तै ०७६ चैत १३ गते कोभिड रोकथाम तथा प्रतिकार्यका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लालाई १/१ करोड तथा चौरजहारी सामुदायिक अस्पताल रूकुम पश्चिमलाई ५० लाख रकम उपलब्ध गराउने मन्त्री परिषदको निर्णय रहेको थियो ।
०७७ बैशाख २ गते भारत लगायत विदेशबाट आउने नागरिकहरूलाई सुर्खेतको भेरीगङ्गा नपा बबई, सल्यानको कपुरकोट तथा सुर्खेतकै पञ्चपुरी नपाको कुईनेमा कडाईका साथ चेकजाँच तथा ल्याव टेष्ट गर्ने प्रबन्ध मिलाइएको थियो । यद्यपी कुने दिन गर्ने कुनै दिन आवश्यक किटको अभावमा नगर्ने हुँदा केहि अधिकांश मानिसहरू जाँभ नगरेर भित्रिएको थिए । साथै संक्रमित देखिए १४ दिन अनिवार्य क्वारेन्टिनमा राखी सम्बन्धित पालिकासँग समन्वय गरी घरमा पठाउने मन्त्री परिषदको निर्णय अनुसार केहिलाई राहत भयो ।
यसैगरी ०७७ जेठ १५ गतेको निर्णयअनुसार आर्थिक वर्ष ०७७/०७८ को विनियोजित वजेटबाट कर्णाली प्रदेशका सबै स्थानीय तहहरूमा राहत तथा क्वारेन्टिन र आइसोलेशन स्थापनाका लागि रकम उपलब्ध गराउने गरी १८ करोड २० लाख उपलब्ध गराउने प्रदेश सरकारको घोषणा भयो । सबै स्थानीय तहले कम आयस्रोत हुने र दैनिक ज्यालादारीमा जिवन चलाउनेहरूलाई राहत वितरण गरेका थिए ।
कोभिड-१९ नियन्त्रण तथा उपचारका लागि प्रदेश बाहिरबाट आई क्वारेन्टिनमा राख्नुपर्ने व्यक्तिलाई स्थानीय तहमार्फत खानाको व्यवस्थासहित क्वारेन्टिनको व्यवस्थापन गरियो । स्वास्थ्य सामग्री वितरण लगाएतका कामहरू पनि गरिएका थिए । प्रदेशमा कर्णाली प्रदेश अस्पताल सुर्खेत, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला, चौरजहारी अस्पताल रूकुम पश्चिम र दैलेख जिल्ला अस्पतालमा आरटीपिसिआर परीक्षण गर्ने पनि व्यवस्था मिलाइएको थियो । यद्यपी प्रदेशका नाकाहरूमा जाँच गरेर मात्र मानिसहरूलाई पठाउने भनिएकोमा उक्त कुरा सहि रूपमा कार्यान्वयन नहुँदा भाइरस समुदाय स्तरमा फैलिएको थियो । समुदायमा डर, त्रास र रोगबारे अनविज्ञता व्याप्त हुँदा सूचना र शन्देश विस्तार गर्ने सन्दर्भमा पनि प्रभावकारी संयन्त्र नभएको पाइयो ।
चूनौति
महामारीमा सबैभन्दा ठूलो चुनौतिको रूपमा जनशक्ति रह्यो । स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर रविन खड्का प्रदेशमा ८ सय ८७ दरबन्दि रहेकोमा २ सय ९६ जना स्वास्थ्यकर्मी कार्यरत रहेको र भण्डै ६७ प्रतिशत दरबन्दि रिक्त अवस्थामा रहेको बताउनुभयो । १ सय ६१ डाक्टरको दरबन्दिमा हाल २२ जना मात्र कार्यरत हुनुहुन्छ । १ सय ३९ जनाको कोटा खाली छ । दोस्रो चुनौति भनेको स्वास्थ्य सामग्रीको उपलब्धता नहुनु रह्यो । मास्क, सेनेटाइजर, पिपिइ लगाएतका सामग्रीको सहज उपलब्धता र वितण प्रणालीको प्रभावकारी व्यवस्थापनको अभावले सुरूका दिनहरूमा समस्या ल्याएको स्वास्थ्यकर्मीको अनुभव छ ।
अर्को चुनौति भौगोलिक कठिनाइ हो । बिरामीलाई हेलिकप्टरबाट पनि ल्याउनुपर्ने अवस्था छ जुन सबैको पहुँचमा छैन र खर्चिलो छ । त्यसैगरी सुरूका दिनमा ल्याव व्यवस्थापनको समस्या पनि भयो । कोभिड देखिएको ४ महिनापछि मात्र ल्याव व्यवस्थापन गर्न सकिएको हो । खासगरी दैलेख र चौरजहारीमा पिसिआर परीक्षणका लागि ल्यावको जनशक्ति नै नभएको डाक्टर खड्काले सुनाउनुभयो ।
त्यस्तै कोभिड-१९ को रोकथाम तथा नियन्त्रणका लागि खटिएका स्वास्थ्यकर्मीलाई प्रात्साहन भत्ता दिने सरकारको निर्णय सकारात्मक रहेपनि विभिन्न भत्ता खाइरहेका स्वास्थ्यकर्मीलाई यो भत्ता दिन मिल्ने कि नमिल्ने भन्ने स्पष्ट कानुन नहुँदा कसैले पाउने र कसैले नपाउने अवस्था भयो । नपाउने स्वास्थ्यकर्मीलाई निरूत्साहित गराएको पाइयो ।
पछिल्लो समय कर्णालीमा न्यून व्यक्तिमा संक्रमण देखिएता पनि बाँके लगाएत अन्य ठाउँमा कोभिड-१९ बढेको कारण कर्णाली प्रदेशले पनि पुर्वतयारी गर्न आवश्यक छ । आवश्यक संरचनाको निर्माण, व्यवस्थित सूचना प्रणाली, स्वस्थ्य जीवनशैली र सचेतनाले संक्रमण रोक्न सकिने स्वास्थ्यकर्मीहरू बताउँछन् ।
इन्सेक कर्णाली प्रदेश कार्यालय, सुर्खेत
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
५४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा रोशी गाउँपालिका–५ सिसाखानीका ६२ वर्षीय टेकबहादुर लामालाई प्रहरीले चैत ३० गते घरबाट गिरफ्तार गरेको छ । पीडित महिलालाई चैत २६ गते बलात्कार गरेको भन्दै…
बलात्कार घटनाका आरोपित गिरफ्तार
५९ वर्षीया अशक्त महिलालाई बलात्कार गरेको आरोपमा दोरम्बा गाउँपालिकाका–७ का ५६ वर्षीय अङ्गे तामाङलाई प्रहरीले चैत २८ घरबाटै गिरफ्तार गरेको छ । सुस्त मनस्थितिकी अशक्त महिलालाई चैत ३ गते घरमा…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (चैत ३० गते)
चैत ३० गते ४ सय ९६ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ८० हजार ५ सय २४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत…
बेचबिखन तथा ओसारपसार घटनाका कसुरदार गिरफ्तार
१५ वर्षीया बालिकालाई भारतको दिल्लीमा लगेर बेचबिखन गरेको कसुरमा प्रहरीले पुर्नवास नगरपालिका–६ का ५१ वर्षीय मानबहादुर थापा र उहाँको ४८ वर्षीया पत्नी सुकमाया तामाङलाई २५ वर्षपछि चैत २९ गते गिरफ्तार…
हिंसा पीडित महिलालाई इन्सेकको सहयोग
छोरा नपाएको निहुँमा पतिले दैनिक जसो कुटपिट गरेर पीडित बनेकी महिलालाई इन्सेकद्वारा सहयोग गरिएको छ । सल्यान जिल्ला शारदा नगरपालिका–१४ मालनेटा घर भई हाल पर्वतको कुश्मामा ज्याला मजदुरी गरेर दुई…