कोभिड–१९ः यो साता २ सय ३४ जना सङ्क्रमितको मृत्यु, ५ सय ९४ थपिए
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार यो एक साताको अवधिमा २ सय ३४ जना कोभिड–१९ का सङ्क्रमितको मृत्यु भएको तथ्याङ्क सार्वजनिक भयो । एक सातामा ३१ हजार २ सय ५० ओटा स्वाब परीक्षण गरेकामा ५ सय ९४ जनामा सङ्क्रमण पुष्टि भयो । यो अवधिमा ४ सय ५६ जना सङ्क्रमित कोभिड मुक्त भए ।
प्रदेश १
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ०७७ फागुन १७ गतेदेखि फागुन २४ गतेसम्मको अवधिमा झापामा दुई जना पुरूष र दुई जना महिला गरी चार जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । त्यसैगरी सुनसरीमा एक जना पुरूष, मोरङमा एक जना पुरूष र एक जना महिला गरी दुई जना, ओखलढुङ्गामा एक जना पुरूष, सङ्खुवासभामा दुई जना पुरूष, भोजपुरमा एक जना पुरूष र ताप्लेजुङमा एक जना महिला गरी १२ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । प्रदेश १ मा रहेका कोशी कोभिड–१९ अस्पताल, प्रदेश जनस्वास्थ्य प्रयोगशाला, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा प्रयोगशाला, मेची अस्पताल प्रयोगशाला, कोटीहोम प्रयोगशाला,नोवेल अस्पताल प्रयोगशाला, विराट अस्पताल प्रयोगशाला र न्यूरो अस्पताल प्रयोगशालामा गरिएको कोभिड–१९ को परीक्षणमा प्रदेश १ मा एक साताको अवधिमा प्रदेश १ मा १२ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । धनकुटा, इलाम, खोटाङ, पाँचथर, सोलुखुम्बु, तेहृथुम र उदयपुरमा यो साता कोभिड–१९ सङ्क्रमित फेला नपरेको मन्त्रालयले जनाएको छ ।
लुम्बिनी प्रदेश
लुम्बिनी प्रदेशमा यस साता महिला २१ जना र पुरुष ४७ जना गरी ६७ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको छ । यस साता सबै भन्दा बढी बाँके जिल्लामा १६ जनामा सङ्क्रण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा प्रदेशमा १ हजार ९१ जनामा गरिएको परीक्षणमा ६ जनामा कोभिड पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयको तथ्याङ्कले जनाएको छ । गत साता सङ्क्रमित हुनेको सङ्ख्या ९० रहेको थियो ।
सुदूरपश्चिम प्रदेश
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सुदूरपश्चिम प्रदेशमा फागुन १७ गतेदेखि फागनु २४ गतेसम्म १३ जनामा सङ्क्रमण पुष्टि भएको छ । फागुन २४ गते मात्रै सुदूरपश्चिम प्रदेशका नौ जिल्लामध्ये कैलाली जिल्लामा मात्रै एक जना पुरुषमा कोभिड सङ्क्रमण पुष्टि भएको छ । यस सुदूरपश्चिम प्रदेशमा यो साथा कोभिडका कारण कसैको मृत्यु भएको छैन् । यस प्रदेशमा फागुन २४ गतेसम्म ३ हजार ९ सय २१ म्हिला र ११ हजार ८८ जना पुरुष गरी जम्मा १५ हजार ९ जनामा कोभिड पुष्टि भएको छ ।
नेपाल सरकारले ०७७ माघ १४ गतेदेखि फागुन १० गतेसम्म कोभिड–१९ विरुद्धको खोप अभियान सञ्चालनपश्चात सुदूरपश्चिम प्रदेशमा ३८ हजार ३ सय २ जनाले कोभिड–१९ विरुद्धको खोप लिएको सुदूरपश्चिम समाजिक विकास मन्त्रालयले जनाएको छ । दोस्रो चरणको खोप अभियान सुदूरपश्चिम प्रदेशमा फागुन २३ गतेदेखि सुरु भएको यस चरणमा ६५ वर्ष उमेर पुरा भएका नागरिकहरुलाई कोभिड विरुद्धको खोप अभियान सुरु भएको मन्त्रालयले जनाएको छ ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
५४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा रोशी गाउँपालिका–५ सिसाखानीका ६२ वर्षीय टेकबहादुर लामालाई प्रहरीले चैत ३० गते घरबाट गिरफ्तार गरेको छ । पीडित महिलालाई चैत २६ गते बलात्कार गरेको भन्दै…
बलात्कार घटनाका आरोपित गिरफ्तार
५९ वर्षीया अशक्त महिलालाई बलात्कार गरेको आरोपमा दोरम्बा गाउँपालिकाका–७ का ५६ वर्षीय अङ्गे तामाङलाई प्रहरीले चैत २८ घरबाटै गिरफ्तार गरेको छ । सुस्त मनस्थितिकी अशक्त महिलालाई चैत ३ गते घरमा…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (चैत ३० गते)
चैत ३० गते ४ सय ९६ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ८० हजार ५ सय २४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत…
बेचबिखन तथा ओसारपसार घटनाका कसुरदार गिरफ्तार
१५ वर्षीया बालिकालाई भारतको दिल्लीमा लगेर बेचबिखन गरेको कसुरमा प्रहरीले पुर्नवास नगरपालिका–६ का ५१ वर्षीय मानबहादुर थापा र उहाँको ४८ वर्षीया पत्नी सुकमाया तामाङलाई २५ वर्षपछि चैत २९ गते गिरफ्तार…
हिंसा पीडित महिलालाई इन्सेकको सहयोग
छोरा नपाएको निहुँमा पतिले दैनिक जसो कुटपिट गरेर पीडित बनेकी महिलालाई इन्सेकद्वारा सहयोग गरिएको छ । सल्यान जिल्ला शारदा नगरपालिका–१४ मालनेटा घर भई हाल पर्वतको कुश्मामा ज्याला मजदुरी गरेर दुई…