कोभिड–१९ः यो साता ६ जना सङ्क्रमितको मृत्यु, ७ सय १६ जनामा कोभिड–१९ पुष्टि
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार यो एक साताको अवधिमा ६ जना कोभिड–१९ का सङ्क्रमितको मृत्यु भयो । एक सातामा २२ हजार ७ सय २४ ओटा स्वाब परीक्षण गरेकामा ७ सय १६ जनामा सङ्क्रमण पुष्टि भयो । यो अवधिमा ७ सय ६२ जना सङ्क्रमित कोभिड मुक्त भए ।
प्रदेश १
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ०७७ फागुन ३ गतेदेखि ११ गतेसम्मको प्रदेश १ मा रहेका कोशी कोभिड–१९ अस्पताल, प्रदेश जनस्वास्थ्य प्रयोगशाला, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा प्रयोगशाला, मेची अस्पताल प्रयोगशाला, कोटीहोम प्रयोगशाला, नोवेल अस्पताल प्रयोगशाला, विराट अस्पताल प्रयोगशाला र न्यूरो अस्पताल प्रयोगशालामा गरिएको कोभिड–१९ को परीक्षणमा प्रदेश १ मा एक साताको अवधिमा प्रदेश १ मा २१ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
बागमती प्रदेश
यस प्रदेशमा फागुन ११ गते कोभिड–१९ सङ्क्रमणको सङ्ख्या ५२ हजार ८ सय ९५ जना महिला र ९७ हजार ८ सय १ जना पुरुष गरी जम्मा १ लाख ५० हजार ६ सय ९६ जना पुगेको छ । अघिल्ला हप्ता १ लाख ५० हजार २ सय ६० जना कोभिड–१९ सङ्क्रमित रहेकोमा यस हप्ता ४ सय ३६ जना मात्र सङ्क्रमित थपिएका हुन् । यस प्रदेशका कूल सङ्क्रमितमध्ये १ लाख ४८ हजार ५ सय ५१ जना उपचारपछि निको भइसकेका छन् भने विभिन्न अस्पतालका आइसोलेशन तथा होम आइसोलेशनमा १ हजार १ सय ३८ जना उपचाररत रहेका छन् । अघिल्लो हप्ता सक्रिय सङ्क्रमतिको सङ्ख्या १ हजार १ सय ७६ जना रहेकोमा यो हप्ता ३८ जना कम भई १ हजार १ सय ३८ जनामा झरेको हो । यस प्रदेशमा फागुन ११ गतेसम्म मृत्यु हुनेको सङ्ख्या भने १ हजार ७ जना पुगेको छ । यो अघिल्लो हप्ता भन्दा ३ जनाले बढी हो । यस प्रदेशमा कोभिड–१९ बाट मृत्यु हुनेको दर ०.६९ प्रतिशत रहेको छ । अघिल्लो साता ३५.१ प्रतिशत महिला र ६४.९ प्रतिशत पुरुष सङ्क्रमित भएकोमा माघ फागुन ११ गते पनि सोही अनुपातमा महिला र पुरुषको सङ्क्रमित प्रतिशत रहेको छ । बागमती प्रदेशमा अघिल्लो हप्ता देशको कूल सङ्क्रमणको सङ्ख्या ५५.२० प्रतिशत रहेकोमा फागुन ११ गते आइपुग्दा पनि सोही प्रतिशत कायम रहेएको छ । यस प्रदेशमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएका मध्येमा अघिल्लो हप्ता ९८.२० प्रतिशतको हाराहारीमा निको हुनेको सङ्ख्या रहेकोमा फागुन आइपुग्दा यो सङ्ख्या ९८.६० प्रतिशत रहेको छ ।
गण्डकी प्रदेश
गण्डकी प्रदेशमा फागुन ४ गतेबाट फागुन १० गतेसम्म थप १ सय ४८ जनामा कोभिड–१९ सङ्क्रमण देखिएको छ । योसँगै प्रदेशमा कुल सङक्रमितको सङ्ख्या १७ हजार ८ सय २९ रहेको छ । यो साता कोभिड–१९ को सङ्क्रमणबाट १ सय ६८ जना निको भएका छन् । योसँगै प्रदेशमा निको हुनेको कूल सङ्ख्या १८ हजार ७ सय ४९ रहेको छ । हालसम्म प्रदेशमा कोभिड–१९ को सङ्क्रमणबाट कूल २ सय १६ जनाको मृत्यु भएको छ । जसमध्ये यो साता तीन जनाको मृत्यु भएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको फागुन १० गतेको तथ्याङ्क अनुसार प्रदेशमा हाल १ सय ५६ जना सक्रिय सङ्क्रमित रहेका छन् । सक्रिय सङ्क्रमितहरूमध्ये २२ जना संस्थागत आइसोलेशनमा बसेका छन् भने ६ जना आइसीयू र तीन जना भेण्टिलेटरमा रहेका छन् ।
लुम्बिनी प्रदेश
लुम्बिनी प्रदेशमा हालसम्म ३० हजार ४ सय ६५ जना कोभिड सङ्क्रमण निको भएका छन् । १ सय २७ जना सक्रिय सङ्क्रमित छन् । भने २ सय ९२ जनाको मृत्यु भएको छ । हाल संस्थागत आइसोलेशनमा १ सय ७ जना, आइसीयुमा १६ जना र भेण्टिलेटरमा दुई जना रहेका छन् ।
सुदूरपश्चिम प्रदेश
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सुदूरपश्चिम प्रदेशमा फागुन ४ गतेदेखि फागनु १० गतेसम्म १५ जनामा सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमित हुनेको सङ्ख्या ५३ पुगेको छ । फागुन १० गते मात्रै सुदूरपश्चिम प्रदेशका ६ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको छ । जसमध्ये बझाङ जिल्लामा एक, कैलालीमा चार र डोटीमा एक जनामा सङ्क्रमण पुष्टि भएको छ । यस सुदूरपश्चिम प्रदेशमा मृत्यु हुनेको सङ्ख्या ६७ जना पुगेको भएपनि यो साथा कोभिडका कारण कसैको मृत्यु भएको छैन् । यस प्रदेशमा फागनु १० गतेसम्म ५१ जनाको सस्थागत आइसोलेशनमा र एक जनाको भेण्टिलेटरमा उपचार भइरहेको छ । फागुन १० गतेसम्म प्रदेशमा १४ हजार ८ सय ४८ जना सङ्क्रमित निको भएका छन् । हालसम्म सुदूरपश्चिम प्रदेशमा १४ हजार ९ सय ६८ जनामा कोभिड पुष्टि भएको छ । नेपाल सरकारले ०७७ माघ १४ गतेदेखि कोभिड–१९ विरुद्धको खोप अभियान सञ्चालनपश्चात फागुन ५ गतेसम्मको अवधिमा सुदूरपश्चिम प्रदेशमा २७ हजार १ सय २७ जनाले कोभिड–१९ विरुद्धको खोप लिएको सुदूरपश्चिम समाजिक विकास मन्त्रालयले जनाएको छ । दोस्रो चरणको खोप अभियान सुदूरपश्चिम प्रदेशमा फागुन २ गतेदेखि सुरु भएको र फागुन ५ गतेसम्म यस प्रदेशमा थप १२ हजार २ सय ७२ जनालाई कोभिड १९ विरुद्धको खोप लगाइएको सुदूरपश्चिम समाजिक विकास मन्त्रालयले जनाएको छ । सो अवधिमा अछाम जिल्लामा १ हजार २ सय २७ जना, बतैतडीमा १ हजार १ सय ४५ जना, बझाङमा १ हजार ६० जना, बाजुरामा ३ सय ५२ जना, डडेल्धुरामा ५ सय ५० जना, दार्चुलामा १ हजार १ सय ७० जना, डोटीमा ९ सय २४ जना, कञ्चनपुरमा २ हजार ३ सय २५ जना र कैलालीमा ३ हजार ५ सय ९९ जनाले खोप लिएको सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयले जारी गरेको प्रेश विज्ञप्तिमा उल्लेख गरिएको छ । पहिलो चरणमा कोभिड–१९ को उपचार तथा व्यवस्थापनमा अग्रपङ्क्तिमा खटिने र उच्चजोखिममा रहेका स्वास्थ्यकर्मी, सरसफाइकर्मी, एम्बुलेन्स चालक, शववाहन चालक, शव व्यवस्थापनमा खटिने सुरक्षाकर्मी, महिला स्वास्थ्य स्वयमसेविका, वृद्धाश्रममा रहेका व्यक्तिहरू, सिमानामा खटिएका र कैदीबन्दीहरुलाई खोप लगाइएको र दोस्रो चरणमा पत्रकार, सरकारी कार्यालयका कर्मचारी, बैङ्कका कर्मचारी र अग्रपङ्क्तिमा काम गर्न व्यक्तिहरुलाई खोप लगाइएको मन्त्रालयले जनाएको छ ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार १६ गते)
असार १६ गते ३६ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार ६ सय ९४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा मकवानपुरको कैलाश गाउँपालिका–१० घर भई हाल कीर्तिपुर नगरपालिका कीर्तिपुर नगरपालिका–५ पागांलाछी बस्दै आएका २० वर्षीय साजन प्रजालाई प्रहरीले असार १५ गते राती गिरफ्तार गरेको…
जलाउँदै गरेको शव प्रहरीद्वारा नियन्त्रण, घटनाको अनुसन्धान सुरु
बहुदरमाई नगरपालिका–७, बिश्रामपुर टोलकी १५ वर्षीया महिमाकुमारी साह कलवारलाई आफ्नै परिवारका सदस्यले कुटपिट गरेका कारण मृत्यु भएको आरोपमा प्रहरीले बहुदरमाई नगरपालिका–७, छपकैयाबाट जलाइरहेको शव असार १५ गते राति नियन्त्रणमा लिएको…
बलात्कार घटनाका आरोपित गिरफ्तार
३० वर्षीया अपाङ्गता भएकी महिलालाई बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय बागलुङले बागलुङ नगरपालिका–७ का ३२ वर्षीय नवराज गौतमलाई असार १५ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले जेठ…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कटारी नगरपालिका —६ का २० वर्षीय राजकुमार रम्तेललाई असार १३ गते गिरफ्तार गरेको छ । अर्का आरोपित कटारी नगरपालिका—६ का २२ वर्षीय देवराज…