कोभिड–१९ः यो साता ३१ हजार स्वाब परीक्षण गर्दा २ हजारलाई सङ्क्रमण
यो साता ३१ हजार ३ सय ५५ ओटा स्वाब परीक्षण गर्दा २ हजार १ सय ४५ जनामा कोभिडको सङ्क्रमण देखिएको छ । निको हुनेको सङ्ख्या भने २ हजार ७ सय २० छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्क अनुसार यो साता ४६ जना कोभिड सङ्क्रमितको मृत्यु भयो ।
बागमती प्रदेश
यस प्रदेशमा माघ १२ गते कोभिड–१९ सङ्क्रमणको सङ्ख्या ५८ हजार ४ सय ४६ जना महिला र ८९ हजार ८ सय ८४ जना पुरुष गरी जम्मा १ लाख ४८ हजार ३ सय ४० जना पुगेको छ । अघिल्ला हप्ता १ लाख ४६ हजार ९ सय ८९ जना कोभिड–१९ सङ्क्रमित रहेकोमा यस हप्ता १ हजार ३ सय ५१ जना मात्र सङ्क्रमित थपिएका हुन् ।
यस प्रदेशका कूल सङ्क्रमितमध्ये १ लाख ४५ हजार ४६ जना उपचारपछि निको भइसकेका छन् भने विभिन्न अस्पतालका आइसोलेशन तथा होम आइसोलेशनमा २ हजार ३ सय १० जना उपचाररत रहेका छन् । अघिल्लो हप्ता सक्रिय सङ्क्रमतिको सङ्ख्या २ हजार ६ सय ७२ जना रहेकोमा यो हप्ता ३ सय ६२ जना कम भई २ हजार ३ सय १० जनामा झरेको हो । यस प्रदेशमा माघ १२ गतेसम्म मृत्यु हुनेको सङ्ख्या भने ९ सय ८४ जना पुगेको छ । यो अघिल्लो हप्ता भन्दा ९ जनाले बढी हो । यस प्रदेशमा कोभिड–१९ बाट मृत्यु हुनेको दर ०.६६ प्रतिशत रहेको छ ।
अघिल्लो साता ३९.४ प्रतिशत महिला र ६०.६ प्रतिशत पुरुष सङ्क्रमित भएकोमा माघ १२ गते पनि सोही अनुपातमा महिला र पुरुषको सङ्क्रमित प्रतिशत रहेको छ । बागमती प्रदेशमा अघिल्लो हप्ता देशको कूल सङ्क्रमणको सङ्ख्या ५४.७२ प्रतिशत रहेकोमा माघ १२ गते आइपुग्दा पनि सोही प्रतिशत कायम रहेएको छ । यस प्रदेशमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएका मध्येमा अघिल्लो हप्ता ९७.४७ प्रतिशतको हाराहारीमा निको हुनेको सङ्ख्या रहेकोमा माघ १२ आइपुग्दा यो सङ्ख्या ९७.७८ प्रतिशत रहेको छ ।
गण्डकी प्रदेश
गण्डकी प्रदेशमा माघ ६ गतेबाट माघ १२ गतेसम्म थप २ सय ९८ जनामा कोभिड–१९ सङ्क्रमण देखिएको छ । जसमध्ये १ सय ९५ पुरूष र १ सय ३ जना महिला रहेका छन् । योसँगै प्रदेशमा कुल सङक्रमितको सङ्ख्या १७ हजार १ सय १२ रहेको छ । यो साता कोभिड–१९ को सङ्क्रमणबाट २ सय ६५ जना निको भएका छन् । योसगै प्रदेशमा निको हुनेको कूल सङ्ख्या १७ हजार ९ सय १० रहेको छ । हालसम्म प्रदेशमा कोभिड–१९ को सङ्क्रमणबाट कूल २ सय ९ जनाको मृत्यु भएको छ जसमध्ये यो साता १२ जनाको मृत्यु भएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको माघ १२ गतेको तथ्याङ्क अनुसार प्रदेशमा हाल २ सय ८४ जना सक्रिय सङ्क्रमित रहेका छन् । सक्रिय सङ्क्रमितहरूमध्ये ३४ जना संस्थागत आइसोलेशनमा बसेका छन् भने ६७ जना आइसीयू र ६ जना भेण्टिलेटरमा रहेका छन् ।
सुदूरपश्चिम प्रदेश
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सुदूरपश्चिम प्रदेशमा माघ ६ गतेदेखि माघ १२ गतेसम्म ७३ जनामा सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमित हुनेको सङ्ख्या १ सय २० पुगेको छ । माघ १२ गते मात्रै सुदूरपश्चिम प्रदेशका आठ जना पुरुषमा कोभिड सङ्क्रमण पुष्टि भएको छ । जसमध्ये बैतडी जिल्लामा एक, बझाङमा एक, डडेल्धुरामा दुई, कैलालीमा दुई र कञ्चनपुरमा दुई जनामा सङ्क्रमण पुष्टि भएको छ । यस साता सुदूरपश्चिम प्रदेशमा दुई जनाको मृत्यु भएसँगै प्रदेशमा मृत्यु हुनेको सङ्ख्या ६५ पुगेको छ । यस प्रदेशमा माघ १२ गतेसम्म ९७ जनाको सस्थागत आइसोलेशनमा र एक जनाको आइसियुमा उपचार भइरहेको छ । माघ १२ गतेसम्म प्रदेशमा १४ हजार ६ सय ८७ जना सङ्क्रमित निको भएका छन् । हालसम्म सुदूरपश्चिम प्रदेशमा १४ हजार ८ सय ७२ जनामा कोभिड पुष्टि भएको छ ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (वैशाख १० गते)
वैशाख १० गते २ हजार ४ सय ४९ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ९४ हजार ६ सय १ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ…
वडाध्यक्षद्वारा सेवाग्राहीलाई दुर्व्यवहार
भिमाद नगरपालिका–८ निवासी ४२ वर्षीय चिरञ्जीवी खनाललाई सोही वडाका वडाध्यक्ष ६१ वर्षीय बुद्धिमान श्रेष्ठले दुर्व्यवहार गरेको पीडितले आरोप लगाउनुभएको छ । पीडितलाई आरोपितले ०७८ वैशाख ९ गते वडा कार्यालय नजिकै…
समयमा नै ध्यान पुर्याउन नसके कोभिड महामारी नियन्त्रण बाहिर जानसक्नेतर्फ ध्यानाकर्षण
इन्सेक नेपालगञ्ज र पत्रकार महासङ्घ, बाँकेको समन्वयमा गरिएको छलफल कार्यक्रममा सरोकारवालाहरूले बेलैमा ध्यान नपुर्याउने हो भने कोभिड महामारीलाई नियन्त्रण गर्न नसकिने कुरा स्वास्थ्यकर्मीहरुले बताएका छन् । नेपालगञ्जमा कोभिड-१९ का कारण…
तीन महिनामा १ हजार ३ सयभन्दा बढी पीडित, महिला तथा बालिका हिंसाका घटना ७४ प्रतिशत
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले सन् २०२१ को पहिलो तीन महिनामा १ हजार ३ सय ८१ जना पीडित भएको प्रतिवेदन सार्वजनिक गरेको छ । इन्सेकले वैशाख ८ गते जारी गरेको…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बालविवाह गरेर बलात्कार गरेको आरोपमा प्रहरीले पाथीभरा याङ्वरक गाउँपालिका–३ तिरिङेका २८ वर्षीय खेमबहादुर लिम्बुलाई वैशाख ८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले २०७७ चैत ३१…