कोभिड–१९: यो साता २ हजार निको, १७ को मृत्यु
यो साता २७ हजार ३९ ओटा स्वाब परीक्षण गर्दा १ हजार ३ सय २९ जनामा कोभिडको सङ्क्रमण देखिएको छ । निको हुनेको सङ्ख्या भने २ हजार ६२ छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्क अनुसार यो साता १७ जना कोभिड सङ्क्रमितको मृत्यु भयो । यो साता १५ गते र १९ गते कोभिड सङ्क्रमितको मृत्यु भएन ।
प्रदेश १
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ०७७ माघ १३ गतेदेखि माघ १९ गतेसम्मको अवधिमा झापामा १० जना पुरूष र आठ जना महिला गरी १८ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ ।
त्यसैगरी सुनसरीमा पाँच जना पुरूष र १० जना महिला गरी १५ जना, खोटाङमा एक जना महिला, मोरङमा सात जना पुरूष र तीन जना महिला गरी १० जना, उदयपुरमा दुई जना पुरूष र एक जना महिला गरी तीन जना, धनकुटामा एक जना पुरूष, इलाममा एक जना महिला, पाँचथरमा एक जना पुरूष र दुई जना महिला, भोजपुरमा एक जना पुरूष र एक जना महिला, सङ्खुवासभामा एक जना पुरूष, ओखलढुङ्गामा तीन जना पुरूष र एक जना महिला गरी चार जना, ताप्लेजुङमा एक जना पुरूष, तेहृथुममा दुई जना पुरूष र सोलुखुम्बुमा दुई जना पुरूषमा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ ।
प्रदेश १ मा रहेका कोशी कोभिड–१९ अस्पताल, प्रदेश जनस्वास्थ्य प्रयोगशाला, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा प्रयोगशाला, मेची अस्पताल प्रयोगशाला, कोटी होम प्रयोगशाला, नोवेल अस्पताल प्रयोगशाला, विराट अस्पताल प्रयोगशाला र न्यूरो अस्पताल प्रयोगशालामा गरिएको कोभिड–१९ को परीक्षणमा प्रदेश १ मा एक साताको अवधिमा प्रदेश १ मा ६३ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
नेपाल सरकारले ०७७ माघ १४ गतेदेखि कोभिड–१९ विरूद्धको खोप अभियान चलाए पश्चात माघ १९ गतेसम्मको अवधिमा प्रदेश १ मा ६ हजार ३ सय १९ जना पुरूष र ९ हजार ४ सय २० जना महिला गरी १५ हजार ८ सय ८६ जनाले कोभिड–१९ विरूद्धको खोप लिएको प्रदेश १ सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
सो अवधिमा ताप्लेजुङमा १ सय ५ जना पुरूष र १ सय ५३ जना महिला गरी २ सय ५८ जनाले कोभिड–१९ विरूद्धको खोप लिएका छन् । सङ्खुवासभामा ३ सय १४ जना पुरूष र ३ सय २५ जना महिला गरी ४ सय ५९ जना, सोलुखुम्बुमा १ सय ४१ जना पुरूष र २ सय ४५ जना महिला गरी ३ सय ८६ जना, ओखलढुङ्गामा २ सय ६४ जना पुरूष र ३ सय ६० जना महिला गरी ६ सय २४ जना, खोटाङमा १ सय ३० जना पुरूष र ३ सय २२ जना महिला गरी ४ सय ५२ जना, भोजपुरमा ४ सय १३ जना पुरूष र ४ सय २९ जना महिला गरी ७ सय ४२ जना, धनकुटामा १ सय ८५ जना पुरूष र ३ सय ७४ जना महिला गरी ५ सय ५९ जना, तेहृथुममा १ सय १८ जना पुरूष र ३ सय २४ जना महिला गरी ४ सय ४२ जना पाँचथरमा २ सय ८ जना पुरूष र ३ सय ५९ जना महिला गरी ५ सय ६७ जना, इलाममा ३ सय ८१ जना पुरूष र ७ सय ८९ जना महिला गरी १ हजार ३ सय १७ जना, झापामा १ हजार २ सय ३३ जना पुरूष र १ हजार ६ सय ९३ जना महिला गरी २ हजार ९ सय २६ जना, मोरङमा १ हजार ७ सय ७४ जना पुरूष र १ हजार ९ सय ८३ जना महिला गरी ३ हजार ७ सय ५७ जना, सुनसरीमा १ हजार १ सय ५७ जना पुरूष र १ हजार ७ सय ९८ जना महिला गरी २ हजार ९ सय ९५ जना र उदयपुरमा १ सय ७६ जना पुरूष र २ सय ६६ जना महिला गरी ४ सय ४२ जनाले कोभिड–१९ विरूद्धको खोप लिएको प्रदेश १ सामाजिक विकास मन्त्रालय, कोभिड–१९ निगरानी तथ्याङ्क सङ्कलन तथा अनुगमन समितिले जनाएको छ ।
बागमती प्रदेश
यस प्रदेशमा माघ १९ गते कोभिड–१९ सङ्क्रमणको सङ्ख्या ५८ हजार ७ सय ९५ जना महिला र ९० हजार ४ सय ३२ जना पुरुष गरी जम्मा १ लाख ४९ हजार २ सय २७ जना पुगेको छ । अघिल्लो हप्ता १ लाख ४८ हजार ३ सय ४० जना कोभिड–१९ सङ्क्रमित रहेकोमा यस हप्ता ८ सय ५१ जना मात्र सङ्क्रमित थपिएका हुन् ।
यस प्रदेशका कूल सङ्क्रमितमध्ये १ लाख ४६ हजार ४ सय २८ जना उपचारपछि निको भइसकेका छन् भने विभिन्न अस्पतालका आइसोलेशन तथा होम आइसोलेशनमा १ हजार ८ सय ३ जना उपचाररत रहेका छन् । अघिल्लो हप्ता सक्रिय सङ्क्रमतिको सङ्ख्या २ हजार ३ सय १० जना रहेकोमा यो हप्ता ५ सय ७ जना कम भई १ हजार ८ सय ३ जनामा झरेको हो ।
यस प्रदेशमा माघ १२ गतेसम्म मृत्यु हुनेको सङ्ख्या भने ९ सय ९६ जना पुगेको छ । यो अघिल्लो हप्ता भन्दा १२ जनाले बढी हो । यस प्रदेशमा कोभिड–१९ बाट मृत्यु हुनेको दर ०.६७ प्रतिशत रहेको छ ।
अघिल्लो साता ३९.४ प्रतिशत महिला र ६०.६ प्रतिशत पुरुष सङ्क्रमित भएकोमा माघ १९ गते पनि सोही अनुपातमा महिला र पुरुषको सङ्क्रमित प्रतिशत रहेको छ ।
बागमती प्रदेशमा अघिल्लो हप्ता देशको कूल सङ्क्रमणको सङ्ख्या ५४.७२ प्रतिशत रहेकोमा माघ १९ गते आइपुग्दा पनि सोही प्रतिशत कायम रहेएको छ ।
यस प्रदेशमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएका मध्येमा अघिल्लो हप्ता ९७.७८ प्रतिशतको हाराहारीमा निको हुनेको सङ्ख्या रहेकोमा माघ १९ आइपुग्दा यो सङ्ख्या ९८.१२ प्रतिशत रहेको छ ।
कोभिड–१९ भाइरसविरुद्धको पहिलो चरणको खोप अभियान माघ १४ गतेबाट बागमती प्रदेशमा पनि सुरु भएको छ । पहिलो चरणमा स्वास्थ्यकर्मी, सफाइकर्मी, एम्बुलेन्स चालक, शव व्यवस्थापनमा संलग्न व्यक्तिहरू, फ्रन्टलाइनमा संलग्न सुरक्षाकर्मी लगायतलाई खोप लगाउने कार्यक्रम अन्तर्गत खोप लगाउन सुरु भएको हो ।
पहिलो चरणको खोप अभियानमा ७० हजार २४ जनालाई खोप लगाउने बागमती प्रदेश सरकारको लक्ष रहेकोमा अभियान सुरु भएको ६ दिनमा बागमती प्रदेशमा ४१ हजार २१ जनाले खोप लगाइसकेका छन् । यो कूल लक्षको ५८.५८ प्रतिशत रहेको छ ।
गण्डकी प्रदेश
गण्डकी प्रदेशमा माघ १३ गतेबाट माघ १९ गतेसम्म थप २ सय १५ जनामा कोभिड–१९ सङ्क्रमण देखिएको छ । जसमध्ये १ सय ४५ पुरूष र ७० जना महिला रहेका छन् । योसँगै प्रदेशमा कुल सङक्रमितको सङ्ख्या १७ हजार ३ सय २७ रहेको छ ।
यो साता कोभिड–१९ को सङ्क्रमणबाट २ सय ५९ जना निको भएका छन् । योसगै प्रदेशमा निको हुनेको कूल सङ्ख्या १८ हजार १ सय ६९ रहेको छ ।
हालसम्म प्रदेशमा कोभिड–१९ को सङ्क्रमणबाट कूल २ सय ९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको माघ १९ गतेको तथ्याङ्क अनुसार प्रदेशमा हाल २ सय ३७ जना सक्रिय सङ्क्रमित रहेका छन् ।
सक्रिय सङ्क्रमितहरूमध्ये ३० जना संस्थागत आइसोलेशनमा बसेका छन् भने ६७ जना आइसीयू र सात जना भेण्टिलेटरमा रहेका छन् ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डाक्टर विनोद विन्दु शर्माका अनुसार माघ १४ गतेबाट प्रदेश भरी सुचारु गरिएको कोरोनाविरुद्ध पहिलो चरणको खोप अभियानमा हालसम्म १३ हजार ९ सय ९४ जनाले खोप लगाइसकेको छन् ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी दर्ता
सुस्त मनस्थितिकी १७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा तिलाठी कोइलाडी गाउँपालिका–५ कोइलाडी बर्साइनका ४६ वर्षीय बंकर भनिने मौधकर खंगविरुद्ध प्रहरीले चैत १७ गते उजुरी दर्ता गरेको छ । पीडितका बुबाले…
बलात्कार घटनाको कसुरमा सात वर्ष कैद
१९ वर्षीया युवतीलाई बलात्कार गरेको कसुरमा हनुमाननगर कंकालिनी नगरपालिका–१ कोशी ब्यारेजका २३ वर्षीय अनीष कुमार मण्डललाई चैत १५ गते ७ वर्ष कैद सजाय भएको छ । जिल्ला न्यायाधीश लालकाजी श्रेष्ठको…
नेपाल मानव अधिकार वर्ष पुस्तक परिमार्जनसहित इतिहासको निरन्तरता विषयक कार्यशाला सम्पन्न
इन्सेकले सन् १९९२ देखि हरेक वर्ष प्रकाशन गर्दै आएको नेपाल मानव अधिकार वर्ष पुस्तकको आगामी वर्षदेखि केही परिमार्जित ढाँचामा ल्याउने उद्देश्यले काभ्रेको धुलिखेलमा आयोजित दुई दिने कार्यशाला सम्पन्न भएको छ…
बलात्कार गरेको कसुरमा कैद सजायको फैसला
नौ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले आठराई त्रिवेणी गाउँपालिका– १ का १०, ११ र १२ वर्षीय बालकलाई चैत १६ गते कैद सजायको फैसला सुनाएको छ । जिल्ला अदालतका…
सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक पीडितमैत्री बनाउन माग गर्दै धर्ना
द्वन्द्वपीडित समाजले चैत १७ गते पोखरामा सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक पीडितमैत्री बनाउन माग गर्दै धर्ना विरोध प्रदर्शन गरेका छन् । संक्रमणकालीन न्याय सम्बन्धि वेपत्ता पारिएका व्यक्तिहरूको छानविन, सत्य निरूपण तथा मेलमिलाप…