कोभिड–१९: यो साता २२ हजारको परीक्षण गर्दा ७ सय ४६ जनामा सङ्क्रमण
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार यो एक साताको अवधिमा २२ हजार २ सय ७६ ओटा स्वाब परीक्षण गर्दा ५ सय ४६ जनामा कोभिड–१९ को सङ्क्रमण देखिएको छ । एक सातामा ६ सय १९ जना सङ्क्रमित निको भए भने पाँच जनाको मृत्यु भएको पनि मन्त्रालयले जनायो ।
बागमती प्रदेश
यस प्रदेशमा चैत ९ गते कोभिड–१९ सङ्क्रमितको सङ्ख्या जम्मा १ लाख ५२ हजार १ सय ७८ जना पुगेको छ । अघिल्लो साता १ लाख ५१ हजार ७ सय ६५ जना कोभिड–१९ का सङ्क्रमित रहेकोमा यो साता ४ सय १३ जना सङ्क्रमित थपिएका छन् । यो साता अघिल्लो साताभन्दा ९१ जना कोभिड–१९ का सङ्क्रमित थप भएका हुन् ।
यस प्रदेशका कूल सङ्क्रमितमध्ये १ लाख ५० हजार ८ सय ३० जना निको भइसकेका छन् भने विभिन्न अस्पतालका आइसोलेशन तथा होम आइसोलेशनमा ३ सय ३२ जना उपचाररत छन् । अघिल्लो साता सक्रिय सङ्क्रमतिको सङ्ख्या ३ सय ५५ जना रहेकोमा यो साता २३ जना कम भई ३ सय ३२ जनामा झरेको हो ।
चैत ९ गतेसम्म मृत्यु हुनेको सङ्ख्या १ हजार १६ जना पुगेको छ । यो सङ्ख्या अघिल्लो साता भन्दा दुई जनाले मात्रै बढी हो । यस प्रदेशमा कोभिड–१९ बाट मृत्यु हुनेको दर ०.६७ प्रतिशत रहेको छ । अघिल्लो साता ३९.४० प्रतिशत महिला र ६०.६० प्रतिशत पुरुष सङ्क्रमित भएकोमा चैत ९ गते ३९.६० प्रतिशत महिला र ६०.४० प्रतिशत पुरुष सङ्क्रमित रहेका छन् ।
बागमती प्रदेशमा अघिल्लो साता देशको कूल सङ्क्रमणको सङ्ख्या ५४.७० प्रतिशत रहेकोमा चैत ९ गते आइपुग्दा ५५.१० प्रतिशत प्रतिशत पुगेको छ । यस प्रदेशमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएका मध्येमा अघिल्लो हप्ता ९९.१० प्रतिशतको हाराहारीमा निको हुनेको सङ्ख्या रहेकोमा चौत ९ गते आइपुग्दा यो सङ्ख्या ९९.११ प्रतिशत पुगेको छ । कोभिड १९ को विरुद्ध पहिलो र दोस्रो चरणको खोप कार्यक्रममा लक्षको ६४ प्रतिशत मात्र पुरा भएको बागमती प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
गण्डकी प्रदेश
गण्डकी प्रदेशमा चैत ३ गतेबाट चैत ९ गतेसम्म थप १ सय ४४ जनामा कोभिड–१९ सङ्क्रमण देखिएको छ । जसमध्ये १ सय ५ जना पुरुष र ३९ जना महिला रहेका छन् । योसँगै प्रदेशमा कुल सङ्क्रमितको सङ्ख्या १८ हजार ३ सय ४ पुगेको छ ।
लुम्बिनी प्रदेश
लुम्बिनी प्रदेशमा यो साता महिला ३५ जना र पुरुष ३८ जना गरी ७३ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । यो साता सबैभन्दा बढी रुपन्देही जिल्लामा २३ जनामा सङ्क्रमण पुष्टि भएको छ । गत साता सङ्क्रमित हुनेको सङ्ख्या ७४ रहेको थियो । प्रदेश समाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालय बुटवलका अनुसार हालसम्म प्रदेशमा उपचारका लागि बाहिरबाट आएकासमेत गरी ४ सय ६ जनाको मृत्यु भएको छ । जसमध्ये रोल्पा, रुपन्देही र गुल्मीमा गरी तीन जनाले आत्महत्या गरेका थिए । भारतका महाराष्ट्र, मध्यप्रदेश र गुजरातमा कोभिडको सङक्रमण बढ्न थालेपछि चैत ४ गतेदेखि रात्रीकालिन कफ्र्यु जारी भइसकेको अवस्थामा भारतसँग सिमा जोडिएका नाकाहरूबाट नेपाल भित्रिने क्रम जारी भएको छ भने कोभिडको प्रकोप समेत बढ्नसक्ने जोखिम रहेको छ । सिमा नाकामा स्वास्थ्य कक्ष राखिएपनि चेक जाँच र क्वारेण्टाइनमा राख्ने कुनै जमर्को सरकारले नगरेको पाइएको छ ।
कर्णाली प्रदेश
कर्णाली प्रदेशमा पछिल्लो एक सातामा चार जना कोभिड–१९ बाट सङ्क्रमित भएका छन् । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार हालसम्म प्रदेशमा ७ हजार ५ सय ७७ जनालाई कोभिड–१९ पुष्टि भएको छ । जसमध्ये ७ हजार ३ सय ९७ जना निको भएका छन् भने ३१ जनाको मृत्यु भएको छ । हाल आइसोलेशनमा रहनेको सङ्ख्या ६ रहेको छ ।
सुदूरपश्चिम प्रदेश
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सुदूरपश्चिम प्रदेशमा चैत ३ गतेदेखि चैत ९ गतेसम्म दुई जना महिला सहित सात जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । यो साता अछाममा एक पुरुष र एक महिला, बैतडीमा एक महिला, बझाङमा एक पुरुष, कैलालीमा दुई पुरुष र कञ्चनपुरमा एक जना पुरुषमा सङ्क्रमण पुष्टि भएको हो । चैत ९ गते सुदूरपश्चिम प्रदेशका नौ जिल्लामध्ये कञ्चनपुर जिल्लामा मात्रै एक जना पुरुषमा कोभिड सङ्क्रमण पुष्टि भएको छ । यस सुदूरपश्चिम प्रदेशमा मृत्यु हुनेको सङ्ख्या ६७ जना पुगेको भएपनि यो साता कोभिडका कारण कसैको मृत्यु भएको छैन । हालसम्म सुदूरपश्चिम प्रदेशमा ३ हजार ९ सय २५ जना महिला र ११ हजार १ सय पुरुष गरी १५ हजार २५ जनामा कोभिड पुष्टि भएको छ । नेपाल सरकारले सञ्चालन गरेको पहिलो र दोस्रो चरणको कोभिड १९ विरुद्धको खोप अभियानमा सुदूरपश्चिम प्रदेशका १ लाख ४९ हजार ५ सय ७९ जनाले खोप लगाएका छन् ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
५४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा रोशी गाउँपालिका–५ सिसाखानीका ६२ वर्षीय टेकबहादुर लामालाई प्रहरीले चैत ३० गते घरबाट गिरफ्तार गरेको छ । पीडित महिलालाई चैत २६ गते बलात्कार गरेको भन्दै…
बलात्कार घटनाका आरोपित गिरफ्तार
५९ वर्षीया अशक्त महिलालाई बलात्कार गरेको आरोपमा दोरम्बा गाउँपालिकाका–७ का ५६ वर्षीय अङ्गे तामाङलाई प्रहरीले चैत २८ घरबाटै गिरफ्तार गरेको छ । सुस्त मनस्थितिकी अशक्त महिलालाई चैत ३ गते घरमा…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (चैत ३० गते)
चैत ३० गते ४ सय ९६ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ८० हजार ५ सय २४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत…
बेचबिखन तथा ओसारपसार घटनाका कसुरदार गिरफ्तार
१५ वर्षीया बालिकालाई भारतको दिल्लीमा लगेर बेचबिखन गरेको कसुरमा प्रहरीले पुर्नवास नगरपालिका–६ का ५१ वर्षीय मानबहादुर थापा र उहाँको ४८ वर्षीया पत्नी सुकमाया तामाङलाई २५ वर्षपछि चैत २९ गते गिरफ्तार…
हिंसा पीडित महिलालाई इन्सेकको सहयोग
छोरा नपाएको निहुँमा पतिले दैनिक जसो कुटपिट गरेर पीडित बनेकी महिलालाई इन्सेकद्वारा सहयोग गरिएको छ । सल्यान जिल्ला शारदा नगरपालिका–१४ मालनेटा घर भई हाल पर्वतको कुश्मामा ज्याला मजदुरी गरेर दुई…