कोभिड–१९ः यो साता सात जना सङ्क्रमितको मृत्यु, ७ सय ८५ जनामा कोभिड–१९ पुष्टि
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार यो एक साताको अवधिमा सात जना कोभिड–१९ का सङ्क्रमितको मृत्यु भयो । एक सातामा २३ हजार ८ सय ४१ ओटा स्वाब परीक्षण गरेकामा ७ सय ८५ जनामा सङ्क्रमण पुष्टि भयो । यो अवधिमा ९ सय ३८ जना सङ्क्रमित कोभिड मुक्त भए ।
प्रदेश १
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ०७७ माघ २७ गतेदेखि फागुन ३ गतेसम्मको अवधिमा झापामा तीन जना पुरूष एक जना महिला गरी चार जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । त्यसैगरी सुनसरीमा दुई जना पुरूष र सात जना महिला गरी नौ जना, खोटाङमा एक जना महिला, मोरङमा दुई जना पुरूष र चार जना महिला गरी ६ जना, धनकुटामा एक जना महिला, ओखलढुङ्गामा एक जना पुरूष, इलाममा दुई जना पुरूष, सङ्खुवासभामा एक जना पुरूष र उदयपुरमा एक जना पुरूष र एक जना महिला गरी २७ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । प्रदेश १ मा रहेका कोशी कोभिड–१९ अस्पताल, प्रदेश जनस्वास्थ्य प्रयोगशाला, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा प्रयोगशाला, मेची अस्पताल प्रयोगशाला, कोटीहोम प्रयोगशाला, नोवेल अस्पताल प्रयोगशाला, विराट अस्पताल प्रयोगशाला र न्यूरो अस्पताल प्रयोगशालामा गरिएको कोभिड–१९ को परीक्षणमा प्रदेश १ मा एक साताको अवधिमा प्रदेश १ मा २७ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । भोजपुर,सोलुखुम्बु, ताप्लेजुङ, पाँचथर र तेहृथुममा यो साता कोभिड–१९ सङ्क्रमित फेला नपरेको मन्त्रालयले जनाएको छ ।
गण्डकी प्रदेश
गण्डकी प्रदेशमा माघ २७ गतेबाट फागुन ३ गतेसम्म थप १ सय ७९ जनामा कोभिड–१९ सङ्क्रमण देखिएको छ । जसमध्ये १ सय १० पुरूष र ६९ जना महिला रहेका छन् । यो सगै प्रदेशमा कुल सङक्रमितको सङ्ख्या १७ हजार ६ सय ८१ रहेको छ । यो साता कोभिड–१९ को सङ्क्रमणबाट १ सय ७७ जना निको भएका छन् । योसगै प्रदेशमा निको हुनेको कूल सङ्ख्या १८ हजार ५ सय ८१ रहेको छ । हालसम्म प्रदेशमा कोभिड–१९ को सङ्क्रमणबाट कूल २ सय १३ जनाको मृत्यु भएको छ । जसमध्ये यो साता एक जनाको मृत्यु भएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको फागुन ३ गतेको तथ्याङ्क अनुसार प्रदेशमा हाल १ सय ७५ जना सक्रिय सङ्क्रमित रहेका छन् । सक्रिय सङ्क्रमितहरूमध्ये नौ जना संस्थागत आइसोलेशनमा बसेका छन् भने पाँच जना आइसीयू र दुई जना भेण्टिलेटरमा रहेका छन् ।
लुम्बिनी प्रदेश
यस साता लुम्बिनी प्रदेशमा ३६ जना पुरुष र १९ जना महिला गरी जम्मा ५५ जनामा कोभिड सङ्क्रमण पुुष्टि भयो । यस साता उच्च सङ्क्रमण हुने जिल्ला दाङमा ११ जनामा सङ्क्रमित भए । महिला भन्दा पुरुषमा बढी सङ्क्रमण भएको स्वास्थ्य मन्त्रालयको तथ्याङ्कले देखाएको छ । पछिल्लो २४ घण्टामा तीन जना पुरुष र एक जना महिला गरी चार जनामा कोभिड सङ्क्रमण पुष्टि भएको छ । प्रदेशमा १ सय १ जना संस्थागत आइसोलेशनमा, २२ जना आइसियुमा र चार जनाको भेण्टिलेटरमा उपचार भइरहेको छ । प्रदेशमा हालसम्म ३० हजार ४ सय १ जना निको भएका छन् । भने १ सय ७५ जना सक्रिय सङ्क्रमित छन् । स्वास्थ्य मन्त्रालयको तथ्याङ्क अनुसार हालसम्म मृत्यु हुनेको सङ्ख्या २ सय ९२ रहेको छ ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार १६ गते)
असार १६ गते ३६ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार ६ सय ९४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा मकवानपुरको कैलाश गाउँपालिका–१० घर भई हाल कीर्तिपुर नगरपालिका कीर्तिपुर नगरपालिका–५ पागांलाछी बस्दै आएका २० वर्षीय साजन प्रजालाई प्रहरीले असार १५ गते राती गिरफ्तार गरेको…
जलाउँदै गरेको शव प्रहरीद्वारा नियन्त्रण, घटनाको अनुसन्धान सुरु
बहुदरमाई नगरपालिका–७, बिश्रामपुर टोलकी १५ वर्षीया महिमाकुमारी साह कलवारलाई आफ्नै परिवारका सदस्यले कुटपिट गरेका कारण मृत्यु भएको आरोपमा प्रहरीले बहुदरमाई नगरपालिका–७, छपकैयाबाट जलाइरहेको शव असार १५ गते राति नियन्त्रणमा लिएको…
बलात्कार घटनाका आरोपित गिरफ्तार
३० वर्षीया अपाङ्गता भएकी महिलालाई बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय बागलुङले बागलुङ नगरपालिका–७ का ३२ वर्षीय नवराज गौतमलाई असार १५ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले जेठ…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कटारी नगरपालिका —६ का २० वर्षीय राजकुमार रम्तेललाई असार १३ गते गिरफ्तार गरेको छ । अर्का आरोपित कटारी नगरपालिका—६ का २२ वर्षीय देवराज…