कोभिड–१९ः यो साता दैनिक ८ सय सङ्क्रमित थप, १ हजार १ सय निको
यो साता कोभिड परीक्षण दैनिक ८ सय १६ जना कोभिड सङ्क्रमित थपिएका छन् भने १ हजार १ सय १३ जना निको भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा जारी तथ्याङ्क अनुसार एक साताको अवधिमा ४२ हजार ५ सय ४७ ओटा स्वाब परीक्षण गरिएकामा ५ हजार ७ सय ९५ जनामा कोभिड पुष्टि भएको छ । यो एक सातामा ८८ जना कोभिड सङ्क्रमितको मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ ।
प्रदेश १
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार मङ्सिर ३० गतेदेखि पुस ६ गतेसम्मको अवधिमा झापामा ४५ जना पुरूष र ४३ जना महिला गरी ८८ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । त्यसैगरी सुनसरीमा ५५ जना पुरूष र ५२ जना महिला गरी एक सय सात जना, खोटाङमा एक जना पुरूष र एक जना महिला गरी दुुई जना, मोरङमा ९१ जना पुरूष र ८० जना महिला गरी १ सय ७१ जना, उदयपुरमा नौ जना पुरूष र दुई जना महिला गरी ११ जना, धनकुटामा एक जना पुरूष र एक जना महिला गरी दुई जना, इलाममा आठ जना पुरूष र १० जना महिला गरी १८ जना, पाँचथरमा चार जना पुरूष र एक जना महिला गरी पाँच जना, ओखलढुङ्गामा ६ जना पुरूष र एक जना महिला गरी सात जना, भोजपुरमा तीन जना पुरूष, सङ्खुवासभामा आठ जना पुरूष र तीन जना महिला गरी ११ जना, ताप्लेजुङमा १७ जना पुरूष र एक जना महिला गरी १८ जना, सोलुखुम्बुमा दुई जना पुरूष र एक जना महिला गरी तीन जना र तेहृथुममा दुई जना पुरूष र दुई जना महिला गरी चार जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । प्रदेश १ मा रहेका कोशी कोभिड–१९ अस्पताल, प्रदेश जनस्वास्थ्य प्रयोगशाला, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा प्रयोगशाला, मेची अस्पताल प्रयोगशाला, कोटीहोम प्रयोगशाला, नोवेल अस्पताल प्रयोगशाला, विराट अस्पताल प्रयोगशाला र न्यूरो अस्पताल प्रयोगशालामा गरिएको कोभिड–१९ को परीक्षणमा प्रदेश १ मा एक साताको अवधिमा प्रदेश १ मा ९ सय ४४ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
प्रदेश २
एक सातामा प्रदेश २ मा कोभिड सङ्क्रमित ९५ जना थपिएका छन् । अघिल्लो साता ३ सय १५ जना थपिएका थपिएका थिए । मङ्सिर ३० गते २० हजार ४ सय ९३ सङ्क्रमित रहेकामा पुस ६ गते आइपुग्दा यो सङ्ख्या बढेर २० हजार ५ सय ८८ पुगेको छ । एक सातामा थप तीन जना कोभिड सङ्क्रमितको मृत्यु भएपछि प्रदेशमा मृत्यु हुनेको सङ्ख्या २ सय १० पुगेको छ । यो साता सक्रिय सङ्क्रमितको सङ्ख्या ५२ जना मात्रै रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
बागमती प्रदेश
यस प्रदेशमा पुस ६ गते कोभिड–१९ सङ्क्रमणको सङ्ख्या महिला ५४ हजार ८ सय ६१ जना र पुरुष ८४ हजार ३ सय ८० जना गरी जम्मा १ लाख ३९ हजार २ सय ४१ जना पुगेको छ । अघिल्लो साता १ लाख ३६ हजार ९ सय ६५ जना कोभिड–१९ सङ्क्रमित रहेकोमा यो साता २ हजार २ सय ७६ जना मात्र सङ्क्रमित थपिएका हुन् । यस प्रदेशका कूल सङ्क्रमितमध्ये १ लाख ३३ हजार ४ सय ९४ जना उपचारपछि निको भइसकेका छन् भने विभिन्न अस्पतालका आइसोलेशन तथा होम आइसोलेशनमा ४ हजार ८ सय ५८ जना उपचाररत रहेका छन् । अघिल्लो साता सक्रिय सङ्क्रमतिको सङ्ख्या ६ हजार ४९ जना रहेकोमा यो हप्ता १ हजार १ सय ९१ जना कम भई ४ हजार ८ सय ५८ जनामा झरेको हो । पुस ६ गतेसम्म मृत्यु हुनेको सङ्ख्या भने ८ सय ८९ जना पुगेको छ । यो अघिल्लो साताभन्दा १५ जनाले बढी हो । यो प्रदेशमा कोभिड–१९ बाट मृत्यु हुनेको दर ०.६३ प्रतिशत रहेको छ । अघिल्लो साता ३९.४ प्रतिशत महिला र ६०.६ प्रतिशत पुरुष सङ्क्रमित भएकोमा पुस ६ गते पनि सोही अनुपातमा महिला र पुरुषको सङ्क्रमित प्रतिशत रहेको छ । बागमती प्रदेशमा अघिल्लो हप्ता देशको कूल सङ्क्रमणको सङ्ख्या ५४.७४ प्रतिशत रहेकोमा पुस ६ गते आइपुग्दा केही कम भई ५४.७० प्रतिशत भएको छ ।
गण्डकी प्रदेश
गण्डकी प्रदेशमा मङ्सिर ३० गतेबाट पुस ६ गतेसम्म थप ६ सय ६२ जनामा कोभिड–१९ सङ्क्रमण देखिएको छ । जसमध्ये ३ सय ७७ जना पुरुष र २ सय २९ जना महिला रहेका छन् । योसँगै प्रदेशमा कुल सङ्क्रमितको सङख्या १५ हजार ४ सय ३० रहेको छ । यो साता कोभिड–१९ को सङ्क्रमणबाट ९ सय ६९ जना निको भएका छन् । योसँगै प्रदेशमा निको हुनेको सङ्ख्या १५ हजार ६ सय ६१ रहेको छ । हालसम्म प्रदेशमा कोभिड–१९ को सङ्क्रमणबाट १ सय ७७ जनाको मृत्यु भएको छ जसमध्ये यो साता ४५ जनाको मृत्यु भएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको पुस ६ गतेको तथ्याङ्क अनुसार प्रदेशमा हाल ८ सय ५३ जना सक्रिय सङ्क्रमित रहेका छन् । सक्रिय सङ्क्रमितमध्ये ६ सय ५७ जना होम आइसोलेशनमा छन् भने ८१ जना आइसियू र १० जना भेण्टिलेटरमा रहेका छन् ।
सुदूरपश्चिम प्रदेश
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सुदूरपश्चिम प्रदेशमा मङ्सिर ३० गतेदेखि पुस ६ गतेसम्म २ सय ८२ जनामा कोभिड सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमित हुनेको सङ्ख्या ८ सय पुगेको छ । पुस ६ गते मात्रै सुदूरपश्चिम प्रदेशमा ४५ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको छ । जसमध्ये अछाम जिल्लामा २२ जना, कञ्चनपुरमा एक जना, कैलालीमा १० जना, डडेल्धुरामा तीन जना, डोटीमा चार जना, दार्चुलामा एक जना र बझाङमा चार जना सङ्क्रमित थपिएका छन् । यो साता सुदूरपश्चिम प्रदेशमा चार जना सङ्क्रमितको मृत्यु भएसँगै प्रदेशमा मृत्यु हुनेको सङ्ख्या ५४ जना पुगेको छ । पुस ६ गतेसम्म यो प्रदेशका १२ हजार ९ सय १८ जना सङ्क्रमित निको भएका छन् । हालसम्म सुदूरपश्चिम प्रदेशका १३ हजार ७ सय ७२ जनामा कोभिड पुष्टि भएको छ ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
गाउँपालिकाले समयमै सामाजिक सुरक्षा भत्ता नदिएको ज्येष्ठ नागरिकको गुनासो
सिमकोट गाउँपालिकाबाट समयमै सामाजिक सुरक्षा भत्ता नपाएको ज्येष्ठ नागरिकहरूले गुनासो गरेका छन् । ०७८ साउनदेखि सिमकोट गाउँपालिकाले समयमै ज्येष्ठ नागरिकहरूको सामाजिक सुरक्षा भत्ता आफुहरूलाई वितरण नगरेको सिमकोट गाउँपालिका–३ का ७८…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार १८ गते)
असार १८ गते ३३ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार ७ सय ६२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १…
पत्नी कुटपिट घटनाका आरोपित गिरफ्तार
भानु नगरपालिका–१ नयाँबस्तीकी ३२ वर्षीया चिजा गुरुङलाई कुटपिट गरेको आरोपमा प्रहरीले २५ वर्षीय विक्रम गन्धर्वलाई असार १८ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले असार १७ गते साँझ कुटपिट…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
पाँच वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले केपिलासगढी गाउँपालिका—४ वाक्सीलाका ६१ वर्षीय लाल थापा मागरलाई असार १६ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असार १३ गते यौन…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार १७ गते)
असार १७ गते ३५ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार ७ सय २९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १…