कोभिड–१९ः यो साता दैनिक ५ सय भन्दा कम सङ्क्रमित थप
यो साता कोभिड परीक्षण दैनिक ४ सय ८८ जना कोभिड सङ्क्रमित थपिएका छन् भने ६ सय ४३ जना निको भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा जारी तथ्याङ्क अनुसार एक साताको अवधिमा ३७ हजार ७ सय ७१ ओटा स्वाब परीक्षण गरिएकामा ३ हजार ४ सय २२ जनामा कोभिड पुष्टि भएको छ । यो एक सातामा ५३ जना कोभिड सङ्क्रमितको मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ ।
प्रदेश १
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पुस १४ गतेदेखि पुस २० गतेसम्मको अवधिमा झापामा २८ जना पुरूष र १६ जना महिला गरी ४४ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । त्यसैगरी सुनसरीमा ३१ जना पुरूष र १७ जना महिला गरी ४८ जना , खोटाङमा तीन जना पुरूष, मोरङमा ४९ जना पुरूष र ३६ जना महिला गरी ८५ जना, उदयपुरमा एक जना पुरूष र एक जना महिला गरी दुई जना, धनकुटामा एक जना महिला, इलाममा दुई जना पुरूष र एक जना महिला गरी तीन जना, पाँचथरमा एक जना पुरूष र एक जना महिला गरी दुई जना, ओखलढुङ्गामा तीन जना पुरूष र एक जना महिला गरी चार जना, भोजपुरमा दुई जना पुरूष र एक जना महिला गरी तीन जना, ताप्लेजुङमा एक जना महिला र सोलुखुम्बुमा एक जना पुरूषमा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । प्रदेश १ मा रहेका कोशी कोभिड–१९ अस्पताल, प्रदेश जनस्वास्थ्य प्रयोगशाला, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा प्रयोगशाला, मेची अस्पताल प्रयोगशाला, कोटीहोम प्रयोगशाला, नोवेल अस्पताल प्रयोगशाला, विराट अस्पताल प्रयोगशाला र न्यूरो अस्पताल प्रयोगशालामा गरिएको कोभिड–१९ को परीक्षणमा प्रदेश १ मा एक साताको अवधिमा प्रदेश १ मा १ सय ९७ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यो साता तेहृथुम र सङ््खुवासभामा कोभिड–१९ को सङ्क्रमण नदेखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
लुम्बिनी प्रदेश
यस साता लुम्बिनी प्रदेशमा ३ सय ४० जना पुरुष र १ सय ७७ जना महिला गरी जम्म ५ सय १७ जनामा कोभिड सङ्क्रमण पुुष्टि भयो । यो साता उच्च सङ्क्रमण हुने जिल्लामा रुपन्देही १ सय ४० जनामा सङ्क्रमित भए । सबै भन्दा कम रुकुम पुर्वमा तीन जनामा मात्र सङ्क्रमण देखियो । यस साता अघिल्लो साता भन्दा सङ्क्रमित संख्या ३६ले घटेको छ । महिला भन्दा पुरुषमा बढी सङ्क्रमण भएको स्वास्थ्य मन्त्रालयको तथ्याङ्कले देखाएको छ । यस सातासम्म ५ सय ५७ जना होम आइसोलेशन, ५४ जना आइसियु र आठ जना भेन्टिलेटरमा रहेका छन् । हालसम्म मृत्यु हुनेको सङ्ख्या २ सय ३६ रहेको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या ८ सय २७ रहेको छ भने २८ हजार १ सय ९४ जना निको भएका छन् ।
सुदूरपश्चिम प्रदेश
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सुदूरपश्चिम प्रदेशमा पुस १४ गतेदेखि पुस २० गतेसम्म २ सय ९९ जनामा सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमित हुनेको सङ्ख्या ५ सय ८२ पुगेको छ । पुस २० गते मात्रै सुदूरपश्चिम प्रदेशका ३८ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको छ । जसमध्ये बझाङ जिल्लामा एक जना, डडेल्धुरामा दुई जना, दार्चुलामा एक जना, डोटीमा दुई जना, कैलालीमा ३० जना र कञ्चनपुरमा दुई जना सङ्क्रमित थपिएका छन् । यो साता सुदूरपश्चिम प्रदेशमा चार जना सङ्क्रमितको मृत्यु भएसँगै प्रदेशमा मृत्यु हुनेको सङ्ख्या ६२ जना पुगेको छ । यस प्रदेशमा पुस २० गतेसम्म २ सय ६४ जनाको होम आइसोलेशनमा, सात जनाको आइसियूमा र एक जनाको भेण्टिलेटरमा उपचार भइरहेको छ । पुस २० गतेसम्म प्रदेशमा १३ हजार ९ सय २५ जना सङ्क्रमित निको भएका छन् । हालसम्म सुदूरपश्चिम प्रदेशमा १४ हजार ५ सय ६९ जनामा कोभिड पुष्टि भएको छ ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (माघ ४ गते)
माघ ४ गते २ सय ६६ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ६७ हजार ३ सय २२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा धनगढीमाई नपा–१३ का १८ वर्षीय प्रभुप्रसाद यादवलाई इलाका प्रहरी कार्यालय लहानले माघ ३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले माघ २ गते…
मानव बेचबिखन प्रयास घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई जोगबनी नाका हुँदै भारत पुर्याएर बेचबिखन प्रयास गरेको आरोप प्रहरीले सुनसरी, धरान उपमहानगरपालिका–१७ का ३२ वर्षीय आशिष सुनुवारलाई पुस २९ गते विराटनगरबाट गिरफ्तार गरेको छ । पीडित…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (माघ ३ गते)
माघ ३ गते २ सय ४० जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ६७ हजार ५६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा…
घरेलु हिंसा पीडित महिलाद्वारा प्रहरीमा उजुरी
कालिका गाउँपालिका–२ की ४७ वर्षीया एकल महिला सीताकुमारी नगरकोटीले आफूलाई कुटपिट गरेको आरोपमा कान्छा ससुरा ७१ वर्षीय मङ्गलदाश श्रेष्ठ र कान्छी सासू ६५ वर्षीया विष्णुमाया श्रेष्ठविरुद्ध माघ ३ इलाका प्रहरी…