कोभिड–१९ः यो साता ३ हजार सङ्क्रमित थप
यो साता कोभिड परीक्षण दैनिक ४ सय ३० जना कोभिड सङ्क्रमित थपिएका छन् भने ५ सय ५४ जना निको भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा जारी तथ्याङ्क अनुसार एक साताको अवधिमा ३५ हजार ५ सय ३९ ओटा स्वाब परीक्षण गरिएको छ । औसतमा दैनिक ५ हजार ७७ ओटा स्वाब परीक्ष्ण गरेको मन्त्रालयले जारी गरेको तथ्याङ्कमा छ । गत साता ३७ हजार ७ सय ७१ ओटा स्वाब परीक्षण गरिएको थियो । यो साता ३ हजार ६ जनामा कोभिड सङ्क्रमण देखिएको छ । गत साता ३ हजार ४ सय २२ जनामा कोभिड पुष्टि भएको थियो । यो एक सातामा ४२ जना कोभिड सङ्क्रमितको मृत्यु भएको तथ्याङ्कमा उल्लेख छ । गत साता ५३ जना कोभिड सङ्क्रमितको मृत्यु भएको थियो ।
प्रदेश १
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पुस २१ गतेदेखि पुस २७ गतेसम्मको अवधिमा झापामा २३ जना पुरूष र १२ जना महिला गरी ३५ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । त्यसैगरी सुनसरीमा ३६ जना पुरूष र २१ जना महिला गरी ५७ जना, खोटाङमा एक जना पुरूष र एक जना महिला गरी दुई जना, मोरङमा ६२ जना पुरूष र ३२ जना महिला गरी ९४ जना, उदयपुरमा ११ जना पुरूष र तीन जना महिला गरी १४ जना, धनकुटामा एक जना पुरूष र तीन जना महिला गरी चार जना, इलाममा आठ जना पुरूष, पाँचथरमा चार जना पुरूष, भोजपुरमा दुई जना पुरूष, सङ्खुवासभामा तीन जना पुरूष र एक जना महिला, तेह्रथुममा तीन जना पुरूष र सोलुखुम्बुमा एक जना महिलामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । प्रदेश १ मा रहेका कोशी कोभिड–१९ अस्पताल, प्रदेश जनस्वास्थ्य प्रयोगशाला, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा प्रयोगशाला, मेची अस्पताल प्रयोगशाला, कोटीहोम प्रयोगशाला, नोबेल अस्पताल प्रयोगशाला, विराट अस्पताल प्रयोगशाला र न्यूरो अस्पताल प्रयोगशालामा गरिएको कोभिड–१९ को परीक्षणमा प्रदेश १ मा एक साताको अवधिमा प्रदेश १ मा २ सय २८ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । धनकुटाको महालक्ष्मी नगरपालिकाले कोभिड सङ्क्रमण भई आइसीयूमा उपचाररत महालक्ष्मी नगरपालिका–४ की ४५ वर्षीया महिलाको परिवारलाई पुस २५ गते उपचार सहायताका लागि २५ हजार रुपियाँ आर्थिक सहयोग गरेको छ ।
गण्डकी प्रदेश
गण्डकी प्रदेशमा पुस २१ गतेबाट पुस २७ गतेसम्म थप ३ सय १८ जनामा कोभिड–१९ सङ्क्रमण देखिएको छ । जसमध्ये २ सय ६ पुरूष र १ सय १२ जना महिला रहेका छन् । यो सगै प्रदेशमा कुल सङक्रमितको सङ्ख्या १७ हजार ८ सय ६१ रहेको छ । यो साता कोभिड–१९ को सङ्क्रमणबाट ३ सय ७२ जना निको भएका छन् । योसँगै प्रदेशमा निको हुनेको कूल सङ्ख्या १७ हजार ३ सय ४५ रहेको छ । हालसम्म प्रदेशमा कोभिड–१९ को सङ्क्रमणबाट कूल १ सय ९३ जनाको मृत्यु भएको छ जसमध्ये यो साता पाँच जनाको मृत्यु भएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको पुस २७ गतेको तथ्याङ्क अनुसार प्रदेशमा हाल ३ सय २३ जना सक्रिय सङ्क्रमित रहेका छन् । सक्रिय सङ्क्रमितहरूमध्ये ७० जना संस्थागत आइसोलेशनमा छन् भने ५५ जना आइसीयू र ६ जना भेण्टिलेटरमा रहेका छन् ।
कर्णाली प्रदेश
कर्णाली प्रदेशमा पुस २७ गते ३२ जना सक्रिय कोभिड–१९ सङ्क्रमित भएसँगै सङ्क्रमित हुनेको सङ्ख्या ६ हजार ४ सय ८० रहेको छ । हालसम्म ६ हजार ४ सय १ जना निको भइसकेका छन् । कोभिड–१९ को सङ्क्रमणबाट २६ जनाको मृत्यु भएको छ । यो साता एक जनाको मृत्यु भएको हो । यस प्रदेशमा एक साताअघि कोभिड–१९ सङ्क्रमितको सङ्ख्या ६ हजार ४ सय ५२ रहेको थियो । याे साता २८ जना सङ्क्रमित थपिएका हुन् ।
सुदूरपश्चिम प्रदेश
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सुदूरपश्चिम प्रदेशमा पुस २१ गतेदेखि पुस २७ गतेसम्म १ सय ३१ जनामा कोभिड सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमित हुनेको सङ्ख्या ३ सय ६४ पुगेको छ । पुस २७ गते मात्रै सुदूरपश्चिम प्रदेशका दुई महिलासहित नौ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको छ । जसमध्ये अछाम जिल्लामा एक जना, बैतडीमा एक, बझाङमा एक, कैलालीमा तीन र कञ्चनपुरमा तीन जना सङ्क्रमित थपिएका छन् । यो साता सुदूरपश्चिम प्रदेशमा एक जना सङ्क्रमितको मृत्यु भएसँगै प्रदेशमा मृत्यु हुनेको सङ्ख्या ६३ जना पुगेको छ । यस प्रदेशमा पुस २७ गतेसम्म १ सय २९ जनाको संस्थागत आइसोलेशनमा, तीन जनाको आइसीयूमा र दुई जनाको भेण्टिलेटरमा उपचार भइरहेको छ । पुस २७ गतेसम्म प्रदेशमा १४ हजार ३ सय २१ जना सङ्क्रमित निको भएका छन् । हालसम्म सुदूरपश्चिम प्रदेशमा १४ हजार ७ सय ४८ जनामा कोभिड पुष्टि भएको छ ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
गाउँपालिका कार्यालयमा लगाइएको तालाबन्दीका कारण सेवाग्राही समस्यामा
मालिकार्जुन गाउँपालिकाको कार्यालयमा पुस २४ गतेदेखि गरिएको तालाबन्दीका कारण स्थानीय सेवाग्राहीले समस्या झेल्नु परेको छ । भवन निर्माणको विषयलाई लिएर ११ दिनदेखि तालाबन्दी गरिएको गाउँपालिकाको कार्यालय सुचारु गर्न जनप्रतिनिधिहरुले चाँसो…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ०७७ माघ ४ गते जुगल गाउँपालिका–३ गुम्बाका २५ वर्षीय दावारेञ्जन लामालाई गिरफ्तार गरेको छ । पीडित बालिकालाई पुस २८ गते आरोपितले विवाह गर्छु…
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार
रामपुर नगरपालिका–५ बेझाडबजारकी ५७ वर्षीया रमा कुमारी दराईको हत्या गरेको आरोपमा प्रहरीले पति ५९ वर्षीय बुद्धि दराईलाई माघ ४ गते गिरफ्तार गरेको छ । घरयासी विवादमा रमालाई उनका पतिले माघ…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
२२ वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले दङ्गीशरण गाउँपालिका–७ का ३० वर्षीय हरि देवकोटालाई माघ ४ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले माघ ३ गते बलात्कार प्रयास गरेको…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (माघ ४ गते)
माघ ४ गते २ सय ६६ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ६७ हजार ३ सय २२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत…