कोभिड–१९ः यो साता दैनिक १ हजार सङ्क्रमित थप, १ हजार ३ सय निको
यो साता कोभिड परीक्षण दैनिक १ हजार ३५ जना कोभिड सङ्क्रमित थपिएका छन् भने १ हजार ३ सय ५ जना निको भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा जारी तथ्याङ्क अनुसार एक साताको अवधिमा ४५ हजार ८ सय २५ ओटा स्वाब परीक्षण गरिएकामा ७ हजार २ सय ४९ जनामा कोभिड पुष्टि भएको छ । गत साता ७ हजार २ सय ३० जना सङ्क्रमित थपिएका थिए । गत साता ४४ हजार ४ सय ९ ओटा स्वाब परीक्षण गरिएको थियो । यो एक सातामा १ सय २ जना कोभिड सङ्क्रमितको मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ ।
प्रदेश १
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार मङ्सिर २३ गतेदेखि मङ्सिर २९ गतेसम्मको अवधिमा झापामा १ सय २५ जना पुरूष र १ सय ७३ जना महिला गरी १ सय ९८ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । त्यसैगरी सुनसरीमा १ सय ४७ जना पुरूष र ८७ जना महिला गरी २ सय ३४ जना, खोटाङमा दुई जना पुरूष र एक जना महिला गरी तीन जना, मोरङमा १ सय ६० जना पुरूष र १ सय २३ जना महिला गरी २ सय ८३ जना, उदयपुरमा नौ जना पुरूष र पाँच जना महिला गरी १४ जना, धनकुटामा आठ जना पुरूष, इलाममा १९ जना पुरूष र १४ जना महिला गरी ३३ जना, पाँचथरमा पाँच जना पुरूष र तीन जना महिला गरी आठ जना, ओखलढुङ्गामा आठ जना पुरूष र एक जना महिला गरी नौ जना, भोजपुरमा पाँच जना पुरूष, सङ्खुवासभामा १९ जना पुरूष र चार जना महिला गरी २३ जना, ताप्लेजुङमा पाँच जना पुरूष र चार जना महिला गरी नौ जना, सोलुखुम्बुमा १२ जना पुरूष र तीन जना महिला गरी १५ जना, तेहृथुममा तीन जना पुरूष र दुई जना महिला गरी पाँच जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । प्रदेश १ मा रहेका कोशी कोभिड–१९ अस्पताल,प्रदेश जनस्वास्थ्य प्रयोगशाला, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा प्रयोगशाला, मेची अस्पताल प्रयोगशाला, कोटीहोम प्रयोगशाला, नोवेल अस्पताल प्रयोगशाला, विराट अस्पताल प्रयोगशाला र न्यूरो अस्पताल प्रयोगशालामा गरिएको कोभिड–१९ को परीक्षणमा प्रदेश १ मा एक साताको अवधिमा प्रदेश १ मा ६ सय ६७ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
प्रदेश २
एक सातामा प्रदेश २ मा कोभिड सङ्क्रमित १ सय ३१ जना थपिएका छन् । अघिल्लो साता ३ सय १५ जना थपिएका थिए । मङ्सिर २३ गते २० हजार ३ सय ५३ सङ्क्रमित रहेकामा मङ्सिर २९ गते आइपुग्दा यो सङ्ख्या बढेर २० हजार ४ सय ८४ पुगेको छ । एक सातामा थप तीन जना कोभिड सङ्क्रमितको मृत्यु भएपछि प्रदेशमा मृत्यु हुनेको सङ्ख्या २ सय ७ पुगेको छ । एक सातामा २ सय ३० जना सङ्क्रमित सङ्क्रमण मुक्त भएका छन् ।
गण्डकी प्रदेश
गण्डकी प्रदेशमा मङ्सिर २३ गतेबाट मङ्सिर २९ गतेसम्म थप ८ सय ७ जनामा कोभिड–१९ सङ्क्रमण देखिएको छ । जसमध्ये ४ सय ८६ पुरुष र ३ सय २१ जना महिला रहेका छन् । योसँगै प्रदेशमा कुल सङ्क्रमितको सङख्या १४ हजार ७ सय ६८ रहेको छ । यो साता कोभिड–१९ को सङ्क्रमणबाट १ हजार ५ जना निको भएका छन् । योसँगै प्रदेशमा निको हुनेको कूल सङ्ख्या १४ हजार ७ सय २२ रहेको छ । हालसम्म प्रदेशमा कोभिड–१९ को सङ्क्रमणबाट कूल १ सय ३२ जनाको मृत्यु भएको छ जसमध्ये यो साता २२ जनाको मृत्यु भएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको मङ्सिर २९ गतेको तथ्याङ्क अनुसार प्रदेशमा हाल १ हजार १ सय ९८ जना सक्रिय सङ्क्रमित रहेका छन् जसमध्ये कास्की जिल्लामा ५ सय भन्दा बढी रहेका छन् । सक्रिय सङ्क्रमितमध्ये १ हजार १ सय ९ जना होम आइसोलेशनमा बसेका छन् भने ७१ जना आइसियू र १० जना भेण्टिलेटरमा रहेका छन् ।
लुम्बिनी प्रदेश
यो साता लुम्बिनी प्रदेशमा ६ सय ४३ जना पुरुष र ३ सय ७० जना महिला गरी जम्मा १ हजार १३ जनामा कोभिड सङ्क्रमण पुुष्टि भयो । यो साता पनि उच्च सङ्क्रमण हुने जिल्लामा रुपन्देही नै रह्यो जसमा १ सय ९५ पुरुष र १ सय सात महिला गरी ३ सय २ जना सङ्क्रमित भए । सबैभन्दा कम रुकुम पुर्वमा एक जनामा मात्र सङ्क्रमण देखियो । यो साता अघिल्लो साता भन्दा सङ्क्रमित सङ्ख्या घटेको छ । महिलाभन्दा पुरुषमा बढी सङ्क्रमण भएको स्वास्थ्य मन्त्रालयको तथ्याङ्कले देखाएको छ । यसैगरी, प्रदेशमा ९ सय ४४ जना होम आइसोलेशन, ३५ जना आइसियू र तीन जना भेण्टिलेटरमा रहेका छन् । कोभिड सङ्क्रमण देखिएदेखि हालसम्म प्रदेशमा निको भएकाहरूको सङ्ख्या २६ हजार ६७ छ भने सक्रिय सङ्क्रमितको सङ्ख्या १ हजार ३ सय ५९ रहेको छ । हालसम्म मृत्यु हुनेको सङ्ख्या २ सय २२ रहेको छ ।
कर्णाली प्रदेश
कर्णाली प्रदेशमा मङ्सिर २३ गते १ सय ४९ जना कोभिड–१९ का सक्रिय सङ्क्रमित भएसँगै सङ्क्रमित हुनेको सङ्ख्या ६ हजार २ सय ५६ रहेको छ । हालसम्म ६ हजार ८३ जना निको भइसकेका छन् । कोभिड –१९ को सङ्क्रमणबाट यो साता थप मृत्यु नभएकाले मृत्यु हुनेको सङ्ख्या २४ रहेको छ । यो प्रदेशमा एक साताअघि कोभिड सङ्क्रमितको सङ्ख्या ६ हजार १ सय ७६ रहेको थियो । यो साता ८० जना सङ्क्रमित थपिएका हुन् ।
सुदूरपश्चिम प्रदेश
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सुदूरपश्चिम प्रदेशमा मङ्सिर २३ गतेदेखि मङ्सिर २९ गतेसम्म १ सय ७८ जनामा सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमित हुनेको सङ्ख्या १ हजार ८२ पुगेको छ । गत सातासम्म सुदूरपश्चि प्रदेशमा ९ सय ४ जना सङ्क्रमित रहेकामा मङ्सिर २९ गते सङ्क्रमितको सङ्ख्या १ हजार ८२ पुगेको हो । यो साता सुदूरपश्चिम प्रदेशमा पाँच जना सङ्क्रमितको मृत्यु भएसँगै यस प्रदेशमा मृत्यु हुनेको सङ्ख्या ५० जना पुगेको छ । यस प्रदेशमा मङ्सिर २९ गतेसम्म ७ सय ३७ जना होम आइसोलेशनमा रहेका छन भने १० जना आइसियू र तीन जना भेण्टिलेटरमा उपचारत छन् । मङ्सिर २९ गतेसम्म यस प्रदेशका १२ हजार १ सय ३० जना कोरोना सङ्क्रमणबाट निको भएका छन् ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
जिल्ला अस्पतालमा ह्विलचियरको अभाव : सेवाग्राहीलाई सास्ती
जिल्ला अस्पतालमा बिरामी बोक्ने ह्विलचियरको अभाव भएको छ । अस्पतालमा ह्विलचियरको अभावपछि बिरामीलाई एक स्थानबाट अर्को स्थानमा लैजानका लागि सास्ती हुनेगरेको हो । स्वास्थ्य जस्तो सम्वेदनशिल क्षेत्र अर्थात जिल्लाकै एक…
२५ वर्षदेखि देउलीका स्थानीयलाई खानेपानीको समस्या
चंखेली गाउँपालिका–२ स्थित दार्म गाउँको देउलीका स्थानीयहरु विगत २५ वर्षदेखि खानेपानीको समस्या रहेको छ । खानेपानीको स्रोत नजिक नहुनु र बनेका योजना पनि गुणस्तरीय काम नभएका कारण खानेपानीको समस्या भएको…
छुट्टाछुट्टै इजलास कक्ष नहुँदा न्याय सम्पादनमा कठिनाई
नेपालको संविधानले स्थानीय तहमका न्यायिक समितिलाई न्याय सम्पादनको अधिकार प्रदान गरे पनि रसुवामा पाँच ओटै स्थानीय तहमा न्याय सम्पादन गर्न छुट्टै इजलास कक्ष अभावले न्याय सम्पादनमा कठिनाई भएको छ ।…
१५ वर्षदेखि टहरामा पढ्दै छन् दुम्लिङका चेपाङ बालबालिका
धादिङको बेनीघाट रोराङ गाउँपालिका-२, दुम्लिङस्थित सहारा आधारभूत विद्यालयमा १५ वर्षदेखि चेपाङ बालबालिका टहरामा पढ्दै आएका छन् । अत्यन्त गरिब र बिहान बेलुकी छाक टार्न समेत धौ धौ पर्ने चेपाङ समुदायका…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
४० वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा रोशी गाउँपालिका-९, नार्केस्थित सागर मेडिकलका सञ्चालक ५० वर्षीय चेतन रामलाई प्रहरीले ०८० मङ्सिर १४ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले मङ्सिर…