कोभिड–१९ः यो साता थपिएका भन्दा निको भएका सङ्क्रमित दोब्बर बढी
यो साता थपिएका भन्दा निको भएका सङ्क्रमित दोब्बरभन्दा बढी रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा जारी तथ्याङ्कमा उल्लेख छ । तथ्याङ्क अनुसार यो साता ५३ हजार ४ सय ३३ ओटा स्वाब परीक्षण गरिएको छ । गत साता ४९ हजार ६ सय ९७ ओटा स्वाब परीक्षण गरिएको थियो । असोज अन्तिम साता मात्रै झण्डै १ लाखको हाराहारीमा परीक्षण गरिएको थियो । पछिल्ला साताहरूमा स्वाब परीक्षणको सङ्ख्या घटेको छ । यो एक सातामा १० हजार ८ सय १३ जना सङ्क्रमित थपिएका छन् । गत साता ११ हजार २ सय १३ जना सङ्क्रमित थपिएका थिए । निको हुनेको सङ्ख्या यो साता २२ हजार ८ सय २५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत साता १५ हजार ७ सय ८७ सङ्क्रमित निको भएका थिए । मङ्सिर २ गते २ लाख ११ हजार ४ सय ७५ जना सङ्क्रमित भएकामा मङ्सिर ८ गते कूल सङ्क्रमित २ लाख २२ हजार २ सय ८८ जना पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । एक साताको अवधिमा ९० जना जना कोभिड सङ्क्रमितको मृत्यु भएको छ । अघिल्लो साता ८२ जना कोभिड सङ्क्रमितको मृत्यु भएको थियो । योसँगै मृत्यु हुनेको सङ्ख्या १ हजार ३ सय ३७ पुगेको छ । हालसम्म १६ लाख ७० हजार ४ सय ५५ ओटा स्वाबको परीक्षण गरिएको छ । मङ्सिर १ गतेको तथ्याङ्क अनुसार कोभिड सङ्क्रमितमध्ये ९०.९ प्रतिशत सङ्क्रमित निको भएका छन् ।
प्रदेश २
एक सातामा प्रदेश २ मा कोभिड सङ्क्रमित ३ सय १७ जना थपिएका छन् । अघिल्लो साता २ सय ७४ जना थपिएका थिए । मङ्सिर २ गते १९ हजार ३ सय ९१ सङ्क्रमित रहेकामा मङ्सिर ८ गते आइपुग्दा यो सङ्ख्या बढेर १९ हजार ७ सय ८ पुगेको छ । एक सातामा थप तीन जना सङ्क्रमितको मृत्यु भएको छ । प्रदेश २ मा मङ्सिर ८ गतेसम्म १ सय ७४ जनाको मृत्यु भएको छ । एक सातामा ६ सय ९० जना सङ्क्रमित सङ्क्रमण मुक्त भएका छन् ।
बागमती प्रदेश
यस प्रदेशमा मङ्सिर ८ गते कोभिड–१९ सङ्क्रमितको सङ्ख्या महिला ४७ हजार ५ सय ४० जना र पुरुष ७४ हजार ३ सय ५४ जना गरी १ लाख २१ हजार ८ सय ९४ जना पुगेको छ । अघिल्लो साता १ लाख १४ हजार २ सय ३८ जना कोभिड–१९ सङ्क्रमित रहेकामा यो साता ७ हजार ६ सय १० जना सङ्क्रमित थपिएका हुन् । अघिल्लो साताभन्दा यो साता नयाँ सङ्क्रमितको सङ्ख्या ५ हजारले कम भएको छ ।
यस प्रदेशका कूल सङ्क्रमितमध्ये १ लाख ८ हजार ८ सय ५७ जना निको भइसकेका छन् भने विभिन्न अस्पतालका आइसोलेशन तथा होम आइसोलेशनमा १२ हजार ३ सय ८३ जना उपचाररत छन् । अघिल्लो हप्ता सक्रिय सङ्क्रमतिको सङ्ख्या २२ हजार ७ सय ६१ जना रहेकामा यो साता १० हजार ३ सय ७८ जना कम भई १२ हजार ३ सय ८३ जनामा झरेको हो । मङ्सिर ८ गतेसम्म मृत्यु हुनेको सङ्ख्या भने ६ सय ५४ पुगेको छ । यो अघिल्लो साताभन्दा ४७ जनाले बढी हो । बागमती प्रदेशमा कोभिड–१९ बाट मृत्यु हुनेको दर अघिल्लो साता ०.५३ प्रतिशत रहेकोमा यो साता ०.५४ प्रतिशत छ । यस प्रदेशमा महिला सङ्क्रमितको प्रतिशत प्रत्येक साता बढिरहेको छ । अघिल्लो साता ३८.८ प्रतिशत महिला र ६१.२ प्रतिशत पुरुष सङ्क्रमित भएकामा मङ्सिर ८ गते आइपुग्दा महिला सङ्क्रमित ०.२ प्रतिशत बढेर ३९ प्रतिशत पुगेको छ । बागमती प्रदेशमा अघिल्लो साता देशको कूल सङ्क्रमितको सङ्ख्या ५४.१५ प्रतिशत मात्र रहेकामा मङ्सिर ८ गते आइपुग्दा बढेर ५४.५७ प्रतिशत पुगेको छ । यस प्रदेशमा २१ देखि ५० वर्ष उमेरका सङ्क्रितका बिरामी दुई तिहाईभन्दा बढी रहेका छन् भने मृत्यु हुनेको प्रतिशत भने ६० वर्ष माथिका उमेरमा बढी रहेको छ । यस प्रदेशमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएका मध्येमा अघिल्लो साता ७९.५४ प्रतिशत निको हुनेको सङ्ख्या रहेकोमा मङ्सिर ८ गते आइपुग्दा यो सङ्ख्या बढेर ८९.३० प्रतिशत पुगेको छ ।
गण्डकी प्रदेश
गण्डकी प्रदेशमा मङ्सिर २ गतेबाट मङ्सिर ८ गतेसम्म थप ८ सय ८६ जनामा कोभिड–१९ सङ्क्रमण देखिएको छ । जसमध्ये ५ सय ६४ पुरुष र ३ सय २२ जना महिला रहेका छन् । योसँगै प्रदेशमा कुल सङ्क्रमितको सङख्या १२ हजार ११ रहेको छ । यो साता कोभिड–१९ को सङ्क्रमणबाट २ हजार ५१ जना निको भएका छन् । योसँगै प्रदेशमा निको हुनेको कूल सङख्या ११ हजार ३ सय ७६ रहेको छ । हालसम्म प्रदेशमा कोभिड–१९ को सङ्क्रमणबाट कूल ८८ जनाको मृत्यु भएको छ जसमध्ये यो साता १५ जनाको मृत्यु भएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको मङ्सिर ८ गतेको तथ्याङ्क अनुसार प्रदेशमा हाल १ हजार ८ सय २७ जना सक्रिय सङ्क्रमित रहेका छन् जसमध्ये कास्की जिल्लाका ५ सय भन्दा बढी रहेका छन् । सक्रिय सङ्क्रमितमध्ये ८ सय ९३ जना होम आइसोलेशनमा बसेका छन् भने ८६ जना आइसीयू र १४ जना भेण्टिलेटरमा रहेका छन् । ३२ जना क्षमता भएको जिल्ला कारागार कार्यालय म्याग्दीमा १ सय ३० जना कैदीबन्दी पुगेपछि कारागार व्यवस्थापन विभागसँगको समन्वयमा १६ जनालाई जेल सरुवा गरिएको छ । जिल्ला कारागारमा रहेका १६ जनालाई ५ गते सरुवा गरिएको कारागार कार्यालय प्रमुख (जेलर) राजेन्द्र शर्माले बताउनुभयो । शर्माका अनुसार २५ पुरुष र सात महिला गरी ३२ जनाको क्षमता भएकोमा अहिले कारागारमा १ सय ३० जना कैदीबन्दी रहेकोले उनीहरूलाई सरुवा गरिएको हो । अहिले १० जनालाई पाल्पा कारागार र ६ जनालाई तनहुँ कारागारमा पठाइएको छ । कारागारमा ९ महिला र १ सय २१ जना पुरुष रहेका थिए । उनीहरुलाई भेट्न आउनेहरू तथा अन्य माध्यमबाट पनि कोरोना सङ्क्रमण हुन सक्ने जोखिमको मध्यनजर गर्दै विभागलाई पत्राचार गरिएकामा पाल्पा र तनहुँ सरुवाका लागि अनुमति आएकोले सोहीअनुरुप मङ्सिर ५ गते पठाइएको जेलर शर्माले जानकारी दिनुभयो ।
सुदूरपश्चिम प्रदेश
एक सातामा सुदूरपश्चिम प्रदेशमा कोभिड सङ्क्रमित २ सय ७० जना थपिएका छन् । गत साता ३ सय ५२ जना थपिएका थिए । मङ्सिर २ गते ११ हजार १ सय ५६ सङ्क्रमित रहेकामा मङ्सिर ८ गते आइपुग्दा यो सङ्ख्या बढेर ११ हजार ४ सय २६ पुगेको छ । एक सातामा यो प्रदेशमा मृत्यु हुनेको सङ्ख्या ६ थपिएर ३७ पुगेको छ । एक सातामा ४ सय १० जना सङ्क्रमित सङ्क्रमण मुक्त भएका छन् ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
मोसो दलेर दुर्व्यवहार, पाँच जनाविरुद्ध उजुरी
मध्यविन्दु नगरपालिका–९ का ३७ वर्षीय विष्णु भण्डारीलाई वैशाख ५ गते स्थानीय केही व्यक्तिहरुले मोसो दलेर दुर्व्यवहार गरेको आरोपमा पीडितले जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा उजुरी दिनुभएको छ…
बलात्कार गरेको कसुरमा १० वर्ष कैद सजायको फैसला
१३ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा भरतपुर महानगरपालिका–४ का ४७ वर्षीय राजुकमार श्रेष्ठललाई जिल्ला अदालत चितवनले वैशाख ५ गते १० वर्ष कैद हुने फैसला गरेको छ । सोही घटनामा श्रेष्ठलाई…
राज्यले लिएको विकासका लक्ष्य प्राप्तिको लागि सङ्घसंस्थाको भूमिका महत्वपूर्ण हुनेः मन्त्री महतो
महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री जुलीकुमारी महतोले राज्यले लिएको विकासका लक्ष्य प्राप्तिको लागि सङ्घसंस्थाको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । समाज कल्याण परिषद्को आयोजना तथा गैरसरकारी संस्था महासङ्घ नेपाल बागमती…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कञ्चनरुप नपा–७ का १९ वर्षीय सुनिलकुमार यादवविरुद्ध वैशाख ५ गते उजुरी दर्ता गरेको छ । पीडित बालिकालाई आरोपितले वैशाख ३ गते बलात्कार गरेको…
दुर्व्यवहार घटनका आरोपित विरुद्ध उजुरी
ननयाँ पत्रिका दैनिकका जिल्ला सम्वाददाता सिरहा नपा–७ का ३७ वर्षीय सुरेन्द्र कामती र एभिन्यूज टेलिभिजनका सम्वाददाता सिरहा नपा–११ का ३९ वर्षीय शुभनारायण कामतीलाई कथित बोक्सीको आरोपसम्बन्धी घटनाको समाचार सङ्कलन गर्न…