कोभिड–१९ः यो साता थपिएका सङ्क्रमित भन्दा निको भएका ७ सय बढी
यो साता थपिएका सङ्क्रमित भन्दा निको भएका सङ्क्रमितको सङ्ख्या ७ सय ले बढी छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्क अनुसार यो साता २ हजार १ सय ९९ सङ्क्रमित थपिएका छन् भने २ हजार ८ सय ५० जना निको भएका छन् । यो साता २९ हजार २ सय ३ ओटा स्वाब परीक्षण गरिएको थियो । यो साता ३८ जना कोभिड सङ्क्रमितको मृत्यु भएको पनि मन्त्रालयले जारी गरेको तथ्याङ्कमा उल्लेख छ ।
प्रदेश १
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पुस २८ गतेदेखि माघ ५ गतेसम्मको अवधिमा झापामा ११ जना पुरूष र आठ जना महिला गरी १९ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । त्यसैगरी सुनसरीमा १२ जना पुरूष र तीन जना महिला गरी १५ जना, खोटाङमा दुई जना पुरूष र एक जना महिला गरी तीन जना, मोरङमा २४ जना पुरूष र १० जना महिला गरी ३४ जना, उदयपुरमा एक जना पुरूष र एक जना महिला गरी दुई जना, धनकुटामा दुई जना पुरूष, इलाममा एक जना पुरूष, पाँचथरमा एक जना महिला, भोजपुरमा एक जना महिला, सङ्खुवासभामा एक जना पुरूष, ओखलढुङ्गामा एक जना पुरूष र एक जना महिला, ताप्लेजुङमा एक जना पुरूष, तेहृथुममा एक जना पुरूषमा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । प्रदेश १ मा रहेका कोशी कोभिड–१९ अस्पताल, प्रदेश जनस्वास्थ्य प्रयोगशाला, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा प्रयोगशाला, मेची अस्पताल प्रयोगशाला, कोटीहोम प्रयोगशाला, नोवेल अस्पताल प्रयोगशाला, विराट अस्पताल प्रयोगशाला र न्यूरो अस्पताल प्रयोगशालामा गरिएको कोभिड–१९ को परीक्षणमा प्रदेश १ मा एक साताको अवधिमा प्रदेश १ मा ८३ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यो सोलुखुम्बुमा कोभिड–१९ को सङ्क्रमण फेला नपरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
प्रदेश २
एक सातामा प्रदेश २ मा कोभिड सङ्क्रमित ४७ जना थपिएका छन् । ३४ जना निको भएका छन् भने दुई जना सङ्क्रमितको मृत्यु भएको छ । पुस २८ गते २० हजार ७ सय १२ जना सङ्क्रमित रहेकामा माघ ५ गते यो सङ्ख्या २० हजार ७ सय ५९ पुगेको छ । माघ ५ गतेसम्म २० हजार ४ सय ६३ जना निको भएका छन् सक्रिय सङ्क्रमितको सङ्ख्या ७८ छ । त्यसैगरी २ सय १८ जना सङ्क्रमितको मृत्यु भएको छ ।
बागमती प्रदेश
यस प्रदेशमा माघ ५ गते कोभिड–१९ सङ्क्रमणको सङ्ख्या ५७ हजार ९ सय १४ जना महिला र ८९ हजार ७५ जना ग पुरुष री जम्मा १ लाख ४६ हजार ९ सय ८९ जना पुगेको छ । अघिल्ला हप्ता १ लाख ४५ हजार ४ सय २८ जना कोभिड–१९ सङ्क्रमित रहेकोमा यस हप्ता १ हजार ५ सय ६१ जना मात्र सङ्क्रमित थपिएका हुन् । यस प्रदेशका कूल सङ्क्रमितमध्ये १ लाख ४३ हजार ३ सय ४२ जना उपचारपछि निको भइसकेका छन् भने विभिन्न अस्पतालका आइसोलेशन तथा होम आइसोलेशनमा २ हजार ६ सय ७२ जना उपचाररत रहेका छन् । अघिल्लो साता सक्रिय सङ्क्रमतिको सङ्ख्या २ हजार ८ सय २८ जना रहेकोमा यो हप्ता १ सय ५७ जना कम भई २ हजार ६ सय ७२ जनामा झरेको हो । यस प्रदेशमा माघ ५ गतेसम्म मृत्यु हुनेको सङ्ख्या भने ९ सय ७५ जना पुगेको छ । यो अघिल्लो हप्ता भन्दा १६ जनाले बढी हो । यस प्रदेशमा कोभिड–१९ बाट मृत्यु हुनेको दर ०.६६ प्रतिशत रहेको छ । अघिल्लो साता ३९.४ प्रतिशत महिला र ६०.६ प्रतिशत पुरुष सङ्क्रमित भएकोमा माघ ५ गते पनि सोही अनुपातमा महिला र पुरुषको सङ्क्रमित प्रतिशत रहेको छ । बागमती प्रदेशमा अघिल्लो हप्ता देशको कूल सङ्क्रमणको सङ्ख्या ५४.७२ प्रतिशत रहेकोमा माघ ५ गते आइपुग्दा पनि सोही प्रतिशत कायम रहेएको छ । यस प्रदेशमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएका मध्येमा अघिल्लो हप्ता ९७.४० प्रतिशतको हाराहारीमा निको हुनेको सङ्ख्या रहेकोमा माघ ५ आइपुग्दा यो सङ्ख्या ९७.४७ प्रतिशत रहेको छ ।
गण्डकी प्रदेश
गण्डकी प्रदेशमा पुस २८ गतेबाट माघ ५ गतेसम्म थप २ सय ४४ जनामा कोभिड–१९ सङ्क्रमण देखिएको छ । जसमध्ये १ सय ५७ पुरूष र ८७ जना महिला रहेका छन् । यो सगै प्रदेशमा कुल सङक्रमितको सङ्ख्या १६ हजार ८ सय १४ रहेको छ । यो साता कोभिड–१९ को सङ्क्रमणबाट ३ सय २० जना निको भएका छन् । योसँगै प्रदेशमा निको हुनेको कूल सङ्ख्या १७ हजार ६ सय ४५ रहेको छ । हालसम्म प्रदेशमा कोभिड–१९ को सङ्क्रमणबाट कूल १ सय ९७ जनाको मृत्यु भएको छ जसमध्ये यो साता चार जनाको मृत्यु भएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको माघ ५ गतेको तथ्याङ्क अनुसार प्रदेशमा हाल २ सय ४३ जना सक्रिय सङ्क्रमित रहेका छन् । सक्रिय सङ्क्रमितहरूमध्ये ७८ जना संस्थागत आइसोलेशनमा बसेका छन् भने ५३ जना आइसीयू र आठ जना भेण्टिलेटरमा रहेका छन् ।
लुम्बिनी प्रदेश
यो साता प्रदेशमा ३ सय ७३ जनामा कोभिड सङ्क्रमण पुष्टि भयो । जसमध्ये पुरुष २ सय ३० र महिला १ सय ४३ जना छन् । यो साता प्रदेशमा सबैभन्दा बढी बाँके जिल्लामा ९८ पुरुष र ७२ महिला गरी १ सय ७० जना सङ्क्रमित भए भने सबैभन्दा कम रुकुम पुर्वमा एक जनामा सङ्क्रमण देखियो । प्रदेशमा सक्रिय सङ्क्रमितको सङ्ख्या ५ सय ३९ रहेको छ । निको भएकाको सङ्ख्या २९ हजार ३ सय ४७ रहेको छ । २ सय ५७ जना कोभिड सङ्क्रमितको मृत्यु भएको छ ।
कर्णाली प्रदेश
कर्णाली प्रदेशमा माघ ५ गतेसम्म कोभिड–१९ बाट सङ्क्रमित हुनेको सङ्ख्या ६ हजार ४ सय ९३ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार माघ ५ गतेसम्म ६ हजार ४ सय ११ जना निको भइसकेका छन् । कोभिड–१९ को सङ्क्रमणबाट २७ जनाको मृत्यु भएको छ । यो साता एक जना कोभिड सङ्क्रमितको मृत्यु भएको हो । यो साता १० जना सङ्क्रमित थपिएका हुन्।
सुदूरपश्चिम प्रदेश
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सुदूरपश्चिम प्रदेशमा पुस २८ गतेदेखि माघ ५ गतेसम्म ५१ जनामा कोभिड सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ सय २५ पुगेको छ । माघ ५ गते मात्रै सुदूरपश्चिम प्रदेशका एक महिलासहित पाँच जनामा कोभिड सङ्क्रमण पुष्टि भएको छ । माघ ५ गते बझाङ जिल्लामा एक महिलासहित पाँच जनामा सङ्क्रण पुष्टि भएको हो । यस प्रदेशमा माघ ५ गतेसम्म ७३ जना संस्थागत आइसोलेशनमा, १ सय १८ जना होम आइसोलेशनमा, एक जना आइसीयूमा र दुई जना भेण्टिलेटरमा उपचाररत छन् । ३१ जना क्वारेण्टाइनमा रहेका छन् ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
१५ वर्षदेखि टहरामा पढ्दै छन् दुम्लिङका चेपाङ बालबालिका
धादिङको बेनीघाट रोराङ गाउँपालिका-२, दुम्लिङस्थित सहारा आधारभूत विद्यालयमा १५ वर्षदेखि चेपाङ बालबालिका टहरामा पढ्दै आएका छन् । अत्यन्त गरिब र बिहान बेलुकी छाक टार्न समेत धौ धौ पर्ने चेपाङ समुदायका…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
४० वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा रोशी गाउँपालिका-९, नार्केस्थित सागर मेडिकलका सञ्चालक ५० वर्षीय चेतन रामलाई प्रहरीले ०८० मङ्सिर १४ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले मङ्सिर…
ज्येष्ठ नागरिक हत्या घटनाका आरोपित गिरफ्तार
गोसाइकुण्ड गाउँपालिका-५, सानो भार्खुका बुबा ६६ वर्षीय छेवाङ तामाङको लाठीले टाउकोमा हानेर हत्या गरेको आरोपमा ४० वर्षीय गोपाल तामाङलाई प्रहरीले ०८० मङ्सिर १५ गते गिरफ्तार गरेको छ । मदिरा सेवन…
भूकम्प प्रभावित क्षेत्रमा अस्थायी आवास निर्माणको काम शुरु
विनासकारी भूकम्पले घरमा क्षति गरेपछि त्रिपालमुनि बसेका पीडितहरुका लागि अस्थायी आवास निर्माणमा पहिलो किस्ता रकम स्थानीय तहमा पठाएपछि निर्माणको काम शुरु भएको छ । विपद व्यवस्थापन कोषमा जम्मा भएको रकम…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मेचीनगर नगरपालिका-६ बर्मेली टोलका ३४ वर्षीय जगतमणि आर्चायलाई मङ्सिर १४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८० मङ्सिर ८ गते बलात्कार…