कोभिड–१९ः यो साता थपिएका र निको भएका सङ्क्रमित १० हजारभन्दा कम
यो साता ९ हजारको हाराहारीमा सङ्क्रमित थपिएका र निको भएका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा जारी तथ्याङ्कमा उल्लेख छ । तथ्याङ्क अनुसार यो साता ९ हजार ३ सय ७४ सङ्क्रमित थपिएका छन् भने ९ हजार ६ सय ६३ सङ्क्रमित निको भएका छन् । यो साता ५६ हजार ४ सय ४८ ओटा स्वाब परीक्षण गरिएको छ । गत साता ५३ हजार ४ सय ३३ ओटा स्वाब परीक्षण गरिएको थियो । पछिल्ला साताहरूमा स्वाब परीक्षणको सङ्ख्या घटेको छ । मङ्सिर ९ गते २ लाख २४ हजार ७८ जना सङ्क्रमित भएकामा मङ्सिर १५ गते कूल सङ्क्रमित २ लाख ३३ हजार ४ सय ५२ जना पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । एक साताको अवधिमा १ सय ४७ जना कोभिड सङ्क्रमितको मृत्यु भएको छ । अघिल्लो साता ९० जना कोभिड सङ्क्रमितको मृत्यु भएको थियो । योसँगै मृत्यु हुनेको सङ्ख्या १ हजार ५ सय ८ पुगेको छ । हालसम्म १७ लाख ३७ हजार ७ सय ४७ ओटा स्वाबको परीक्षण गरिएको छ । मङ्सिर १५ गतेको तथ्याङ्क अनुसार कोभिड सङ्क्रमितमध्ये ९१.९ प्रतिशत सङ्क्रमित निको भएका छन् ।
प्रदेश १
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार मङ्सिर ९ गतेदेखि मङ्सिर १५ गतेसम्मको अवधिमा झापामा ३ सय २२ जना पुरूष र २ सय ३४ जना महिला गरी ५ सय ५६ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । त्यसैगरी सुनसरीमा २ सय तीन जना पुरूष र १ सय ७६ जना महिला गरी ३ सय ७६ जना, खोटाङमा आठ जना पुरूष र चार जना महिला गरी १२ जना, मोरङमा ३ सय ६१ जना पुरूष र २ सय ४४ जना महिला गरी ५ सय ५ जना, उदयपुरमा २४ जना पुरूष र १२ जना महिला गरी ३६ जना, धनकुटामा ११ जना पुरूष र आठ जना महिला गरी १९ जना, इलाममा ३२ जना पुरूष र २२ जना महिला गरी ५५ जना, पाँचथरमा १७ जना पुरूष र आठ जना महिला गरी २५ जना, ओखलढुङ्गामा आठ जना पुरूष र चार जना महिला गरी १२ जना, भोजपुरमा १० जना पुरूष र चार जना महिला गरी १४ जना, सङ्खुवासभामा ३९ जना पुरूष र ६ जना महिला गरी ४५ जना, ताप्लेजुङमा २१ जना पुरूष र नौ जना महिला गरी ३० जना, सोलुखुम्बुमा आठ जना पुरूष र ६ जना महिला गरी १४ जना र तेहृथुममा पाँच जना पुरूष र चार जना महिला गरी नौ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । प्रदेश १ मा रहेका कोशी कोभिड–१९ अस्पताल,प्रदेश जनस्वास्थ्य प्रयोगशाला, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा प्रयोगशाला, मेची अस्पताल प्रयोगशाला, कोटीहोम प्रयोगशाला, नोवेल अस्पताल प्रयोगशाला, विराट अस्पताल प्रयोगशाला र न्यूरो अस्पताल प्रयोगशालामा गरिएको कोभिड–१९ को परीक्षणमा प्रदेश १ मा एक साताको अवधिमा १ हजार ८ सय ८ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
प्रदेश २
एक सातामा प्रदेश २ मा कोभिड सङ्क्रमित ३ सय १३ जना थपिएका छन् । अघिल्लो साता ३ सय १७ जना थपिएका थिए । मङ्सिर ९ गते १९ हजार ७ सय ४५ सङ्क्रमित रहेकामा मङ्सिर १५ गते आइपुग्दा यो सङ्ख्या बढेर २० हजार ५८ पुगेको छ । एक सातामा थप १३ जना कोभिड सङ्क्रमितको मृत्यु भएपछि प्रदेशमा मृत्यु हुनेको सङ्ख्या १ सय ९६ पुगेको छ । एक सातामा २ सय ६४ जना सङ्क्रमित सङ्क्रमण मुक्त भएका छन् ।
बागमती प्रदेश
यस प्रदेशमा मङ्सिर १५ गते कोभिड–१९ सङ्क्रमणको सङ्ख्या जम्मा १ लाख २८ हजार १ सय ३० जना पुगेको छ । अघिल्ला हप्ता १ लाख २१ हजार ८ सय ९४ जना कोभिड–१९ सङ्क्रमित रहेकोमा यस हप्ता ६ हजार २ सय ३६ जना सङ्क्रमित थपिएका हुन् । अघिल्लो हप्ता भन्दा यस हप्ता नयाँ सङ्क्रमणको सङ्ख्या १ हजार ३ सय ७४ जनाले कम भएको छ । यस प्रदेशका कूल सङ्क्रमितमध्ये १ लाख ६ हजार ७ सय ४७ जना उपचारपछि निको भइसकेका छन् भने विभिन्न अस्पतालका आइसोलेशन तथा होम आइसोलेशनमा १० हजार ६ सय २९ जना उपचाररत रहेका छन् । अघिल्लो हप्ता सक्रिय सङ्क्रमतिको सङ्ख्या १२ हजार ३ सय ८३ जना रहेकोमा यो हप्ता १ हजार ७ सय ५४ जना कम भई १० हजार ६ सय २९ जनामा झरेको हो । मङ्सिर १५ गतेसम्म मृत्यु हुनेको सङ्ख्या भने ७ सय ५४ जना पुगेको छ । यो अघिल्लो हप्ता भन्दा १ सय जनाले बढी हो । यस प्रदेशमा कोभिड–१९ बाट मृत्यु हुनेको दर अघिल्लो हप्ता ०.५४ प्रतिशत रहेकोमा यो हप्ता बढेर ०.५८ प्रतिशत पुगेको छ ।
यस प्रदेशमा महिला सङ्क्रमितको प्रतिशत प्रत्येक हप्ता बढी रहेको छ । अघिल्लो साता ३९ प्रतिशत महिला र ६१ प्रतिशत पुरुष सङ्क्रमित भएकोमा मङ्सिर १५ गते आइपुग्दा महिला सङ्क्रमित ०.१० प्रतिशत बढेर ३९.१० प्रतिशत पुगेको छ भने पुरुष सङ्क्रमित ६०.९० प्रतिशत रहेको छ । बागमती प्रदेशमा अघिल्लो हप्ता देशको कूल सङ्क्रमणको सङ्ख्या ५४.५७ प्रतिशत मात्र रहेकोमा मङ्सिर १५ गते आइपुग्दा बढेर ५४.८८ प्रतिशत पुगेको छ । यस प्रदेशमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएका मध्येमा अघिल्लो हप्ता ८९.३० प्रतिशत निको हुनेको सङ्ख्या रहेकोमा मङ्सिर १५ गते आइपुग्दा यो सङ्ख्या थप सुधार भई ९१.११ प्रतिशत पुगेको छ ।
गण्डकी प्रदेश
गण्डकी प्रदेशमा मङ्सिर ९ गतेबाट मङ्सिर १५ गतेसम्म थप १ हजार ३१ जनामा कोभिड–१९ सङ्क्रमण देखिएको छ । जसमध्ये ५ सय ६४ पुरुष र ३ सय २२ जना महिला रहेका छन् । योसँगै प्रदेशमा कुल सङ्क्रमितको सङ्ख्या १३ हजार ४२ रहेको छ । यो साता कोभिड–१९ को सङ्क्रमणबाट १ हजार ५९ जना निको भएका छन् । योसँगै प्रदेशमा निको हुनेको सङख्या १२ हजार ४ सय ३५ पुगेको छ । हालसम्म प्रदेशमा कोभिड–१९ को सङक्रमणबाट कूल १ सय ३ जनाको मृत्यु भएको छ जसमध्ये यो साता १५ जनाको मृत्यु भएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको मङ्सिर १५ गतेको तथ्याङ्क अनुसार प्रदेशमा हाल १ हजार ७ सय ८४ जना सक्रिय सङ्क्रमित रहेका छन् जसमध्ये कास्की जिल्लाका ५ सयभन्दा बढी रहेका छन् । सक्रिय सङ्क्रमितमध्ये ८ सय ५६ जना होम आइसोलेशनमा छन् भने ९४ जना आइसीयू र ११ जना भेण्टिलेटरमा रहेका छन् ।
लुम्बिनी प्रदेश
यो साता लुम्बिनी प्रदेशमा ७ सय ४९ जना पुरुष र ४ सय ४१ जना महिला गरी जम्मा १ हजार १ सय ९० जनामा कोभिड सङ्क्रमण पुुष्टि भयो । सबैभन्दा बढी रुपन्देहीमा १ सय ९९ पुरुष र १ सय २७ महिला गरी ३ सय २६ जना सङ्क्रमित भए भने सबैभन्दा कम रोल्पामा १० पुरुष र चार महिला गरी १४ जना सङ्क्रमित भए । यसैगरी, यो साता रुकुम पुर्वमा नयाँ सङ्क्रमित थपिएका छैनन् । महिलाभन्दा पुरुषमा बढी सङ्क्रमण भएको स्वास्थ्य मन्त्रालयको तथ्याङ्कले देखाएको छ । उमेर समूहका आधारमा यस साता सबैभन्दा बढी ३१ देखि ४० वर्ष उमेर समूहका ३ सय ६२ जनामा कोभिङ सङ्क्रमण पुष्टि भएको छ । गत साता लुम्बिनी प्रदेशमा ७ सय ३ पुरुष र ३ सय ३६ जना गरी १ हजार ३९ जनामा सङ्क्रमण पुष्टि भएको थियो । गत साता भन्दा यो साता १ सय ५१ सङ्क्रमण बढेको तथ्याङ्कले देखाएको छ । लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशमा मृत्यु हुनेको सङ्ख्या २ सय ९० रहेको छ ।
कर्णाली प्रदेश
कर्णाली प्रदेशमा मङ्सिर १५ गते १ सय ५३ जनामा कोभिड–१९ सङ्क्रमणको पुष्टि भएसँगै सङ्क्रमित हुनेको सङ्ख्या ६ हजार १ सय ८ रहेको छ । हालसम्म ५ हजार ९ सय ३२ जना निको भइसकेका छन् । कोभिड –१९ को सङ्क्रमणबाट २३ जनाको मृत्यु भएको छ । अघिल्लो साता पनि मृतकको सङ्ख्या २३ नै रहेको थियो । यस प्रदेशमा एक हप्ता अघि कोभिड–१९ सङ्क्रमितको सङ्ख्या ६ हजार १४ रहेको थियो । यस हप्ता ९४ जना सङ्क्रमित थपिएका हुन ।
सुदूरपश्चिम प्रदेश
एक सातामा सुदूरपश्चिम प्रदेशमा कोभिड सङ्क्रमित ३ सय ६६ जना थपिएका छन् । गत साता २ सय ७० जना जना थपिएका थिए । मङ्सिर ९ गते ११ हजार ५ सय १ सङ्क्रमित रहेकामा मङ्सिर ८ गते आइपुग्दा यो सङ्ख्या बढेर ११ हजार ८ सय ६७ पुगेको छ । एक सातामा यो प्रदेशमा मृत्यु हुनेको सङ्ख्या एक थपिएर ३८ पुगेको छ । एक सातामा ६ सय ९४ जना सङ्क्रमित सङ्क्रमण मुक्त भएका छन् ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
१५ वर्षदेखि टहरामा पढ्दै छन् दुम्लिङका चेपाङ बालबालिका
धादिङको बेनीघाट रोराङ गाउँपालिका-२, दुम्लिङस्थित सहारा आधारभूत विद्यालयमा १५ वर्षदेखि चेपाङ बालबालिका टहरामा पढ्दै आएका छन् । अत्यन्त गरिब र बिहान बेलुकी छाक टार्न समेत धौ धौ पर्ने चेपाङ समुदायका…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
४० वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा रोशी गाउँपालिका-९, नार्केस्थित सागर मेडिकलका सञ्चालक ५० वर्षीय चेतन रामलाई प्रहरीले ०८० मङ्सिर १४ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले मङ्सिर…
ज्येष्ठ नागरिक हत्या घटनाका आरोपित गिरफ्तार
गोसाइकुण्ड गाउँपालिका-५, सानो भार्खुका बुबा ६६ वर्षीय छेवाङ तामाङको लाठीले टाउकोमा हानेर हत्या गरेको आरोपमा ४० वर्षीय गोपाल तामाङलाई प्रहरीले ०८० मङ्सिर १५ गते गिरफ्तार गरेको छ । मदिरा सेवन…
भूकम्प प्रभावित क्षेत्रमा अस्थायी आवास निर्माणको काम शुरु
विनासकारी भूकम्पले घरमा क्षति गरेपछि त्रिपालमुनि बसेका पीडितहरुका लागि अस्थायी आवास निर्माणमा पहिलो किस्ता रकम स्थानीय तहमा पठाएपछि निर्माणको काम शुरु भएको छ । विपद व्यवस्थापन कोषमा जम्मा भएको रकम…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मेचीनगर नगरपालिका-६ बर्मेली टोलका ३४ वर्षीय जगतमणि आर्चायलाई मङ्सिर १४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८० मङ्सिर ८ गते बलात्कार…