कोठा अभावमा गुणस्तरीय शिक्षाबाट बञ्चित बालबालिका

  ०७६ फागुन ३० गते

चन्द्रपुर न.पा—५ स्थीत श्री आधुनिक प्राथमिक विद्यालय राजपैडामा कोठा अभावको कारण एउटै कक्षामा दुई ओटा कक्षा सञ्चालन गर्नुपरेकोले विद्यार्थीहरू गुणस्तरीय शिक्षा पाउनबाट बञ्चित भएका छन् ।

photo20200313rautahat (2)
एक कठ्ठा जमिनमा दुई ओटा भवन तथा फिल्ड रहेको सो विद्यालयमा जम्मा चार ओटा कोठा रहेको छ । जसमा बालविकास कक्षाको लागि एउटा कोठा, कक्षा १ को लागि एउटा कोठा, कक्षा दुई, तीन र अफिसको लागि एउटा कोठा र कक्षा चार, पाँच र किचेनको लागि एउटा कोठा रहेको छ ।

प्रध्यानाध्यापक किशोरी चौधरी भन्नुहुन्छ–‘एउटै कक्षामा दुई ओटा विषय पठन पाठन गर्नुपर्ने बाध्यता रहेको छ, जसले गर्दा बालबालिकाको शिक्षामा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा असर परिरहेको छ ।’

photo20200313rautahat (4)
सोही विद्यालयका शिक्षक शिवराज चौधरी भन्नुहुन्छ–‘कक्षामा पढाउने क्रममा बालबालिकाहरूले आफुले पढाउदा अर्को शिक्षकको उत्तर दिइराखेका हुन्छन,विद्यार्थीलाई जताको विषय पढन मन लाग्छ त्यस्तै ध्यान दिन्छन् ।’

शिक्षक शिवराजका अनुसार शिक्षण सिकाइ प्रक्रिया विषय अनुसार फरक पर्ने भएकोले सबै विधिहरू प्रयोग गर्न पाइरहेको हुँदैन र गुणस्तरीय शिक्षाबाट बालबालिका वञ्चित छन् । त्यस्तै विद्यालयमा एउटा मात्र चर्पी रहेको छ । फिल्डमा पढाइ गर्न पनि सानो छ, विभिन्न अतिरिक्त क्रियाकलाप गर्न पनि विद्यार्थी बाहिर बाटोमा गएर गर्दछन् जसले गर्दा बालबालिकाहरू असुरक्षित रहेका छन् ।

photo20200313rautahat (6)
अभिभावक कमल चौधरी भन्नुहुन्छ–‘एउटै कोठामा दुई ओटा कक्षा र अफिस छ अर्को कोठामा पनि दुई ओटा कक्षा र किचेन छ बालबालिकाको पढाइ एकत्रित नभएकोले गर्दा गुणस्तरीय शिक्षा नभएको बताउनुहुन्छ ।’

सोही विद्यालयका सुजाता चौधरी कक्षा ५ की छात्रा भन्नुहुन्छ–‘एउटै कोठामा ४ र ५ को पढाई र किचेन छ । आज खाजा के पाक्दै छ, अर्को शिक्षकले के पढाइ राख्नुभएको छ र जसले हँसाउने जोक्स सुनाउनु हुन्छ तेतातिर ध्यान जान्छ ।’

photo20200313rautahat (11)
चन्द्रपुर नपा–५ का वडाअध्यक्ष संजय काफ्ले भन्नुहुन्छ–‘चन्द्रपुर नगरपालिका टोलीले अवलोकन गरेर यो आ.व मा १६ लाख भवन निर्माणको लागि बजेट छुट्याएका छौं, चाँडै काम सुरू हुन्छ र बालबालिकाहरूले गुणस्तरीय शिक्षा पाउने छन् ।’


कोपिला तिमल्सिना