कैदीबन्दीका समस्याबारे कारागारमै अन्तरक्रिया
कैदीबन्दीका समस्याहरू बारे जानकारी लिने उद्धेश्यले जिल्ला कारागार बैतडीका कैदीबन्दीहरूसँग प्रमुख जिल्ला अधिकारीलगायत जिल्लाका सुरक्षा प्रमुखहरूले पुस ४ गते अन्तरक्रिया गरेका छन् ।
कारागारमा उनीहरूले भोग्दै आएका समस्याबारे छलफल गर्दै उनीहरूका लागि उद्यमशीलतासम्बन्धी तालिमको ब्यवस्था गर्न उक्त अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको प्रजिअ शिद्धराज जोशीले बताए ।
कैदीबन्दीहरूलाई एक आपसमा मिलेर बस्न अनुरोध गर्दै जेलबाट बाहिर निस्कँदा असल नागरिक भएर निस्कनु पर्ने प्रजिअ जोशीले कैदीबन्दीलाई सुझाव दिएका छन् ।
कैदीबन्दीहरूलाई उद्यमी बनाउन तालिम दिइनुपर्ने र त्यसका लागि आफूहरू तयार रहेको जिल्ला घरेलु विकास समिति, बैतडीका प्रमुख नारायण न्यौपानेले बताए ।
जिल्ला कारागारका कैदीबन्दीहरूले पहिलो चोटी आफूहरूसँग यस्तो कार्यक्रमको आयोजना गरिँदा आफूहरू खुसी भएको बताएका छन् । उनीहरूले खेलकुद सामग्रीको ब्यवस्था मिलाइदिन अनुरोध गर्दै कारागार भित्र कैदीबन्दीहरूबिच एक आपसमा मैत्रीपूर्ण वातावरण निर्माणको लागि अनुरोध गरेका थिए ।
कैदीबन्दीहरूलाई कारागारले दिने सेवा सुबिधामा कुनै कमी नरहेको कारागार प्रमुख अनिल तिवारीले बताए ।
नरी बडु
सम्बन्धित समाचारहरू
स्वास्थ्यको ख्याल गर्दै न्यायिक अभियान अघि बढाउन इन्सेककर्मीको सुझाव
इन्सेककी अध्यक्ष डाक्टर इन्दिरा श्रेष्ठको नेतृत्वमा वीर अस्पताल पुगेको इन्सेककर्मीको टोलीले गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्यारालाई कारवाहीको माग राख्दै अनशनमा बस्नु भएकी कृष्णकी आमा गङ्गामाया अधिकारीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको…
बलात्कार घटनाका फरार आरोपित गिरफ्तार
३२ वर्षीया एक महिलालाई सामुहिक बलात्कार गरी फरार रहेका जुगल गाउँपालिका–४ का २४ वर्षीय कैलाश नेपालीलाई प्रहरीले माघ १२ गते काठमाडौँस्थित कलङ्कीबाट गिरफ्तार गरी चौतारा ल्याएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर…
स्थानीयको विरोध प्रदर्शनका कारण गाउँपालिकाको सेवा प्रभावित
सुनकोशी गाउँपालिका वडा नं. २, ४ ५, ७ का स्थानीय बासिन्दाले स्वतन्त्र नागरिक समाज गठन गर्दै सडक निर्माण कार्य अविलम्ब सुरु गर्न माग राखेर ०७७ माघ १२ सुनकोशी गाउँपालिका घेराउ…
पत्रकारमाथि दुर्व्यवहार घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी
अर्थ सरोकार सुदूरपश्चिम प्रदेश संयोजक तथा रेडियो धनगढीका समाचार संयोजक धनगढी उपमहानगरपालिका—८ बुद्ध चोकका पत्रकार २० वर्षीय सुर्दशन श्रेष्ठमाथि दुर्व्यवहार गरेको आरोपमा मालपोत कार्यालय,कैलालीका प्रमुख सुरेन्द्र केसीविरुद्ध पीडित पक्षले जिल्ला…
यौन दुर्व्यवहार कसुरमा पाँच वर्ष कैद सजायको फैसला
१६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा चामुण्डा बिन्द्रासैनी नगरपालिका–१ चापागाउँका २४ वर्षीय पदमबहादुर तामाङ्गलाई दैलेख जिल्ला अदालतले पाँच वर्ष कैद सजायको फैसला गरेको छ । यौन दुर्व्यवहार मुद्दाका सन्दर्भमा…