कुटपिट तथा दुर्व्यवहार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता
सिम्रोनगढ नपा–७ खजानी गाउँ निवासी यूुा विद्यार्थी सङ्घर्ष समितिका उपाध्यक्ष २४ वर्षीय सनी गुप्तालाई माघ १४ गते दिउँसो ११ बजेको समयमा कुटपिट तथा गाली गलौज गरी दुर्व्यवहार गरेको आरोपमा आरोपितविरूद्ध माघ १६ गते प्रहरीमा उजुरी परेको छ ।
उद्योग वाणिज्य सङ्घ सिम्रोनगढका अध्यक्ष र सिम्रोनगढ नगरपालिकाका उपमेयर रिमा देवीका पति ३५ वर्षीय जयन्त कुशवाहा र सोही नपा–२ अमृतगञ्ज गाउँमा बस्ने ३४ वर्षीय प्रमानहद मुखियाविरूद्ध माघ १६ गते इलाका प्रहरी कार्यालय सिम्रोनगढमा उजुरी दर्ता गरिएको हो ।
पीडितले उजुरी दिएकाले प्रक्रिया कसरी अगाडी बढाउने विषयमा इन्स्पेक्टर खगेन्द्र धमलसँग राय लिनु पर्ने मुद्दा शाखाका हवल्दार योगेश्वर दासले बताए ।
यसैबीच माघ १५ गते युवा विद्यार्थी सङ्घर्ष समितिले विज्ञप्तिमार्फत कुटपिट र दुर्व्यवहार घटनामा संलग्नलाई कारवाही गर्न माग गरेको छ ।
पीडित सनी गुप्ताका अनुसार तीन दिनसम्म इलाका प्रहरी कार्यालयमा दिएको उजुरी दर्ता भएन । माघ १६ गते मात्र उजुरी दर्ता गरिएको छ ।
सिम्रोनगढ नपा–२ मा रहेको ऐतिहासिक राम जानकी मन्दिरको मर्मत र पुनर्निर्माण कार्यका विषयमा रामजानकी मन्दिरभित्र रहेको प्रहरी चौकी सिम्रोनगढको प्राङ्गणमा छलफल भइरहेको समयमा गालीगलौज तथा कुटपिट गरेको पीडित गुप्ताको आरोप छ ।
ऐतिहासिक नगरीमा रहेको मन्दिर घुम्न आएका आगन्तुकहरूलाई अपशब्द बोलिरहेका समयमा यस्तो कार्य नर्गन आग्रह गर्दा एक्कासी आफूमाथि आक्रमण भएको गुप्ताले बताए ।
मन्दिरको पुरातात्विक संरचना भत्काउन डोजरको प्रयोग नगर्न आग्रह गर्दा उनीहरूलाई रिस उठेकाले आक्रमण गरेको पीडित गुप्ताले बताए ।
संस्कृतिक तथा नागरिक उड्ययन मन्त्रालय अन्तर्गत रहेको पुरातत्व विभागको टोलीले तत्काल निर्माण कार्य रोक्न निर्माण कम्पनीलाई निर्देशन दिएको छ ।
विभागले इँटा जाँच भएको प्रतिवेदनका साथ अर्को आदेश नआएसम्म कार्य रोक्न निर्देशन दिएको टोली नेता इञ्जिनियर सन्तोष यादवले बताए ।
बैठकमा किशोरी साह जयसवाल, वडा नं २ का वडा अध्यक्ष खुशिलाल कुशवाहा, नगर सभा सदस्य परमानन्द मुखिया, ओम प्रकाश सराफ, सन्नि सिन्नाह, रन्जित कुशवाहा, भरत साह, सञ्चर कर्मी अजय साह र साविर आलमलगायतका व्याक्तिहरू थिए ।
भोलानाथ पौडेल
सम्बन्धित समाचारहरू
यौन दुर्व्यवहार आरोपित गिरफ्तार
२२ वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा धनुषा जिल्ला सबैला नगरपालिका–१ स्थायी घरभई बाह्रविसे नगरपालिका–४ मा घडी पसल गरी अस्थायी बसोवास गर्दै आएका ४५ वर्षीय चन्द्रेश्वर महतोलाई प्रहरीले ०७८ वैशाख…
हत्या घटनाका आरोपित गिरफ्तार
काठमाडौं महानगरपालिका–१० बुलबुलेमार्ग बस्दै आएकी ४८ वर्षीया रोशनी राजभण्डारीको ०७८ वैशाख ४ गते साँझ हत्या गरेको आरोपमा देवर ४८ वर्षीय मोहन राजभण्डारीलाई प्रहरीले सोही दिन गिरफ्तार गरेको छ । पारिवारिक…
बालबालिकाको स्वास्थ्यको अधिकारप्रति संवेदनशील बन्न आयोगको आग्रह
गत वर्षदेखि विश्वलाई आक्रान्त पारिरहेको कोभिड–१९ को नयाँ स्वरुप नेपालमा समेत तीव्र रूपमा फैलिँदै गइरहेको र यसबाट बालबालिकाहरू बढी जोखिममा रहेको अवस्थाप्रति राष्ट्रिय मानव अधिकार आयोगले गम्भीर ध्यानाकर्षण जनाएको छ…
बलात्कार घटनाका आरोपित विरुद्ध प्रहरीमा उजुरी
३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा हंसपुर नपा–९ रुदौलीका ३२ वर्षीय अमित मण्डलविरुद्ध पीडितले वैशाख ३ गते हुलाकमार्फत जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी छन् । पीडित महिला नुहाइरहेको अवस्थामा आरोपित…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (वैशाख ५ गते)
वैशाख ५ गते ४ सय १३ जना महिला र ६ सय २ जना पुरुष गरी १ हजार १५ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ८४ हजार…