कुटपिट घटनाका आरोपित प्रहरी विरुद्ध उजुरी

  ०७६ पुस २९ गते

मलंगवा नपा२ का १७ वर्षीय अमरेन्द्र साहलाई पुस २६ गते राती ७:०० बजे गोरखकाली चौकी मलंगवाका प्रहरीले कुटपिट गरि घाइते बनाएको भन्दै पीडित पक्षले पुस २८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको छ । तर, प्रहरले उजुरी दर्ता गर्न नमानेको पीडितका दाजू २६ वर्षीय जितेन्द्र साहले जानकारी गराउनु भएको छ ।

जिल्ला अस्पताल मलंगवाबाट आफ्नो भतिजाको लागि भारतको विहार सोनबरसामा औषधी लिनजाने क्रममा आफूलाई प्रहरीले कुटपिट गरेको पीडितले बताउनु भयो ।

गोरखकाली चौकीका नाम नखुलेको हबल्दार आएर स्कुटर रोकि बिलबुक र लाइसेन्स देखाउन भनेपछि आफूसँग बिलबुक रहेको तर लाइसेन्स नभएको कारण जरिवान सिलिप काट्न भनि प्रहरी चौकीबाट आएका सिभिल ड्रेसमा रहेका प्रहरीले कुटपिट गरेको पीडितको आरोप छ । प्रहरी चौकीभित्र लगेर पनि आधा घण्टा कुटपिट गरेको पीडित पक्षले जनाएको छ ।

बालकको दायाँपट्टी नाक फुटेको, घाँटी पछाडीको छाला च्यातिएको र बाँया हात भाँच्चिएको छ । उहाँको जिल्ला अस्पताल मलंगवामा उपचार गरिएको छ ।

पीडित बालकको बुवा महोत्तरी जनपथ प्रहरीका सई नै रहेको कारण घटना सहमतीमा मिलापत्र गरिने जिल्ला प्रहरी कार्यालयका एसपी विश्वमणी पोखरेलले जानकारी दिनु भयो ।


वुधन साह