कुटपिट घटनाका आरोपित प्रहरी निलम्बित
आठविसकोट नगरपालिका ९ बगर निवासी २१ वर्षीया नेहा बिष्टलाई गत जेठ १ गते कुटपिट गरेको आरोपमा इलाका प्रहरी कार्यालय आठविसकोट काजमा रहेका प्रहरी हवल्दार पृथ्वीबहादुर आग्री, प्रहरी जवान शक्तिबहादुर परियार र आठबिसकोट नगर प्रहरी आठविसकोट नपा-९ की २१ वर्षीया निर्मला बिकलाई निलम्बन गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख डिएसपी ठगबहादुर केसीले जानकारी दिनुभयो ।
प्रहरी हवल्दार आग्री र प्रहरी जवान परियारलाई कर्णाली प्रदेश प्रहरीले असार ३१ गते र नगर प्रहरी बिकलाई आठबिसकोट नगरपालिकाले असार २५ गते निलम्बन गरेको हो ।
महिलामाथि कुटपिट गरिरहेको भिडियो समाजिक सञ्जालमार्फत सार्वजनिक भएपछि जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर कविराज रोकाको संयोजकत्वमा आन्तरिक छानबिन समिति र आठविसकोट नगरपालिकाले पनि प्रमुख प्रशासकीय अधिकृतको संयोजकत्वमा छानबिन समिति बनाएर छानबिन अगाडि बढाएका थिए ।
छानबिनको क्रममा प्रहरी हवल्दार र जवानको कमजोरी देखिएपछि उनीहरूलाई निलम्बन गरेको डिएसपी केसीको भनाइ छ ।
असार २३ गते नेहा बिष्टमाथि प्रहरीबाट कुटपिट भएको भिडियो सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको थियो ।
मनिषा केसी
सम्बन्धित समाचारहरू
कृषकको लगानी माथि आक्रमण, ढुक्क भएर काम गर्ने वातावरण मिलाउन माग
जिल्लामा कृषकको लगानी माथि एक पछि अर्को आक्रमण हुन थाले पछि कृषकहरूले ढुक्क भएर काम गर्ने वातावरण मिलाइदिन प्रहरी प्रशासनसँग माग गरेका छन् । चन्द्रकोट गाउँपालिका–३ हर्राचौरका शौभाग्य शाहको बाख्रा…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (माघ ६ गते)
माघ ६ गते ३ सय ४८ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ६७ हजार ९ सय ९२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत…
कोभिड–१९ः यो साता थपिएका सङ्क्रमित भन्दा निको भएका ७ सय बढी
यो साता थपिएका सङ्क्रमित भन्दा निको भएका सङ्क्रमितको सङ्ख्या ७ सय ले बढी छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्क अनुसार यो साता २ हजार १ सय ९९ सङ्क्रमित थपिएका…
यौन दुर्व्यवहार घटनाका फरार कसुरदार गिरफ्तार
यौन दुर्व्यवहार घटनाका फरार कसुरदार बुढीनन्दा नगरपालिका–५ का ३० वर्षीय दीपक शाहीलाई माघ ४ गते जिल्ला प्रहरी कार्यालय, बाजुराले चार वर्षपछि गिरफ्तार गरेको छ । यौन दुर्व्यवहार गरेको कसुरमा ०७४…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
पाँच वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले बुटवल उपमहानपा–१३ बेलबासका २२ वर्षीय आषिश पोखरेललाई माघ ३ गते गिरफ्तार गरेको छ । पीडितलाई आारोपितले पुस २९ गते मादक पदार्थ सेवन…