कुटपिट घटनाका आरोपित पति गिरफ्तार

  ०७६ भदौ २३ गते

सिमकोट गाउँपालिका-१ की २२ वर्षीया कुण्डला भण्डारीलाई कुटपिट गरेको आरोपमा प्रहरीले २२ वर्षीय पति रत्न भण्डारीलाई भदौ २२ गते गिरफ्तार गरेको छ ।

पतिले विवाहेत्तर सम्बन्ध राखी आफूलाई कुटपिट गर्ने गरेको भन्दै पीडित महिलाले भदौ २२ गते नै जिल्ला प्रहरी कार्यालय, हुम्लामा उजुरी दिएकी थिइन् ।

पीडित पक्षको उजुरीपछि आरोपितलाई गिरफ्तार गरी घटनाको अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय, हुम्लाका डिएसपी रामप्रसाद घर्तीमगरले जानकारी दिए ।

आरोपित भदौ १ गते बहुविवाहको उजुरीमा गिरफ्तार भई जिल्ला अदालतको भदौ २२ गतेको आदेश अनुसार ५० हजार रुपियाँ धरौटी तिरेर रिहा भएका थिए ।


नन्द सिंह