कुटपिट घटनाका आरोपित पति गिरफ्तार
शे–फोक्सुण्डो गाउँपालिका–३ की ३० वर्षीया थुन्चुक गुरुङलाई चिरपटले कुटपिट गरेको आरोपमा प्रहरीले ४२ वर्षीय पति पेम्बा गुरुङलाई वैशाख ३० गते गिरफ्तार गरेको छ ।
पीडित महिलालाई आरोपितले मदिरा सेवन गरी वैशाख २९ गते चिरपट प्रहार गरी घाइते बनाएको भन्दै पीडित महिलाले वैशाख ३० गते जिल्ला प्रहरी कार्यालय, डोल्पामा उजुरी दिएकी थिइन् ।
कुटपिट घटनाका आरोपितलाई जिल्ला प्रहरी कार्यालय, डोल्पास्थित हिरासतमा राखी अनुसन्धान गरिरहेको इन्स्पेक्टर इन्द्रबहादुर साउदले जानकारी दिए ।
पतिको कुटपिटबाट आँखा र गोडामा चोट लागेकी पीडितको जिल्ला अस्पताल, दुनैमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय, डोल्पाले जनाएको छ ।
विष्णुप्रसाद देवकोटा
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (माघ ४ गते)
माघ ४ गते २ सय ६६ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ६७ हजार ३ सय २२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा धनगढीमाई नपा–१३ का १८ वर्षीय प्रभुप्रसाद यादवलाई इलाका प्रहरी कार्यालय लहानले माघ ३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले माघ २ गते…
मानव बेचबिखन प्रयास घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई जोगबनी नाका हुँदै भारत पुर्याएर बेचबिखन प्रयास गरेको आरोप प्रहरीले सुनसरी, धरान उपमहानगरपालिका–१७ का ३२ वर्षीय आशिष सुनुवारलाई पुस २९ गते विराटनगरबाट गिरफ्तार गरेको छ । पीडित…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (माघ ३ गते)
माघ ३ गते २ सय ४० जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ६७ हजार ५६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा…
घरेलु हिंसा पीडित महिलाद्वारा प्रहरीमा उजुरी
कालिका गाउँपालिका–२ की ४७ वर्षीया एकल महिला सीताकुमारी नगरकोटीले आफूलाई कुटपिट गरेको आरोपमा कान्छा ससुरा ७१ वर्षीय मङ्गलदाश श्रेष्ठ र कान्छी सासू ६५ वर्षीया विष्णुमाया श्रेष्ठविरुद्ध माघ ३ इलाका प्रहरी…