कुटपिट घटनाका आरोपित गिरफ्तार

  ०७३ चैत १४ गते

दोगडाकेदार गाँउपालिका-२ बडियाँकी २३ वर्षीया माधवी जोशीलाई कुटपिट गरेको आरोपमा प्रहरीले २५ वर्षीय पति दिपेन्द्र जोशीलाई चैत १४ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले समयसमय कुटपिट गर्ने गरेको र पछिल्लो पटक चैत १० गते निर्घात कुटपिट गरको भन्दै पीडितले चैत ११ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् ।

पीडित महिलालाई यस भन्दा अघि पनि समय-समयमा कुटपिट गर्ने गरेको जिल्ला प्रहरी कार्यालय बैतडीको महिला तथा बालबालिका सेवा केन्द्रकी जवान पार्वती अवस्थीले बताइन् ।

पीडित महिलाका एक डेढ वर्षीय छोरा छन् । पीडित महिलाको स्वास्थ्य उपचार जिल्ला अस्पतालमा गरिएको र हाल उनी दशरथचन्द नपा-७ सुरकालमा रहेका माइतीघरमा बस्दै आएकी छन् ।


नरी बडु