कुटपिट घटनाका आरोपित गिरफ्तार

   ०७६ माघ २८ गते

भोक्राहा नरसिंह गाँउपालिका–५ की २३ वर्षीया आस्मा खातुनलाई कुटपिट गरेको आरोपमा प्रहरीले ४८ वर्षीय सुसुरा लछुवा मियाँलाई माघ २८ गते गिरफ्तार गरेको छ ।

आरोपितले घरायसी विवादका क्रममा माघ २७ गते कुटपिट गरेको आरोपमा पीडितले सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि अनुसन्धानका लागि गिरफ्तार गरेको इन्स्पेक्टर बिनु बस्नेतले बताउनुभयो ।

घाईतको जिल्ला अस्पताल इनरूवामा माघ २७ गते उपचार गरिएको छ ।


जयकृष्ण यादव