कुटपिट घटनाका आरोपित गिरफ्तार

  ०७६ माघ ५ गते

बेल्डाँडी गाउँपालिका–१ टाइगर बस्तीका ३१ वर्षीया गीता खड्का र सोही ठाउँकी २४ वर्षीया इश्वरी खड्कालाई माघ ४ गते कुटपिट गरेको आरोपमा सोही गाउँका ३३ वर्षीय दलबहादुर शाहलाई माघ ४ गते प्रहरीले गिरफ्तार गरेको छ ।

महिनावारी भएको अवस्थामा घर आगनको बाटो हिडदा भैसीले दुध नदिएको भन्दै  शाहले कुटपिट गरेको भन्दै पीडित गीता खड्कले माघ ४ गते बेल्डाँडी प्रहरी चौकीमा उजुरी दिएपछि आरोपित शाहलाई गिरफ्तार गरी इलाका प्रहरी कार्यालय, बेल्डाँडीको हिरासतमाराखि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका डिएसपी नरेन्द्रबहादुर चन्दले बताउनु भयो ।

महिलावारी भएको अवस्थामा घर आगनको बाटो हिडदा भैसीले दुध नदिएको भन्दै  शाले गितालाई तथानाम गालिगलौच र कुटपिट गरेपछि त्यसको बिरोध गर्दा आफूलाई समेत शाहले कुटपिट गरेको  पीडित इश्वरी खड्काले बताउनु भयो ।

गिता र इश्वरी खड्कलाई खेतबारीमा नहिड्नुस भनेर भन्दा उल्टै झकडा गर्न थालेपछि सामान्य विवाद भएको आरोपित शाहले बताउनु भयो ।

कुटपिटबाट गीता र इश्वरीको हात र खुट्टामा चोट लागेको छ । घाइते दुबै जनाको धनगढीस्थित नोभा अस्पतालमा उपचार भइरहेको छ ।

 


कोमलनिरन्जन भाट