कुटपिट गरेको आरोपमा देवर गिरफ्तार
डाँडापराजुल गाविस-५ सिमटोलकी २८ वर्षीया पूजा भण्डारीलाई दाउरा प्रहार गरी घाइते बनाएको आरोपमा प्रहरीले उनका ३५ वर्षीय देवर भीमबहादुर भण्डारीलाई कात्तिक १५ गते गिरफ्तार गरेको छ ।
पीडित महिलालाई दुई महिनादेखि भएको अंशसम्बन्धी विवादलाई लिएर कात्तिक १४ गते दाउराले टाउकोमा प्रहार गरेको आरोप छ ।
'कात्तिक १४ गते बिहान खाना खाने तयारीमा थियौँ । भाइले एक्कासी पछिल्तिरबाट टाउकोमा दाउराले प्रहार गर्यो । पूजा बेहोस भइन् ।'-पीडितका पति जङ्गबहादुर भण्डारीले भने ।
पीडित महिलाको प्राथमिक उपचार स्थानीय स्वास्थ्यचौकीमा गरेपछि अहिले जिल्ला अस्पतालमा थप उपचार भइरहेको छ । पीडित महिलाको टाउकोमा नौ ओटा टाँका लगाइएको उनका पतिले बताएका छन् ।
पीडित महिलालाई आरोपितले दाउराले प्रहार गरेको बेला छुट्याउन गएकी पूजाकी जेठी छोरी १४ वर्षीया जानकी भण्डारी र पूजाकी बहिनी २१ वर्षीया सीता खड्कालाई पनि चोट लागेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर भुवनेश्वरप्रसाद साहले जानकारी दिए ।
अमर सुनार
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (माघ ४ गते)
माघ ४ गते २ सय ६६ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ६७ हजार ३ सय २२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा धनगढीमाई नपा–१३ का १८ वर्षीय प्रभुप्रसाद यादवलाई इलाका प्रहरी कार्यालय लहानले माघ ३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले माघ २ गते…
मानव बेचबिखन प्रयास घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई जोगबनी नाका हुँदै भारत पुर्याएर बेचबिखन प्रयास गरेको आरोप प्रहरीले सुनसरी, धरान उपमहानगरपालिका–१७ का ३२ वर्षीय आशिष सुनुवारलाई पुस २९ गते विराटनगरबाट गिरफ्तार गरेको छ । पीडित…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (माघ ३ गते)
माघ ३ गते २ सय ४० जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ६७ हजार ५६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा…
घरेलु हिंसा पीडित महिलाद्वारा प्रहरीमा उजुरी
कालिका गाउँपालिका–२ की ४७ वर्षीया एकल महिला सीताकुमारी नगरकोटीले आफूलाई कुटपिट गरेको आरोपमा कान्छा ससुरा ७१ वर्षीय मङ्गलदाश श्रेष्ठ र कान्छी सासू ६५ वर्षीया विष्णुमाया श्रेष्ठविरुद्ध माघ ३ इलाका प्रहरी…