कुटपिट गरी पत्नीको हत्या, आरोपित फरार

  ०७६ साउन २९ गते

बर्जु गाँउपालिका-५ की २३ वर्षीया अवनदेवी यादवलाई कुटपिट गरी २६ वर्षीय पति प्रदिप यादवले हत्या गरेको प्रहरीले जनाएको छ ।

घरायसी विवादका क्रममा साउन २८ गते यादवले कुटपिट गर्दा घाइते भएकी अवनदेवीको उपचारका क्रममा मृत्यु भएको हो ।

विराटनगरस्थित लाईफ गार्ड अस्पतालमा उपचारका क्रममा साउन २८ गते उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय चिमडीले जनाएको छ ।

घटना लगत्तै आरोपित फरार रहेको र उनको खोजी थालिएको प्रहरीले जनाएको छ । शवको पोष्टमार्टम बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान साउन २९ गते गरी शव परिवारको जिम्मा लगाएको प्रहरीले जनाएको छ ।


जयकृष्ण यादव