कुटपिट गरी घाइते बनाएको आरोपमा पति गिरफ्तार
सन्धिखर्क नपा–१५ डिर्भनाकी १९ दिनकी सुत्केरी २३ वर्षीया अञ्जना श्रेष्ठलाई छोरी जन्माएको आरोपमा कुटपिट गरेको आरोपमा २५ वर्षीय पति नारायण श्रेष्ठलाई प्रहरीले असोज २ गते गिरफ्तार गरेको छ ।
भदौ २९ गते जिल्ला अस्पतालबाट छोरीको उपचारपछि घर फर्कँदै गर्दा बेहोस हुनेगरी कुटपिट गरी जङ्गलमा छोडेर घर गएको आरोपमा पीडितका आफन्तले भदौ ३१ गते नारायणविरुद्ध प्रहरीमा उजुरी दिएका थिए ।
सन्धिखर्कको ओख्रे जङ्गलमा छोरी जन्माएको भन्दै १९ दिनकी सुत्केरी पत्नीलाई नारायणले भदौ २९ गते कुटपिट गरेको पीडित महिलाले बताइन् ।
‘विवाह भएको एक वर्षदेखि बच्चा नजन्माएको भन्दै कुटपिट गर्नुहुन्थ्यो । बच्चा भएपछि छोरी जन्माई भनेर गालिगलौज गरिरहनुभयो । भदौ २९ गते दिउँसो छोरीको उपचार पछि घर आउँदै गर्दा बाटोमा तंैले छोरी जन्माउने भन्दै कुटपिट गरेपछि बेहोस भई लडेँ ।’ अञ्जनाले भनिन् ।
पतिको कुटपिटका कारण अञ्जनाको टाउको र शरीरको अन्य भागमा स–साना चोटहरू भएको प्रहरीले जनायो ।
सूचनाको आधारमा प्रहरीले भदौ ३० गते खोजतलास गर्दै जाँदा अञ्जनालाई सन्धिखर्कको ओख्रे जङ्गलमा फेला पारेपछि सोही दिनदेखि जिल्ला अस्पताल सन्धिखर्कमा उपचार गराइएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर सुजन राजभण्डारीले जानकारी दिए ।
नारायण भुसाल
सम्बन्धित समाचारहरू
सदरमुकाममा भन्सार कार्यालय, तीन हजार राजश्व बुझाउनका लागि पन्ध्र हजार रुपियाँ खर्च
जिल्लाको उत्तरी क्षेत्रमा रहेको किमाथाङ्का सीमा भन्सार कार्यालय सदरमुकाम खाँदबारीमा बस्दा सेवाग्राहीले सास्ती पाएका छन् । ३ हजार २ सय ५४ रुपियाँ भन्सार राजश्व बुझाउँन पाँच दिनको पैदल यात्रा गरी…
विद्यार्थीलाई दुर्व्यवहार गरेको घटनाका आरोपित शिक्षक गिरफ्तार
विद्यार्थीलाई अश्लिल शब्द प्रयोग गरेर म्यासेज पठाएको आरोपमा रत्ननगर नगरपालिका–१० मा रहेको क्रिष्टल कलेजका शिक्षक खैरहनी नगरपालिका–२ निवासी ४० वर्षीय हरि न्यौपानेलाई इलाका प्रहरी कार्यालय रत्ननगरको प्रहरी टोलिले फागुन २०…
स्काभेटरको ठक्करबाट मृत्यु भएकी महिलाका परिवारद्वारा शव बुझ्न अस्वीकार
त्रिपुरासुन्दरी गाउँपालिका–१ सल्यानटारकी ४५ वर्षीया सरस्वती कुमालको स्काभेटरको ठक्करबाट मृत्यु भएको चार दिन वितिसक्दा पनि शव उठेको छैन । स्काभेटर चालक दाङ जिल्ला निवासी भीमबहादुर बुढाथोकीले फागुन १७ गते सल्यानटार…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ३८ वर्षीय बुबालाई गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले पटकपटक बलात्कार गर्ने गरेको भन्दै छिमेकीहरुले फागुन २० गते जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट…
बलात्कार घटनाका आरोपित विरूद्ध उजुरी
१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा पीडितपक्षले मायादेवी गाउँपालिका–२ तिलौरीका २४ वर्षीय रवि भनिने विर्जलाल थारू विरूद्ध फागुन १८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् । पीडितलाई आरोपितले विवाहको …