कुटपिट गरी आमाको हत्या गरेको आरोपमा छोरा गिरफ्तार

  ०७५ असार १० गते

भिमसेन थापा गाउँपालिका-१ मसेल स्थित माझथोककी ६३ वर्षीया विवा विश्वको हत्या गरेको आरोपमा प्रहरीले ३२ वर्षीय छोरा राजेश विश्वलाई असार ९ गते गिरफ्तार गरेको छ ।

गत जेठ २४ गते छोराको कुटाइबाट अपाङ्गता भएकी आमा ६३ वर्षीया विवा विश्व घाइते बनेकी थिइन् ।

छोराको कुटाइबाट घाइते बनेकी विवाको ९ गते बिहान तीन बजेतिर मृत्यु भएछि सोही कारण उनको मृत्यु भएको आरोपमा छोरालाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी भेषराज रिजालले बताए । भिमसेन गाउँपालिका-१ दरौदी स्थिीत निवेल घाटबाट राजेशलाई गिरफ्तार गरिएको हो ।

'शव जलाउन लाग्दा छोरा र मलामीलाई पनि गिरफ्तार गरेका छौँ । घटनामा मलामीहरूको संलग्नता छ वा छैन अनुसन्धान हुँदैछ । अनुसन्धानको क्रममा रहेकाले मलामीहरू बारे अहिले हामीले केहि सार्वजनिक गरेका छैनौँ ।'-रिजालले भने । छोराको कुटाइबाट आमाको मृत्यू भए नभएको पनि अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

मृतकको टाउको, निधार र शरीरका विभिन्न भागमा चोट देखिएको उनले बताए । मृतक विवाको शव पोष्टमार्टमका लागि गोरखा अस्पतालमा राखिएको छ ।


हरिराम उप्रेती