कुटपिटबाट ७५ वर्षीय ज्येष्ठ नागरिकको हत्या

  ०७६ वैशाख २ गते

भोक्राह नरसिंह गाउँपालिका–३ सर्बरिया टोलमा कुटपिटबाट वैशाख १ गते एक बृद्धको मृत्यु भएको छ । भोक्राह नरसिंह गाउँपालिका–७ का ७५ वर्षीय जागेश्वर मण्डललाई वैशाख १ गते राति साढे ११ बजे सोही ठाउँका २९ वर्षीय शङ्कर मण्डलले कुटपिट गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

कुटपिटबाट मण्डलको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । घटनामा संलग्न दुवै जनालाई गिरफ्तार गरेर प्रहरीको नियन्त्रणमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी ज्ञानेन्द्रप्रसाद फुयालले बताए । शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सुनसरीमा राखिएको छ ।


जयकृष्ण यादव