कुटपिटकै कारण विद्यार्थीको हत्या भएको कसुर ठहर गर्दै शिक्षकलाई १० वर्ष कैदको फैसला

  ०७६ माघ १४ गते

महाकाली बाल विद्यालयका १४ वर्षीय छात्र माधव कलौनीको सोही विद्यालयका शिक्षक लक्ष्मणदत्त भट्टले कुटपिट गरेकै  कारण मुत्यु भएको कसुर ठहर गर्दै कञ्चनपुर जिल्ला अदालतले माघ १३ गते १० वर्ष कैद फैसला सुनाएको छ ।

जिल्ला अदालतका न्यायाधीश गोपालप्रसाद बास्तोलाको एकल इलासले शिक्षक  भट्टलाई १० वर्ष कैद फैसला सुनाएको हो ।

भीमदत्त नगरपालिका– ५ बनगाउँस्थित मामाघरमा बसेर कक्षा नौ मा अध्ययनरत कलौनीलाई असार १३ गते विद्यालयका शिक्षक भट्ट सहित विद्यालयका प्रिन्सिपल योशदा जोशी,विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निरजप्रसाद बोहरा र शिक्षकद्वय दुर्गादत्त पाठक र हर्कबहादुर जाग्रीका विरूद्व पीडित पक्षले असार २५ गते  ज्यान सम्बन्धी कसुरमा मुद्दा दायर गरेका थिए ।

घटनाका अन्य चार जना आरोपितलाई भने जिल्ला अदालतले सफाइ दिएको छ ।

गत असार महिनामा शिक्षकको कुटाईबाट घाइते भएका छात्र कलौनीको भारतमा उपचारका क्रममा मृत्यु भएको थियो ।

 


कोमलनिरन्जन भाट