किसान परिचय पत्र छिट्टै वितरण गरिन्छः मन्त्री पौडेल

  ०७७ मङसिर ५ गते

किसान परिचय पत्र छिट्टै वितरण गरिने भूमि व्यवस्था, कृर्षि तथा सहकारी मन्त्री आरती पौडेलले बताउनु भयो । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालय, नेपालगञ्जको आयोजनामा मङ्सिर ५ गते आयोजित शिक्षा , स्वास्थ्य , खाद्य तथा आवासको अधिकारका सवालमा प्रदेश सरकार र व्यवस्थापिकाको भूमिका विषयक गोष्ठीमा बोल्दै मन्त्री पौडेलले उक्त कुरा  बताउनु भएको हो ।

मन्त्री पौडेलले सङ्घीय सरकारसँगको समन्वयमा किसानहरूको वर्गीकरण गरि किसान परिचय पत्र गराउने काम अगाडि बढाएकोले कोही पनि किसानहरू मर्कामा नपर्ने बताउनु भयो । उहाँले लुम्बिनी प्रदेशको प्रत्येक जिल्लामा रहेका भूमिहीन नागरिकहरूलाई कृर्षिमा सहुलियत कर्जाको माध्यमबाट कृर्षि उत्पादनमा अगाडि बढाउने योजना रहेको बताउनु भयो ।

photo2020112002banke

मन्त्री पौडेलले प्रदेशका १२ वटै जिल्लामा कोभिड अस्पताल सङ्रचना बनाएर जनशक्ति बढाउने बताउदै  अन्य रोगको उपचारको लागि भारत धाउन नपर्ने गरि बुटवल प्रादेशिक अस्पताललाई सुविधा सम्पन्न बनाइने बताउनु भयो ।

नेपाल बारका उपाध्यक्ष सुनिल श्रेष्ठले पीसीआर परीक्षण निशुल्क बनाउनु पर्ने बताउदै  चिकित्सकहरू बिरामीलाई सेवा नदिएको गुनासो आएकाले सुधार ल्याउनु पर्ने बताउनु भयो ।

उच्च अदालत बारका अध्यक्ष विकास आचार्यले कोभिडका माहामारीका कारण विद्यार्थीहरूको पठन पाठनमा समस्या भएको बताउदै स्वास्थ्य मापदण्ड अपनाएर सुरक्षित तरिकाले पठन पाठन सुचारू गर्न सुझाव दिइने बताउनु भयो ।

भेरी अस्पताल, नेपालगञ्जका मेडिकल सुपरिटेण्डेन  डाटर प्रकाश थापाले सिमित स्रोत साधनका बावजुदपनि स्वास्थ्य सेवा प्रवाह भइरहेको बताउनु भयो । उहाँले सरकारबाट बजेट कम आउने र खर्च बढी हुने भएकोले यसको व्यवस्थापनमा केहि समस्या रहेको बताउनु भयो ।

photo202011204banke

उपभोक्ता हित सङ्रक्षण मञ्चका केन्द्रीय सदस्य  बसन्त गौतमले खाद्य सुरक्षाका कुरा नागरिकको प्रत्यक्ष स्वाथ्यसँग जोडिएको हुँदा बिषादी रहित खाद्यमा जोड दिनुपर्ने बताउनु भयो । फियान नेपालका प्रमुख सुरेशकुमार गौतमले भेरी अस्पतालमा कोभिडका बिरामीहरूलाई खानपिन लगायतका कुराहरूलाई अझ बढी व्यवस्थित गर्नुपर्ने बताउनु भयो ।

मानव अधिकारकर्मी प्रभातकुमार ठकुरीले कोभिडका बिरामिहरूलाई आइसोलेशन ल्याउदाँ अक्सिजनबीना  बिरामी ल्याउदा जोखि बढ्ने गरेकाले सुधार ल्याउनु पर्ने बताउनु भयो ।

यसैगरी, फातिमा  फाउण्डेशनकी  मैमुना सिद्दिकी, मानव अधिकार समूह राप्ती सोनारी गाउँपालिकाकी संयोजक धनि वली र बैजनाथ गाउँपालिकाका संयोजक भागिलाल बिकले आफ्नो धारणा राख्नु भएको थियो ।


स्मृति देवकोटा