कार्यालय तोडफोड गरेको आरोपमा दुई जना गिरफ्तार
ईलाका प्रशासन कार्यालय सुपौली कार्यालयमा तोडफोड गरेको आरोपमा प्रहरीले जिराभवानी गाउँपालिका–५ का २२ वर्षीय अजय महतो र १८ वर्षीय शिवशङ्कर महतोलाई फागुन २२ गते गिरफ्तार गरेको छ ।
जिराभवानी गाउँपालिकाको सुपौलीमा रहेको ईलाका प्रशासन कर्यालयले सेवाग्राहीलाई सेवा नदिएको भन्दै उनीहरूले कार्यालयमा हुलहज्जा गर्नुका साथै कार्यालयको साइनबोर्ड तोडफोड गरेका थिए ।
आरोपित दुबै जनालाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय पर्सामा पठाइएको इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका इन्स्पेक्टर दिपक चोरवारले जानकारी दिनु भयो ।
ईलाका प्रशासन कार्यालयमा कर्मचारी समायोजनको नाममा भएको सरुवा पछि शाखा अधिकृत सहितको जनशक्ती नहुँदा सेवाग्रहीहरूको काम समयमा हुन सकेको छैन ।
इलाका प्रशासन कार्यालय सुपौलीमा विगत १ महिना देखि कर्मचारी अभाव रहेको छ । कर्मचारी नहुँदा सेवाग्राहीलाई समस्या भएको स्थानियले बताएका छन् ।
इलाका प्रशासन कार्यालय अन्तर्गत ठोरी, जिराभवानी, जगरनाथपुर र पटेर्वा सुगौली गाउँपालिकावासीको नागरिकता, शान्ति र सुरक्षा लगायतका प्रशासनिक सेवा प्रदान हुँदै आएको हो ।
केसी लामिछाने
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (माघ ८ गते)
माघ ८ गते ३ सय ३६ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ६८ हजार ६ सय ४६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत…
सातौँ प्रदेशसभा बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित
बागमती प्रदेशको सातौँ प्रदेशसभा बैठक तीनघण्टा मात्र सञ्चालन भएर पुनः अर्को सूचना नभएसम्मका लागि स्थगित भएको छ । प्रदेशसभाको छैटौँ अधिवेशन ०७७ साउन ८ गते स्थगित भएकोमा ६ महिनापछि सुरु…
युपिआरको तेस्रो चक्रको ३७ औँ सत्रमा नेपालको मानव अधिकारको समीक्षा सम्पन्न
विश्वव्यापी आवधिक समीक्षा (युपिआर) को तेस्रो चक्रको ३७ औँ सत्र अन्तर्गत नेपालको सम्पुर्ण मानव अधिकारको समीक्षा माघ ८ गते स्वीजरलैण्डको जेनेभामा भर्चुअल माध्यमबाट सम्पन्न गरिएको छ । संयुक्त राष्ट्रसङ्घको मानव…
मानव अधिकारकर्मीहरूद्वारा हिरासत कक्षको अनुगमन
राष्ट्रिय मानव अधिकार आयोग, इन्सेक र एडभोकेसी फोरमले संयुक्त रुपमा माघ ६ गते जिल्ला प्रहरी कार्यालयको हिरासत कक्षको अनुगमन गरेका छन् । अनुगमन टोलीले थुनुवाहरूलाई भेटेर उनीहरूको अवस्था, स्वास्थ्य परीक्षण,…
प्रतिबन्धित नेकपाका मोरङ इञ्चार्ज गिरफ्तार
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीको मोरङ इञ्चार्ज ३२ वर्षीय धनबहादुर विकलाई गिरफ्तार गरेको प्रहरीले जनाएको छ । सङ्खुवासभा, मादी नगरपालिका–४ स्थायी घर भई बुढीगङ्गा गाउँपालिका–४ मोरङमा पार्टी…