कार्यालयमा नै स्वास्थ्य चौकी इन्चार्जमाथि जातीय भेदभाव

  ०७५ वैशाख ९ गते

राइनास नगरपालिका -६ स्थित स्वास्थ्य चौकीका इन्चार्ज (हेल्थ असिसटेन्ट) २९ वर्षीय राजेश दुलाल र  अनमी २२ वर्षीय वर्षा सुनारमाथि जातीय भेदभाव भएको बेसीशहरमा ०७५ साल वैशाख ९ गते आयोजित पत्रकार सम्मेलनमा जनाइयो छ । कार्यालयले ०७४ साल चैत ३० गते आयोजना गरेको सार्वजनिक कार्यक्रमपछि खाजा खाने क्रममा दलितले खाजा छोएको भनि स्वास्थ्य चौकीमा कार्यरत अनमी ४५ वर्षीया सरस्वती चिलुवाल लगायत ६ जनाले सामुहिक रुपमा खाजा बहिष्कार गरेको पत्रकार सम्मेलनमा जानकारी गराइयो । जातीय भेदभावको उजुरी दर्ता गर्न राइनास नगरपालिका कार्यालयमा जाँदा प्रमुख प्रशासकीय अधिकृत ४४ वर्षीय देवबहादुर अधिकारीले निवेदन दर्ता गर्न नमानेको र  दुलाललाई धम्क्याएर दोषीको पक्ष लिइ दोषीहरूलाई नै संरक्षण गर्न खोजेको विज्ञप्तिमा उल्लेख छ । समस्या समाधनको लागि वैशाख ५ गते स्वास्थ्य चौकी इन्चार्ज राजेश दुलालले स्वास्थ्य स्वयम्सेविकाहरूलाई बैठक राखेर सम्झाउँदा कामी सार्कीले छोएको खाना नखाने भनी सरस्वती चिलुवालले सार्वजनिक कार्यक्रममा भनेको भिडियो रेकर्ड पत्रकार सम्मेलनमा देखाइएको थियो ।


दलबहादुर मजाकोटी