कारागार भवनको छानो चुहिँदा कैदीबन्दीलाई समस्या

  ०७६ असोज १३ गते

कारागार भवनको छानो चुहिएपछि कैदीबन्दीलाई बस्न समस्या भएको छ । केही दिनयता झरी परेपछि कारागार भवनको छानो चुहिँदा समस्या भएको चौकीदार प्रेमवाला राईले बताए ।

सात वर्षअघि निर्माण भएको भवन गुणस्तरहीन भएकाले पानी चुहिने समस्या भएको चौकीदार राईको आरोप छ ।

कारागारसहित क्वाटरमा पानी चुहिएर समस्या भएको कारागार प्रमुख प्रदीप श्रेष्ठले बताए । छानो र भवन हेर्दा नयाँ देखिए पनि गुणस्तरहीन काम भएकाले समस्या सुरू भएको श्रेष्ठको भनाई छ ।

पानी चुहिने समस्या तत्काल समाधान गर्न सव डिभिजन कार्यालयलाई जानकारी गराएपनि पहल नभएको श्रेष्ठले बताए । कारागारमा हाल महिला र पुरूष गरी २ सय ५९ जना कैदीबन्दी रहेका छन् ।


कोकिला ढकाल