कारागारमा दुई समूहबिच झडप हुँदा ६ जना घाइते

  ०७७ फागुन १७ गते

जिल्ला कारागार तनहुँमा फागुन १७ गते दिउँसो दुई समूहबिच झडप हुँदा ६ जना कैदीबन्दी घाइते भएका छन् ।

अन्यत्रका कैदीबन्दीलाई तनहुँ कारागारमा स्थान्तारण गरेपछि नाइके बन्ने विषयमा दुई समूहबिच झडप हुँदा कैदी कुलबहादुर तामाङ, अनुप थापा, माधव कँडेल, धनबहादुर शाही, दिपक दर्जी र ज्ञानबहादुर विक घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँका एसपी अरुण पौडेलले जानकारी दिनुभयो ।

झडपपछि तनहुँका प्रमुख जिल्ला अधिकारी सागर आचार्य र जिल्ला प्रहरी कार्यालय तनहुँका एसपी अरुण पौडेल कारागार पुग्नुभएको थियो ।

झडपपछि २५ जना कैदीबन्दीलाई राति नै अन्यत्र स्थानान्तरण गरिएको र घाइतेहरुको दमौली अस्पतालमा उपचार भइरहेको प्रमुख जिल्ला अधिकारी आचार्यले बताउनुभयो ।


प्रकाशचन्द्र भट्टराई