कारागारमा क्षमताभन्दा धेरै कैदीबन्दी हुँदा समस्यामा
कारागार शाखा धुन्चेमा क्षमता भन्दा धेरै कैदीबन्दी हुँदा स्वास्थ्य परीक्षण, खानेपानी, शौचालय जस्ता अत्यावश्यक सेवामा समस्या रहेको छ ।
‘ङ’ श्रेणीको जिल्ला कारागारको क्षमता २५ जनाको छ । तर हाल यस कारागारमा १ सय १५ जना कैदी र ११ जना थुनुवा गरी १ सय २६ जना छन् । जसमा महिला पाँच जना छन् । यस वर्ष यहाँ आश्रित बालबालिका छैनन् ।
कारागारमा ६० वर्षमाथिका चार जना पुरुष छन् भने दुई जना मानसिक र दुई जना मधुमेय तथा रक्तचापको नियमित औषधि सेवन गर्नेहरू रहेका छन् ।
२०३३ सालमा निर्माण भएको यस कारागारको तीन ओटा भवनमध्ये पुरुष बस्ने दुई ओटा भवन मर्मत अभावमा जीर्ण बनेका छन् ।
क्षमता भन्दा धेरै कैदीबन्दी हुँदा सुत्न, शौचालय जान, खाना बनाउन तथा खान समेत पालो गर्नु पर्ने बन्दी देवावाङ्दी तामाङले बताउनु भयो । नेपाल सरकारले कैदीबन्दीका लागि दिएको स्वास्थ्य सेवा, खेलकुदलगायतको सुविधाबाट समेत वञ्चित भएको उनीहरूले गुनासो गरेका छन् ।
कोभिड –१९ का कारण कारागारमा आफन्त भेटघाट बन्द गरिएको छ । टेलिफोन सम्पर्कका लागि बिहान ७ देखि ५ बजेसम्म खुला रहेन व्यवस्था छ ।
०७२ वैशाखको भूकम्पले भवनमा क्षति पुगेपछि बन्दीहरूलाई अझैसम्म अस्थायी टहरामा राखिएको कारागार प्रमुख नरबहादुर थापाले बताउनु भयो ।
कारागारमै स्वास्थ्यकर्मी व्यवस्था गरेर कैदैबन्दीहरूको समय/समयमा स्वास्थ्य परीक्षण गरी स्वास्थ्य उपचार, औषधी वितरण तथा रेखदेख गर्ने गरिएको र बिरामी परेको समयमा स्वास्थ्य परीक्षण गर्ने र जिल्लामा उपचार नभएमा विभागिय स्वीकृति लिएर थप उपचारका लागि अन्यत्र पठाउने व्यवस्था रहेको प्रमुख थापाले जानकारी दिनु भयो ।
अब भौतिक दुरी कायम गरेर आफन्त भेटघाटको पनि वातावरण तयार गर्न आफूले छलफल गरेको उहाँले बताउनुभयो । कोभिड–१९ को सङ्क्रमण हुन नदिन नै आफन्त भेटघाट बन्द गरिएको कारागारका बन्दी देवावाङ्दी तामाङले बताउनुभयो ।
कारागारमा कोभिड–१९ सङ्क्रमण हालसम्म देखिएको छैन । कारागारमा बाहिरबाट सुरुवा भएर आउने कैदीबन्दीलाई पीसीआर परीक्षण गरेर प्रतिवेदन सहित ल्याउने र एकसातासम्म छुट्टै राख्ने गरिन्छ ।
राष्ट्रिय मानवअधिकार आयोग र इन्सेकले समय समयमा कारागारको अनुगमन गर्ने गरेका छन् । अनुगमनका क्रममा कोचिएर बस्नु पर्ने, मास्क, सेनिटाइजर जस्ता स्वास्थ्य सामग्री अभाव भएको बन्दीलेहरूले गुनासो गर्दै आएका छन् ।
बन्दीहरूलाई नियमानुसार दैनिक ७ सयग्राम चामल र ४५ रूपियाँ दिइन्छ ।
हेमनाथ खतिवडा
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (फागुन २१ गते)
फागुन २१ गते १ सय २० जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ७४ हजार ६ सय ८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत…
यौन दुर्व्यवहार गरेको कसुरमा २ महिना कैद सजायको फैसला
१९ वर्षीया युवतीलाई यौन दुर्व्यवहार गरेको कसुरमा सल्यानको बनगाड कुपिण्डे नगरपालिका –२ का २८ वर्षीय गोपाल सुनारलाई जिल्ला अदालत सल्यानले दुइ महिना कैद तथा १० हजार क्षतिपुर्तिको फैसला गरेको छ…
हत्या घटनाका आरोपित गिरफ्तार पछि प्रहरीद्वारा सार्बजनिक
रेसुङ्गा नगरपालिका– ३ की २१ वर्षीया सम्झना बोहराको हत्या गरेको आरोपमा प्रहरीले सोही ठाउँका ४७ वर्षीय लालबहादुर खत्रीलाई फागुन १७ गते गिरफ्तार गरी प्रारम्भिक अनुसन्धानबाट हत्यामा सङ्लग्न रहेको पाइएपछि प्रहरीले…
सामुहिक बलात्कार घटनाका एक जना आरोपित गिरफ्तार
३२ वर्षीया महिलालाई सामुहिक बलात्कार गरी फरार रहेका जुगल गाउँपालिका–४ का २० वर्षीय दिलिप सापकोटालाई ०७७ फागुण १९ गते चौतारा बजारबाट गिरफ्तार गरेकोे जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर रामचन्द्र घिमिरेले बताउनुभयो…
दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
हेटौँडा उपमहानगरपालिका–१५ स्थित रिद्धीसिद्धी सिमेन्ट उद्योगका महिला कर्मचारीमाथि दुर्व्यवहार गरेको आरोपमा प्रहरीले फागुन १७ गते उद्योगका महाप्रबन्धक तथा पूर्व एसएसपी ५८ वर्षीय लोकेन्द्रबहादुर मल्ललाई गिरफ्तार गरेको छ । आरोपितले उद्योगमा…