बागमती प्रदेशका विभिन्न जिल्ला कारागारबाट कैदी बन्दीहरू रिहा
कोरोना भाइरस (कोभिड १९) को सम्भावित महामारीलाई रोक्न सरकारले गम्भीर प्रकृतिको मुद्दा नलागेका कैदी बन्दीहरूलाई रिहा गर्ने निर्णय गरे अनुसार बामती प्रदेशको विभिन्न जिल्लाका कारागारबाट कैदीबन्दीहरू रिहा भएका छन् ।
ललितपुर जिल्ला प्रतिनिधि दीपकप्रसाद घिमिरेका अनुसार नख्खु कारागार ललितपुरबाट १५ जना कैदी बन्दीहरू रिहा भएका छन् । फौजदारी संहिताको दफा १५५ अनुसार एक वर्ष वा सो भन्दा कम समय कैद सजाएँ भुक्तान गर्न बाँकी ५ जना र ती मध्ये अभद्र व्यवहार मुद्दाका १० जना गरेका छन् । क श्रेणीको ६ सय जना कैदी बन्दी क्षमता भएकाे कारागारमा हाल कारागारको क्षमताभन्दा ३ गुणा बढी कैदी बन्दीहरू रहेका हुँदा व्यवस्थापनमा समस्या आएको जेलर मोहन अधिकारीले बताउनु भयो । कोरोना भाइरसबाट बच्न सामाजिक दुरी कायम गर्नु पर्ने भए पनि कारागारको भौतिक संरचनाको क्षेत्रफलले सो व्यवस्था कायम गर्न कठिनाई भएको जेलर अधिकारीको भनाइ छ ।
यस्तै सिन्धुपाल्चाेक जिल्लाकाे चौतारा कारागारमा रहेका नौ जना बन्दी रिहा भएको सिन्धु्पाल्चोक जिल्ला प्रतिनिधि नातिबाबु धितालले बताउनु भयो । सर्वोच्च अदालतको चैत १२ गतेको परिपत्रको आधारमा जिल्ला अदालत, जिल्ला प्रशासन कार्यालय र जिल्लामा रहेका सेनाका गणहरूको प्राप्त पत्रको आदेश अनुसार नौ जना बन्दीलाई चैत २० गते रिहा गरिएको जिल्ला कारागारका नासु बिमल अधिकारीले बताउनु भयो ।
जिल्ला अदालतका न्यायाधीश टिकाराम आचार्यको लिखित आदेशले विभिन्न मुद्दाको कारण बन्दी जीवन बिताउँदै आएका नौ जनालाई रिहा गरिएको हो । रिहा हुनेहरूमा बहु विवाह, बाल यौन दुर्व्यवहार, अभद्र व्यवहार, भगौडा सैनिक सम्बन्धी मुद्दामा बन्दी जीवन बिताउँदै आएकाहरू रहेका छन्।
उनीहरूको कैद भुक्तान गर्नुपर्ने समयलाई दैनिक ३ सयका दरले हिसाब गरि जरीवाना असुल गरेर रिहा गरिएको कारागारका नासु बिमल अधिकारीले बताउनुभयो । कारागारमा अब ७६ जना कैदीबन्दी र ५० जना थुनुवा बाँकी रहेको जिल्ला कारागारका नासु बिमल अधिकारीले बताउनु भयो ।
यसैबीच काभ्रे जिल्ला प्रतिनिधि हिरामान तामाङका अनुसार यस जिल्ला कारागारबाट एक जना कैदीबन्दी रिहा भएका छन् । रामेछाप जिल्ला मन्थली नगरपालिका–१३ एक युवालाई चैत २० गते नै रिहा गरिएको हो । जिल्ला अदालत काभ्रेका न्यायाधीश पुरुषोतम ढकालको एकल इजालसले ०७६ चैत १९ गते रिहा गर्न आदेश दिएको थियो ।
जिल्ला कारागार कार्यालय काभ्रेले सर्वोच्च अदालतको आदेश अनुसार मुलुकी संहिताको दफा ५१ अनुसार पहिलो पटक कसुर गरी एक वर्ष वा सो भन्दा कम सजाँय पाई कारागार रहेका कैदी बन्दीहरूको हकमा कैद भुक्तान बाँकी अवधिको जरिवना राजश्व असुल गरी जिल्ला अदालतको इजलासमा पेश गरेको कारगार प्रमुख जंङ्गबहादुर राईले बताउनु भयो ।
यसैगरी भरतपुर कारागारबाट एकजना महिला सहित १६ जना कैदी बन्दी रिहा भएको चितवन जिल्ला प्रतिनिधि दीपेन्द्र अधिकारीले जानकारी दिनुभयो ।
किर्ते गरेको मुद्दाको चारजना, चोरीको तीनजना, लागुऔषध कारोबारको तीनजना, सवारी ज्यान मुद्दाको एक जना, बहु विवाहको तीनजना, ज्यानमार्ने उद्योगको एकजना छुटेको कारागार प्रमुख कमल काफ्लेले जानकारी दिनुभयो । यस्तै जिल्ला कारागार शाखा धादिङबाट पनि १३ जना कैदीबन्दीहरू रिहा भएको इन्सेक जिल्ला प्रतिनिधि सिताराम अधिकारीले जानकारी दिनुभयो ।
इन्सेक बागमती प्रदेश कार्यालय, हेटौंडा
सम्बन्धित समाचारहरू
शिक्षक अभावमा अपाङ्गता भएका बालबालिकाको शिक्षा प्रभावकारी नभएको गुनासो
सप्तरीमा अपाङ्गता भएका बालबालिकालाई साङ्केतिक भाषाको छुट्टै पाठ्यक्रम अनुसार पढाउने व्यवस्था र दरबन्दी अनुसार शिक्षक नभएकाले प्रभावकारी शिक्षा दिन नसकिएको शिक्षकहरूले बताएका छन् । राजविराज नपा–६ स्थित बहिरा बालक विद्यालयमा…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (माघ ७ गते)
माघ ७ गते ३ सय १८ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ६८ हजार ३ सय १० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत…
नेकपा र कांग्रेस कार्यकर्ताबिच झडप, वडाध्यक्षसहित तीन जना घाइते
नेकपा (दाहाल–नेपाल समूह) र नेपाली कांग्रेसका कार्यकर्ताबिच आठबीसकोट नपा–९ राडीबजारमा ०७७ माघ ६ गते भएको झडपमा आठबीसकोट नपा–९ का वडाध्यक्ष ४७ वर्षीय तारकबहादुर शाही, काङ्ग्रेस कार्यकर्ताद्वय २८ वर्षीय तेजबिक्रम आरसी…
बलात्कार घटनाका आरोपित गिरफ्तार
सुस्त मनस्थिति भएकी १६ वर्षीया बालिकालाई बलात्कार गरेको अरोपमा प्रहरीले सिगाल गाउँपालिकाका कंकल र हजुरबुबा नाता पर्नेलाई माघ ६ गते गिरफ्तार गरेको छ । बालिकालाई बलात्कार गरेको भन्दै पीडित पक्षले…
स्थानीयवासी र प्रहरीले रोके बालविवाह
१५ वर्षीया बालिकाको तिरहुत गाउँपालिका–३ का ४३ वर्षीय विनोद शर्मा सुतिहारसँग हुन लागेको बालविवाह स्थानीयवासी र प्रहरीको प्रयासमा माघ ६ गते रोकिएको छ । स्थानीयवासीले खबर गरेपछि बालविवाह गर्ने, गराउने…