कारागार भवन नहुँदा कैदीबन्दीलाई सास्ती
जिल्लामा कारागार भवन नहुँदा कैदीबन्दीले सास्ती खेप्नु परेको छ ।
भवनको अभावमा खेल्न, भेटघाट गर्न, सरसफाई देखि अन्य सुबिधाहरु उपभोग गर्न समेत नपाएको कैदीबन्दीको गुनासो छ ।
कारागारको भवन नहुँदा जिल्ला प्रहरी कार्यालयमा हिरासतको लागि बनाइएका दुईवटा कोठामा सिमित भएर बस्नुपरेको गुनासो गर्दै बन्दी धनबहादुर शाहीले भन्नुभयो ‘बसाइका हिसाबले हामीलाई सुधार गृह नभएर यातना गृह जस्तो महसुस भएको छ ।’
साँघुरो ठाउँमा बस्नुपरेकोले आपसमा सरूवा रोगहरूको जोखिम भएको अर्का बन्दी हरिबहादुर शाहीको भनाई छ ।
हाल हिरासतमा बिभिन्न मुद्धाका १ जना कैदी, ९ जना बन्दी र १० जना थुनुवा गरि जम्मा २० जना रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय हुम्लाको हाता भित्रै भएको २ कोठाको हिरासत कक्षामा कैदी, बन्दि र थुनुवाहरुलाई कोचाकोच गरेर राख्न बाध्य भएको डिएसपी सुर्य प्रकास सुबेदीले बताउनु भयो ।
२०२५ सालदेखिको २५ जना क्षमताको कारागारको भवन भत्किएपछि नयाँ निर्माण नहँुदा यो समस्या आएको डिएसपी सुबेदीको भनाई छ ।
नयाँ निर्माण गरिएको जेलर कार्यालयको भवनको एउटा कोठा कैदी राख्ने व्यबस्था गरिएको भए यस्तो समस्या नहुने सुवेदीले थप्नु भयो ।
यस सन्दर्भमा निमित्त जेलर डवले रावतले कैदी बन्दीलाई समस्या भएको स्वीकार गर्दै भवनका लागि केन्द्रमा पहल गरेको तर सुनुवाई नभएको धारणा राख्नुभयो ।
प्रमुख जिल्ला अधिकारी चिरञ्जीवि गिरीले कैदीबन्दीको सहज रुपमा बस्ने व्यवस्थाका लागि आफूले केन्द्रमा पहल गरि रहेको प्रतिक्रिया दिनु भयो ।
नन्द सिंह
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (माघ ८ गते)
माघ ८ गते ३ सय ३६ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ६८ हजार ६ सय ४६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत…
सातौँ प्रदेशसभा बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित
बागमती प्रदेशको सातौँ प्रदेशसभा बैठक तीनघण्टा मात्र सञ्चालन भएर पुनः अर्को सूचना नभएसम्मका लागि स्थगित भएको छ । प्रदेशसभाको छैटौँ अधिवेशन ०७७ साउन ८ गते स्थगित भएकोमा ६ महिनापछि सुरु…
युपिआरको तेस्रो चक्रको ३७ औँ सत्रमा नेपालको मानव अधिकारको समीक्षा सम्पन्न
विश्वव्यापी आवधिक समीक्षा (युपिआर) को तेस्रो चक्रको ३७ औँ सत्र अन्तर्गत नेपालको सम्पुर्ण मानव अधिकारको समीक्षा माघ ८ गते स्वीजरलैण्डको जेनेभामा भर्चुअल माध्यमबाट सम्पन्न गरिएको छ । संयुक्त राष्ट्रसङ्घको मानव…
मानव अधिकारकर्मीहरूद्वारा हिरासत कक्षको अनुगमन
राष्ट्रिय मानव अधिकार आयोग, इन्सेक र एडभोकेसी फोरमले संयुक्त रुपमा माघ ६ गते जिल्ला प्रहरी कार्यालयको हिरासत कक्षको अनुगमन गरेका छन् । अनुगमन टोलीले थुनुवाहरूलाई भेटेर उनीहरूको अवस्था, स्वास्थ्य परीक्षण,…
प्रतिबन्धित नेकपाका मोरङ इञ्चार्ज गिरफ्तार
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीको मोरङ इञ्चार्ज ३२ वर्षीय धनबहादुर विकलाई गिरफ्तार गरेको प्रहरीले जनाएको छ । सङ्खुवासभा, मादी नगरपालिका–४ स्थायी घर भई बुढीगङ्गा गाउँपालिका–४ मोरङमा पार्टी…