काभ्रे कारागारमा औषधि वितरण

   ०७६ चैत १६ गते

इन्सेक काभ्रेको पहलमा राष्ट्रिय युवा सङ्गठन नेपालका केन्द्रीय सदस्य भेषराज शाहले चैत १६ गते जिल्ला कारगार शाखा काभ्रेलाई औषधि उपलब्ध गराउनु भएको छ ।

शाहाले कारगारका बन्दीहरूका लागि उपलब्ध गराउनु भएका औषधिहरूमा ओजिला पाँच बट्टा, जोसट् (१ सय ) दुई  बट्टा, क्लोनाज एक बट्टा, भल्परेन, ट्रेड (२५) दुई बट्टा, डिटोल साबुन २४ ओटा, ग्लोब्स ३० थान, सेनिटाइजर २५ ओटा, डिकोल्ड १ सय फाइल र साईनेक्स ५० फाइल रहेका छन् ।

इन्सेक अनलाइनमा ‘धुलिखेल कारागारमा औषधि अभाव’ भन्ने समाचार पढेपछि औषधि सहयोग गर्ने भावना जागेको शाहाले बताउनु भयो । इन्सेक अनलाइनमा समाचार आएपछि शाहले इन्सेक काभ्रे प्रतिनिधिसँग समन्वय गरी कारागारमा अति आवश्यक औषधिको व्यवस्थापन गर्नु भएको हो । औषधि हस्तान्तरण गर्दै शाहले आगामी दिनमा पनि कारागारमा रहेका बन्दीहरूलाई आवश्यक औषधि लगायतका स्वास्थ्य सामाग्रीहरू समेत वितरण गर्ने बताउनुभयो ।

औषधि वितरण कार्यक्रममा सहभागी स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डाक्टर नरेन्द्रकुमार झाले कोरोना भाईसरले आक्रान्त भइरहेको बेला कारगारभित्र रहेका बन्दीहरूका लागि इन्सेक काभ्रेको पहलमा औषधि वितरण भएकोमा इन्सेक काभ्रेलाई धन्यवाद दिनुभयो । उहाँले कारगारमा रहेका बन्दीहरूका लागि स्वास्थ्य कार्यालय काभ्रेले पनि सहयोग गर्ने बताउनु भयो ।

बन्दीहरूलाई मनकारी भावना बोकेर इन्सेकको पहलमा आइपुगेका सहयोगी युवा व्यवसायिहरूलाई कारगारका प्रमुख जेलर जङ्गबहादुर राईले धन्यवाद दिनुभयो । याे एउटा सुधार गृह भएकाले यहाँ रहेका सबै बन्दीहरूको जीवनलाई सकारात्मक बाटोतर्फ लान  सबैले सहयोग गर्नु पर्ने राईले बताउनु भयाे ।


हिरामान तामाङ